"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्ती नगरपालिका वडा नं. ९ मा सिपमूलक तालिमको उद्घाटन कार्यक्रम सम्पन्न

Table of Content

राप्ती नगरपालिका वडा नं. ९ मा लक्षित वर्गका लागि सञ्चालन गरिने सिपमूलक तथा टोल विकास व्यवस्थापन तालिमको उद्घाटन समारोह सम्पन्न भएको छ। कार्यक्रम आज श्री दूधकोशी नमूना सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा आयोजना गरिएको थियो।

कार्यक्रमको अध्यक्षता राप्ती नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष खड्कबहादुर तामाङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको उपस्थिति रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा कार्यपालिका सदस्य आइतीदेवी दवारी र मीना कुमारी हमाल सहभागी हुनुहुन्थ्यो।

त्यसैगरी अतिथिहरूमा वडा नं. ९ का सदस्य रामकुमार सुवेदी, लोसन तामाङ तथा सचिव जनककुमार सिंहको उपस्थिति रहेको थियो। ५ दिने च्याउ खेती तालिमका प्रशिक्षक पवन यादव, सभाहल उपलब्ध गराउने श्री दूधकोशी नमूना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष फतेजंग तामाङ, मिलीजुली टोल विकास समितिका अध्यक्ष रमेश पौडेल, शुभ पारिजात टोल विकास समितिका अध्यक्ष सुलाकान्त न्यौपाने, संगम टोल विकास समितिका इन्द्रबहादुर तामाङ, टेकबहादुर सेनलगायत विभिन्न टोल विकास समितिका प्रतिनिधिहरू कार्यक्रममा सहभागी भएका थिए।

त्यसैगरी ७ दिने नेल आर्ट तालिमका प्रशिक्षक रेश्मा कुमारी तथा सहायक प्रशिक्षक मीरा चौधरीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। साथै राप्ती नगरपालिका वडा नं. ९ का सम्पूर्ण कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य वडास्तरमा सिपमूलक तालिम सञ्चालन गरी स्थानीय स्तरमै रोजगार सिर्जना गर्नु रहेको आयोजकले जनाएको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789966111

पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिगको उपाधि एडिनबर्गलाई

काठमाण्डाै – पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) को उपाधि एडिनबर्ग क्यासल रकर्सले जितेको...
1-1789954922 (1)

परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घ महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाण्डाै – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
buffalo-farming-1789960254

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेर मासिक एक लाख आम्दानी

काठमाण्डाै – वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला ? भन्ने जिज्ञासा मनमा थियो...
Giorgia-Meloni-1789971972

इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने, विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने

इटालीले विद्यालयमा अनुहार छोप्ने कपडा (बुर्का) मा प्रतिबन्ध लगाउने र कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित...
opmcm_FNGMsZz6C8

प्रधानमन्त्री राहत कोषमा झन्डै १५ अर्ब रुपैयाँ मौज्दात

काठमाण्डाै – प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम झन्डै १५ अर्ब रुपैयाँ पुगेको छ । प्रधानमन्त्री तथा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०