"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

ओझेलमा मेघौलीको थारु सांस्कृतिक सङ्ग्रहालय

Table of Content

मेघौली । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी प्रवेशद्वार मेघौलीमा रहेको थारु सांस्कृतिक सङ्ग्रहालय पर्यटकको नजरमा नपर्दा ओझेलमा परेको छ । स्वदेशी तथा विदेशी इतिहासका विद्यार्थीका लागि थारु सङ्ग्रहालय अध्ययनका लागि आकर्षक बने पनि अन्य पर्यटकहरुको आवागमन सङ्ख्या पनि न्यून छ ।

थारु जातिको मौलिक संस्कृति, जीवनशैली र परम्पराको झल्को दिने प्राचीन सभ्यताका मूर्ति र सजाएर राखिएका कलात्मक वस्तुले सङ्ग्रहालय सज्जित भए पनि त्यो अवलोकन गर्न टाढाका नआउने र नजिककाले वास्ता नगर्ने अवस्था रहेको हेरालुको रुपमा खटिएका सत्यनारायण चौधरी बताउँछन् । मेघौलीका बाराही, सिराइचुलीजस्ता होटलका पाहुनाहरु बेला–बेलामा अवलोकन गर्न आउने उनले बताए । थारु जातिको बसोवास रहेको क्षेत्र मानिए पनि थारु सङ्ग्रहालय पर्यटकको अभावमा सुनसान देखिने गरेको र आन्तरिक पर्यटकको खासै आकर्षण नरहेको उनी बताउँछन् ।

मेघौली थारु बाहुल्य क्षेत्र भएकाले थारु पहिचान दिलाउने सामग्री बढी छन् । थारु जातिको उद्गमस्थलका रुपमा रहेको चितवनलाई थारुहरुको कला, संस्कृति, पहिचानसँगै इतिहास अध्ययन गर्ने केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले थारु सङ्ग्रहालय स्थापना गरिएको सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष मायाराम चौधरी बताउँछन् । सङ्ग्रहालयमा थारु समुदायको जन्मदेखि मृत्युसम्मका संस्कृतिदेखि थारु समुदायले परम्परादेखि प्रयोग गर्दै आइरहेका विभिन्न हातहतियार, पोसाक, भाँडाकुँडा तथा सङ्ग्रहालयको भित्री भित्ताहरुमा थारु समुदायहरुको परम्परा, संस्कृति, रीतिरिवाजलाई चित्रमा देखाइएको अध्यक्ष चौधरीले बताए ।

सङ्ग्रहालयमा थारु समुदायले प्रयोग गर्ने विभिन्न कपडा, चाँदीका गहना, थारु जातिले प्रयोग गर्ने पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, गुन्द्री, जोत्न र खन्नलाई प्रयोग गरिने हलो, जुवा, फरूवा, हँसिया, कोदालोलगायतका सामग्रीसँगै नृत्य झल्काउने तस्बिर राखिएको छ । आदिवासी थारुहरु परम्परादेखि नै जङ्गलको छेउछाउमा बस्ने भएकाले त्यसैअनुसारका हातहतियारहरुका साथै थारु संस्कृति झल्कने खालका तबला, डुँकी, हार्मोनियमजस्ता वाद्यवादनका सामग्रीसमेत राखिएको छ । महिलाहरुले लगाउने माठा, पिटा, खुट्टामा लगाउने गुहुर्ला, नाकमा लगाउने नत्थीलगायतका प्राचीन गरगहना पनि देख्न पाइन्छ ।

थारुहरुले प्रयोग गर्ने गरेको काठे इनार, काठे बैलगाडा, ढिकी, परेवाका खोर तथा प्राचीन तोरी पेल्ने कोल बनाउने योजना रहेको अध्यक्ष चौधरीले बताए । थारु जातिको कला, संस्कृति, रीतिरिवाज, परम्परा, भाषाको ज्ञानसँगै उनीहरुको जीवनशैली अध्ययन गर्नका लागि यहाँ थारु सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको भन्दै भरतपुर–२७, मेघौलीमा स्थापना भएको सङ्ग्रहालय पछिल्लो समय आन्तरिक पर्यटकीय केन्द्रका रुपमा समेत विकास हुन थालेको बताए ।

