"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नेपालको आर्थिक उन्नयनका लागि भारतीय योजना तथा नीतिविद् कान्तका आठबुँदे सुझाव

Table of Content

काठमाडौं । भारतका नीति तथा योजनाविद् अमिताभ कान्तले नेपालको आर्थिक वृद्धिका लागि आठबुँदे सुझाव पेस गरेका छन् । शनिबार बाह्रखरी आर्थिक परिसंवादमा उनले नेपालको आर्थिक उन्नतिका लागि आठबुँदे सुझाव पेस गरेका हुन् ।

उनले एकीकृत कर प्रणाली लागु गर्न सुझाएका छन् । बहुकर प्रणालीले लगानीकर्ता तथा व्यवसायी निरुत्साहित हुने भन्दै उनले एकीकृत कर प्रणाली लागु गर्न  सुझाएका हुन् । भारतको वस्तु तथा सेवा करझैँ एकीकृत कर प्रणाली नेपालले लागु गर्नुपर्ने उनको सुझाव छ ।

“भारतकै जस्तै व्यवस्थाको हुबहु अनुकरणभन्दा पनि कर प्रणालीमा एकीकृत संयन्त्रको निर्माण गर्नुपर्छ । यसले अर्थतन्त्रको औपचारिकीकरणमा पनि ठूलो सहयोग पुर्‍याउँछ,” कान्तले भने ।

उनले उद्देश्यमूलक ओद्योगिक नीति अवलम्बन गर्न सुझाव दिएका छन् । नेपालको सम्भावनायुक्त उत्पादन क्षेत्र पहिचान गर्दै ओद्योगिक नीति बनाउन उनले सुझाएका हुन् । नेपालले आफूलाई विश्व बजारमा प्रतिस्पर्धी बन्न सक्ने प्रमुख क्षेत्र पहिचान गर्न उनको सुझाव छ ।

“जलविद्युत् र पर्यटन नेपालका लागि प्रमुख क्षेत्र हुन् । सूचना प्रविधि, कृषि प्रशोधन, जडिबुटी, उच्च मूल्यका कृषि उपज, वेलनेस तथा नवीन उत्पादन क्षेत्रहरू आर्थिक वृद्धिका नयाँ इन्जिन बन्नसक्छ,” उनले भने ।

नेपालले आफ्ना प्रोत्साहनका कार्यक्रमलाई छरपस्ट बनाउन नहुने उनको भनाइ छ । “तुलनात्मक लाभका क्षेत्र पहिचान गर्दै स्थिर तथा पूर्वानुमानयोग्य नीतिगत खाका तयार गर्नुपर्छ । ती नीतिको व्यावहारिक कार्यान्वयन क्षमता विकास गर्नुपर्छ,” उनले भने ।

उनले सार्वजनिक सेवा प्रवाह सुधारका लागि विद्युतीय पूर्वाधार निर्माण गर्न पनि सुझाए । नेपालको लागि दूरसञ्चार र सूचना प्रविधि आमूल परिवर्तनकारी साबित हुनसक्ने उनले बताए । भौगोलिक बनावटका कारण नेपालको धेरै क्षेत्रमा भौतिक सेवा प्रवाह चुनौतीपूर्ण  रहेकाले डिजिटल पूर्वाधारले यो भौगोलिक अवरोधलाई सहजै चिर्दै अवसर सिर्जना गर्नसक्ने उनको सुझाव छ ।

नेपालले फाइभजी सेवालाई अब कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । नेपालमा सूचना प्रविधिको क्षेत्रमा काम गर्न युवा जनशक्ति लालायित रहेकाले उनीहरूलाई लक्षित गर्दै विद्युतीय पूर्वाधार निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

“नेपालले अब आफ्नो गतिको गियर बदल्दै तीव्रताका साथ अघि बढ्ने बेला आएको छ । नेपालसँग प्रतिभावान जनशक्ति, उच्च महत्त्वाकांक्षा र डिजिटल अवसरका लागि लालायित युवाहरूको ठूलो जनसंख्या छ,” उनले भने, “अहिलेको मुख्य आवश्यकता भनेको फाइभजीको विस्तारलाई तीव्रता दिने स्पष्ट नीति, पूर्वाधारमा लगानी र सार्वजनिक निजी साझेदारी हो ।”

नेपालमा विद्युतीय सार्वजनिक पूर्वाधार विकासमा सहयोग गर्न भारत तयार रहेको उनले बताए ।

कान्तले नियमनकारी निकायको कार्यसम्पादनमा नेपालले सुधार गर्नुपर्ने बताए ।  नियमन नागरिक हितको रक्षा र उद्यमशीलताको पक्षमा हुनुपर्ने उनको भनाइ छ ।

“सरकारको भूमिका अंकुश लगाउने नियन्त्रकको नभएर बाटो सहज बनाउनेतर्फ रूपान्तरण हुनुपर्छ । स्पष्ट कानुनी व्यवस्था, समयबद्ध स्वीकृति प्रणाली, झन्झटमुक्त एकद्वार प्रणाली, पूर्ण डिजिटल प्रणाली र पुराना तथा असान्दर्भिक नियमहरूलाई स्वतः खारेज गर्ने व्यवस्था अपरिहार्य छ,” उनले भने ।

कान्तले उद्यशीलताको प्रवर्द्धनमा निजी क्षेत्रको साथ लिएर अघि बढ्न नेपाल सरकारलाई सुझाव दिए । सरकारको मुख्य दायित्व निजी क्षेत्रलाई विश्वासमा लिँदै उनीहरूलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने गरी सक्षम बनाउनु रहेको उनको भनाइ छ ।

यस विषयमा नेपाललाई सुझाउँदै उनले भने, “राज्यले आफ्नो ध्यान नियन्त्रणमा नभएर व्यावसायिक वातावरणको सहजीकरणमा केन्द्रित गर्नुपर्छ । राज्यले वातावरण तय गरेको अवस्थामा मात्रै निजी क्षेत्र आर्थिक योगदानतर्फ दौडिनसक्छ ।”

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

50539_364db57837bbe8658517de7d46290859-10_03_2026-16_38_19-860x484

बारामा भदौ महिनामा ८४ सवारी दुर्घटनामा १२ जनाको मृत्यु

बारा । जिल्ला प्रहरी कार्यालय बाराले भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १४४ वटा अपराधसम्बन्धी मुद्दा...
blood_group_BXxRsRezXU

मानिसमा ४९औँ रक्त समूह प्रणाली पत्ता लाग्यो

बेलायत र इजरायलका वैज्ञानिकले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन् । वैज्ञानिकहरुले यसलाई...
fs_i2pYj6tfCr

रसुवा बाढीले निम्त्याएको विपद्‍बाट सिक्किमदेखि कश्मीरसम्मले के सिक्ने ?

काठमाडौँ । भदौ १० गते आएको विनाशकारी रसुवा बाढीसँगै हिमाली क्षेत्रमा विपद् पूर्वसूचनाको विद्यमान प्रणालीमाथि...
death-1783488169

धनुषाको रामानन्द चोकमा घरमा आगलागी हुँदा एक जनाको ज्यान गयो

काठमाण्डौ – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकमा रहेको एक घरमा आगलागी हुँदा एक जनाको ज्यान...
nepali_congress_flag_zP1BwtPExZ

कांग्रेसले ४३ जिल्लामा वडा अधिवेशन सक्यो, ३१ जिल्लामा आज

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ  केन्द्रीय महाधिवेशनअन्तर्गत हिजो ४३ जिल्लाका तीन हजार ३९६ वडामा वडा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०