"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

क्यानडामा कपिल शर्माको क्याफे नजिकै चौथोपटक गोली प्रहार, ज्यान मार्ने धम्की

Table of Content

टोरन्टो । क्यानडाको ब्रिटिस कोलम्बियास्थित सर्रेमा चर्चित भारतीय कमेडियन कपिल शर्माको ‘क्याप्स क्याफे’ नजिकै रहेको एक रेस्टुरेन्टमा गोली प्रहार भएको छ। 

‘चाय सुट्टा बार’ आउटलेट नजिकै भएको यस घटनाले कपिल शर्माको सुरक्षालाई लिएर गम्भीर चिन्ता पैदा गरेको छ। 

घटनालगत्तै सामाजिक सञ्जालमा टायसन बिश्नोई जोरा सिद्धू नामको फेसबुक अकाउन्टबाट एक पोस्ट सार्वजनिक गर्दै कपिल शर्मा र क्याफेका मालिक दुवैलाई ज्यान मार्ने धम्की दिइएको छ। उक्त पोस्टमा ग्याङले कपिल शर्मालाई ‘लाइनमा आउन’ चेतावनी दिँदै आफ्नो कुरा नमाने क्याफेको हालत पनि त्यस्तै हुने संकेत गरेको छ।

कपिल शर्माको क्याफेलाई निशाना बनाइएको यो पहिलो घटना भने होइन। सन् २०२५ देखि नै उनको क्याफेमाथि लगातार आक्रमण भइरहेका छन्। 

पहिलो पटक १० जुलाई २०२५ मा क्याफे खुलेको केही दिनमै गोली प्रहार भएको थियो। त्यसपछि ७ अगस्ट २०२५ मा पुनः सोही स्थानमा धेरै राउन्ड फायरिङ गरियो। अक्टोबर २०२५ मा भएको तेस्रो पटकको आक्रमणको जिम्मेवारी भने लरेन्स बिश्नोई नेटवर्कसँग जोडिएका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत लिएका थिए। 

यो पछिल्लो घटनाले बिश्नोई ग्याङले कपिललाई निरन्तर पछ्याइरहेको र यो एउटा योजनाबद्ध सिलसिला भएको पुष्टि गरेको छ।

ग्याङको दाबी अनुसार कपिल शर्माले ‘द ग्रेट इन्डियन कपिल शो’ को सार्वजनिक कार्यक्रममा बलिउड अभिनेता सलमान खानलाई आमन्त्रण गरेपछि लरेन्स बिश्नोई नेटवर्क उनीसँग चिढिएको हो। 

ग्याङका सदस्यहरूले सलमान खानसँग काम गर्ने वा उनलाई साथ दिने जोकोहीले पनि यसको परिणाम भोग्नुपर्ने चेतावनी पहिले नै दिइसकेका थिए। कपिलले सलमानलाई सम्मान दिएकै कारण उनका क्याफे र व्यावसायिक प्रतिष्ठानहरूलाई तारो बनाइएको बुझिएको छ।

आफ्नो क्याफेमा पटक–पटक हुने फायरिङका विषयमा कपिल शर्माले यसअघि पनि मुख खोलिसकेका छन्। उनले आफ्नो फिल्म ‘किस किसको प्यार करूँ २’ को ट्रेलर सार्वजनिक गर्ने क्रममा क्यानडाको सुरक्षा व्यवस्था र प्रहरी प्रशासनमाथि नै प्रश्न उठाएका थिए। त्यहाँको नियम र प्रहरीसँग यस्ता हिंस्रक घटना रोक्ने पर्याप्त शक्ति नभएको उनको आरोप थियो। 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepal_gas_gd5oM9Y79a

तराईका ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाण्डौ भित्र्याउन थालियो

काठमाण्डौ  – काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ । गएको...
UN-united-nation_final_one_1aurKzC0Mx

संयुक्त राष्ट्रसङ्घले नेपाललाई ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि...
images_pxStGBGlyg_vgpbs0fnhfshm9o09tieuab9fn0efmm3kx0bsghdd8uaxh4e8rsqwbt3w2ra_U4hqmS0Gea_yyivkjt7uce7ohkrhzoot4cnxayipezjgwxsithgisinwabqxvm9qicr9rka

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा, को कहाँ?

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक सीडीओको जिम्मेवारी जिम्मेवारी हेरफेर गरेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०