मेघौलीको पर्यटनलाई टेवा दिनका लागि यो सङ्ग्रहालयले निकै मद्दत पु¥याउन सक्छ । तर, हाल यो सङ्ग्रहालयले प्रचारप्रसारको अभावमा पर्यटकलाई आकर्षण गर्न सकेको छैन । भरतपुर महानगरअन्तर्गत पर्ने पश्चिम चितवनका १२ वडामा गरी ४० मौजा, करिब ४ हजार घरधुरी तथा ४० हजार जनसंख्या थारु जातिको रहेको क्षेत्र मानिए पनि थारु सङ्ग्रहालय पर्यटकको अभावमा सुनसान देखिन थालेको थारु अगुवा हरिश्चन्द्र महतो बताउँछन् । मेघौलीका होटल सञ्चालकहरुले यस सङ्ग्रहालयका बारेमा चासो राखेर होटलमा आउने पाहुनालाई जानकारी दिँदै प्रचारप्रसारमा सहयोग गर्नुपर्ने उनी बताउँछन् ।

सङ्ग्रहालय परिसरमा संसद् विकास कोषबाट सांसद्हरुको सहयोगमा सभाहल र अन्य संरचनाहरु बनाइएको भन्दै अध्यक्ष चौधरीले सङ्ग्रहालय निर्माणमा बजेटको अभाव हुँदै गएको बताए । विसं ०६६ सालदेखि मेघौली विमानस्थल परिसरमा थारु सांस्कृतिक सङ्ग्रहालय सञ्चालनमा छ ।

‘यहाँ आउने पाहुनालाई देखाउने ठाउँ भएको छ’, मेघौली थारु सामुदायिक होमस्टेका अध्यक्ष सोमलाल महतोले भने, ‘सङ्ग्रहालय हाम्रो चिनारीसँग पनि जोडिएको छ ।’ सङ्ग्रहालयमा परम्परागत र ऐतिहासिक महŒवका सामग्री सङ्ग्रहित गरिएको उनले बताए । सङ्ग्रहालय १० कट्ठामा फैलिएको छ । स्वदेशी पर्यटकसँग १० रूपैयाँ र विदेशी पर्यटकसँग १०० रूपैयाँ शुल्क कायम गरिएको उनले बताए ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि जोडियो

काठमाण्डाै –  म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि फेरि जोडिएको छ । पहुँचमार्ग जोडिएसँगै हिजो बेलुकीदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाडी सञ्चालनमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको झण्डै २० मिटर पक्की पहुँचमार्ग बाढीले बगाएको थियो । त्यसपछि सडक अवरुद्ध हुँदा आवागमन प्रभावित...

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सिफारिससँगै अध्यक्ष नेम्वाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन् । सीआईबीले एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल...

कांग्रेस इतर पक्षको भरतपुर महानगर अधिवेशन सम्पन्न, सभापतिमा प्रमिश राई चयन

नेपाली कांग्रेसले १५औं महाधिवेशन गरिरहँदा चितवन भने कांग्रेस इतर पक्षले नियमित अधिवेशन प्रक्रियालाई तिव्रता दिएको छ ।(बिहीबार) भरतपुर महाधिवेशन गर्दै कांग्रेस इतर पक्षले नियमित महाधिवेशन प्रक्रियालाई तिव्रता दिएको हो । महानगर अधिवेशनबाट प्रमिश राईको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ । यसअघि राइलाई महानगरको अधिवेशन गराउन महानगर संयोजक तोकिएको थियो । यस्तै उपसभापतिमा रेशल श्रेष्ठ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०