"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

‘बाध्यताले सुकुम्वासी भयौँ, काम पाउने ठाउँमा बस्न पाए हुन्थ्यो’

Table of Content

‘बाध्यताले सुकुम्वासी भयौँ, काम पाउने ठाउँमा बस्न पाए हुन्थ्यो’

काठमाण्डौको वंशीघाटमा बाटो पारी घर भत्काएको ठाउँमा कवाड सङ्कलन गर्नेहरु फलामका टुक्रा बटुल्न व्यस्त छन् । घर भत्किएको ठाउँमा डोजरले सम्याउन थालेको छ । बाटोवारि बागमती किनारको छेउमा श्रीमान र चार छोराछोरीको साथमा खुला आकाशमा बसिरहनुभएको छ, अन्जु नेपाली । उहाँ भत्केको घर हेर्दै टोलाइरहनुभएको छ । बाउबाजेको पालादेखि अरूको घरमा काम गर्दै आएको अन्जुको परिवार २०६२ सालपछि धादिङको किरानचोकबाट काठमाण्डौको बागमती किनारमा बस्न थालेको हो । गएको शुक्रवार सरकारले काठमाण्डौको वंशीघाटमा अतिक्रमित घरहरु भत्काएपछि नजिकै पर्ने त्रिपुरेश्वरको दशरथ रङ्गशालामा रहेको प्राथमिक दर्ता केन्द्रमा पुग्न ढिलाई भएपछि उहाँहरु सरकारले तोकेको होल्डिङ सेन्टरमा जान पाउनुभएन । त्यसपछि अन्जुको परिवारको बास त्यहीँ बस्ती छेउको खोला किनारमा हुन थाल्यो, त्यो पनि खुला आकाशमुनी । 

‘घर भत्किएपछि रङ्गशाला गएका थियौं, दिनभर सबैजना बाटोमा राखिएका सामान मिलाउन व्यस्त भयौं । त्यहाँका कर्मचारीले आज ढिला भयो भोलि अलि छिटै आउनु भनेपछि यहीँ आएर बाहिरै बस्यौं । त्यो दिन जान नपाए पनि त्यहीँ खाजा र खाना दिइएको थियो’ अन्जुले भन्नुभयो ।

अन्जुलाई घर डोजरले भत्काएको भन्दा बढी पीर सरकारले आफूहरुलाई कहाँ लगेर राख्ला भन्नेमा छ । ‘सरकारले शहरभन्दा टाढा राख्यो भने काम पाईंदैन । श्रीमानले एउटा आँखाले देख्नुहुन्न, म पनि बुढी हुन थालें, भारी काम गर्न सकिंदैन’ अन्जु भन्नुहुन्छ, ‘नजिकैको मन्दिरमा बुढाबुढी भएर पानी, धुपबत्ति बेच्थ्यौं । अब भक्तपुरतिर लैजाने भनेको छ, त्यहाँ गएपछि के काम गर्ने हो थाहा छैन ।’

२२ वर्षअघि ताप्लेजुङबाट थापाथलीको किनारमा बस्दै आएका मदन कामीको पीडा पनि अन्जुको भन्दा कम छैन । गाउँमा भएको जग्गा जमिन पहिरोले लग्यो । गाउँ छोडेर काठमाण्डौ आउँदा गाडी दुर्घटना भएपछि आफू, बाबु र आमाको उपचार गर्नको लागि बाँकी रहेको केही जमिन पनि बेच्नुपर्‍यो । त्यसपछि मदनसँग केही भएन । ज्यामी काम गर्दै गुजारा चलाउनुभएका मदन श्रीमती र छोरीसहित थापाथलीको बागमती किनारमा बस्दै आउनुभएको थियोे । सरकारले थापाथलीको टहरा भत्काइदिएपछि अहिले कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा हुनुहुन्छ । उहाँलाई आफ्नो काम र छोरीको पढाइको चिन्ता छ । ‘छोरीको स्कूल लागिसक्यो, यहाँबाट पहिले पढेको ठाउँमा पुर्‍याउन र लिन जाँदा टाढा पर्छ’ मदन दुखेसो पोख्नुुहुन्छ, ‘थापाथली हुँदा फाट्टफुट्ट काम पाइरहेको हुन्थें, यहाँ आएपछि काम गर्ने मेसो पाउन सकेको छैन ।’

थापाथलीको टहरो डोजरले भत्काएपछि कीर्तिपुरकै होल्डिङ सेन्टरमा पुगेका भीबहादुर चेपाङलाई राम्रोसँग निद्रा लाग्दैन । दिउँसोको समयमा आफू पहिलेदेखि बसिरहेको पुरानो बस्ती थापाथली पुग्नुहुन्छ । 

‘मलाई कीर्तिपुर जानै मन थिएन, प्रहरी आएर अनुरोध गरेपछि बल्ल गएँ’ ‘भीम भन्नुहुन्छ, ‘त्यहाँ रातभर निद्रा नै लागेन, रातभर लामखुट्टेले टोकेर सुत्नै सकिन, बिहानै काममा जान्छु भनेर निस्केर यहीँ आएर बसेको छु । मेरो केही नभए पनि थापाथलीको यो ठाउँमा आउँदा यसै आनन्द आउँछ । तर बेलुका उतै जान्छु, यहाँ खाना कसले दिन्छ र होल्डिङमा बस्न केही समस्या भए पनि खाना पेटभरी खुवाउँदो रहेछ ।’

चितवनमा जन्मेका भिमबहादुर २०४७ सालतिर काठमाण्डौ आउनुभयो । चितवनमा खान लगाउन निकै गाह्रो थियो । पाखोबारीमा उब्जनी हुँदैनथ्यो । ‘हाम्रो समुदायमा पढेलेखेको कोही थिएन । अलि ठूलो भएपछि आफैं हिंड्दै काठमाण्डौ आउने सडकसम्म आएँ । एउटा रोकिराखेको बसको हुटमा चालकलाई थाहा नदिइ चढें, त्यो बसमा काठमाण्डौसम्म आएँ’ भिमबहादुर सम्झनुहुन्छ । काठमाण्डौ आएपछि जाने ठाउँ भएन । त्यसपछि उहाँ बागमती नदी किनारमा बस्न थाल्नुभयो । ‘२० वर्षसम्म यही ठाउँ बसियो, अहिले आएर सरकारले हटायो । सरकारले कहाँ लान्छ थाहा छैन, तर जहाँ लगे पनि खान, बस्न र काम दियोस् मलाई काठमाण्डौमै चाहिन्छ भन्ने छैन’ उहाँले भन्नुभयो । 

झापामा अरूको घरमा काम गर्दै आउनुभएकी माया माझी घर नहुनेलाई सरकारले जग्गा दिएको छ भन्ने सुनेपछि २२ वर्षअघि परिवारसहित काठमाण्डौ आउनुभयो । बागमतीको खोला किनारमा बस्न थाल्नुभयो । अहिले सरकारले घर भत्काइदिएपछि होल्डिङ सेन्टरमा बस्नुभएकी मायालाई सरकारले केही गर्छ कि भन्ने आशा छ । ‘गाउँमा हुँदा बाउबाजेदेखि अर्काको घरमा काम गर्थ्याैं, कहिलै आफ्नो घर जग्गा किनेर बस्न सकेनौं, काम गर्दासम्म हामीलाई बस्न दिन्थे काम नहुँदा निस्केर जाउ भन्थे । त्यो हेपाइ सहन नसकेर पनि काठमाण्डौ आएर खोला किनारमा बसेका हौं । हामी जस्ता घर, जग्गा, खेत केही नहुनेलाई सरकारले हेर्छ कि भन्ने आश छ, हामीलाई सरकारले जहाँ लान्छ त्यहँ जान तयार छौं’ मायाले भन्नुभयो ।

प्रधानमन्त्री बालेन्द्र शाहले असुरक्षित र जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताउनुभएको छ । सरकारले कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तर शङ्खमुलमा बस्दै आउनुभएका नवराज कार्की सरकारले घर भत्काइदिएपछि अरू पीडितजस्तै बिचल्लीमा पर्नुभएको छ । 

शङ्खमुलमै जन्मिनुभएका नवराज पारिवारिक समस्याका कारण एक्लै बस्दै आनुभएको थियो । उहाँको परिवार सोलुखुम्बुबाट काठमाण्डौ आएको भन्ने थाहा छ, तर अहिलेसम्म त्यहाँ जानुभएको छैन । परिवारमा कोही नभएपछि फर्निचरको काम गर्दै गुजारा चलाउँदै आएका नवराज घर भत्केपछि आफूलाई सरकारले हेर्दैन कि भन्ने डरले भत्काएको घर अगाडि खुला आकाशमा एउटा खाट राखेर बस्नुभएको छ । ‘प्राथमिक दर्ता केन्द्र गयो भने घर भएको मानिसलाई राख्दैन भन्ने सुनेको छु, कोठा पनि खोजिरहेको छु तर पाएको छैन । मसँग सीप छ, मलाई बस्न मात्रै व्यवस्था भए म आफै काम गरेर खान सक्छु’ उहाँले भन्नुभयो ।

घर भत्केपछि बिचल्लीमा परेका सबै विस्थापितहरु सरकारले पायक पर्ने ठाउँमा राख्छ र काम गरेरै गुजारा चलाउन सकिन्छ भन्ने आशामा बसिरहेका छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि जोडियो

काठमाण्डाै –  म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि फेरि जोडिएको छ । पहुँचमार्ग जोडिएसँगै हिजो बेलुकीदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाडी सञ्चालनमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको झण्डै २० मिटर पक्की पहुँचमार्ग बाढीले बगाएको थियो । त्यसपछि सडक अवरुद्ध हुँदा आवागमन प्रभावित...

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सिफारिससँगै अध्यक्ष नेम्वाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन् । सीआईबीले एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल...

कांग्रेस इतर पक्षको भरतपुर महानगर अधिवेशन सम्पन्न, सभापतिमा प्रमिश राई चयन

नेपाली कांग्रेसले १५औं महाधिवेशन गरिरहँदा चितवन भने कांग्रेस इतर पक्षले नियमित अधिवेशन प्रक्रियालाई तिव्रता दिएको छ ।(बिहीबार) भरतपुर महाधिवेशन गर्दै कांग्रेस इतर पक्षले नियमित महाधिवेशन प्रक्रियालाई तिव्रता दिएको हो । महानगर अधिवेशनबाट प्रमिश राईको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ । यसअघि राइलाई महानगरको अधिवेशन गराउन महानगर संयोजक तोकिएको थियो । यस्तै उपसभापतिमा रेशल श्रेष्ठ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०