"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

१० पटक म्याद थप्दा पनि निर्माण सम्पन्न भएन साढे तीन किलोमिटर सडक, फेरि म्याद थप्ने तयारी

Table of Content

बुटवल । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको करिब साढे तीन किलोमिटर सडक निर्माण सुरु भएको झन्डै एक दशक बित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन ।

६ लेनको आधुनिक सडकका रूपमा विस्तार गर्ने लक्ष्यसहित २०७३ चैत १७ गते ‘कञ्चनजङ्घा–बिरुवा जेभी’सँग ठेक्का सम्झौता गरिएको थियो । करिब ५४ करोड रुपैयाँ लागतमा ३० महिनाभित्र, अर्थात् २०७६ सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त सडक अहिलेसम्म अधुरै अवस्थामा छ । ठेकदार कम्पनीले ८ पटक म्याद थप्दा पनि काम पूरा गर्न नसकेपछि सडक डिभिजन कार्यालय बुटवलले २०८१ वैशाखमा ठेक्का रद्द गरेको थियो ।

त्यसपछि बाँकी काम सम्पन्न गर्न ‘बावुल दर्शन मालिका जेभी’ (भैरहवा) सँग भ्याटसहित करिब ३३ करोड रुपैयाँमा नयाँ ठेक्का सम्झौता गरिएको थियो । २०८१ असोज १८ गते भएको सम्झौताअनुसार एक वर्षभित्र काम सक्ने लक्ष्य राखिए पनि नयाँ ठेकदारले समेत अपेक्षित प्रगति गर्न सकेको छैन ।

हालसम्म उक्त सडकमा १० पटक म्याद थप भइसकेको छ । नयाँ ठेकदारबाट दुई पटक म्याद थप भएको छ भने तेस्रो पटक म्याद थपका लागि प्रक्रिया अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडक डिभिजन कार्यालय बुटवलकी सूचना अधिकारी इन्जिनियर शुभेच्छा साहका अनुसार ठेक्काको म्याद चैत १२ गते सकिएको थियो । अब असार मसान्तसम्मका लागि म्याद थप्ने प्रस्ताव माथिल्लो निकायमा पठाइएको छ । म्याद थप स्वीकृत हुने–नहुनेबारे अझै निश्चित छैन ।

साहका अनुसार हालसम्म सडक निर्माणको भौतिक प्रगति करिब ५८ प्रतिशत र वित्तीय प्रगति ४३.९५ प्रतिशत छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक व्यापार

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा देशको वैदेशिक व्यापार ९ खर्ब ३७ अर्ब रुपैयाँभन्दा धेरै भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि कात्तिक मसान्तसम्मको अवधिमा ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । यो गएको आर्थिक वर्षको त्यही अवधिको तुलनामा ३३.३३ प्रतिशतले धेरै हो...

चीनले पाकिस्तानी यात्रीसहित अन्तरिक्ष यान प्रक्षेपण गर्‍याे

चीनले तीन जना अन्तरिक्ष यात्रीसहित प्रक्षेपण गरेको ‘शेन्झाउ–२४’ मानवसहितको अन्तरिक्ष यानको उडान पूर्ण रूपमा सफल भएको जनाएको छ । चीनको मानवसहितको अन्तरिक्ष कार्यक्रम सञ्चालन गर्ने निकाय (सीएमएसए) ले आज बिहान अन्तरिक्ष यानको प्रक्षेपण पूर्ण रूपमा सफल भएको घोषणा गरेको हो । उत्तर–पश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट लङ मार्च–२ एफ रकेटमार्फत अन्तरिक्ष यान प्रक्षेपण गरिएको...

लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गर्नुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा शुभकामना सन्देशमार्फत प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा मानवअधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौती भएको उल्लेख गर्नुभएको छ । उहाँले महिला,...

पूर्व उपमेयर लामाको पहलमा अग्निपीडित चेपाङ परिवारको घर निर्माण हुँदै

राप्ती। राप्ती नगरपालिका–१ मखरानीका अग्निपीडित अति विपन्न जयबहादुर चेपाङको घर निर्माण कार्य सुरु भएको छ। पूर्व उपमेयर इमानसिंह लामाको विशेष पहल तथा पास्टरद्वय दिनेश चेपाङ र उमेश चेपाङको संयोजनमा चेपाङको घर निर्माण गर्न लागिएको हो।केही समयअघि भएको आगलागीबाट चेपाङको घर पूर्ण रूपमा क्षति भएपछि उनको परिवार अहिले त्रिपालमुनि रातदिन बिताउन बाध्य छ। विपन्न परिवारको अवस्थालाई...

विपद्पछिको पुनर्निर्माण : अवसर, समन्वय र दिगो विकासको खाँचो

रसुवाको भोटेकोशी बाढीले बागमती प्रदेशका विभिन्न क्षेत्रमा ठुलो जनधनको क्षति पुर्‍यायो । बाढीले क्षति पुगेको ३ महिना बितिसक्दा पनि पीडित नागरिकको जनजीवन अझै सामान्य बन्न सकेको छैन । कतिपय प्रभावितहरू अझै पनि अस्थायी टहरा र टेन्टमुनि रात काट्न बाध्य छन् । विपद्पछिको राहत, उद्धार र पुनर्निर्माणमा देखिएको सुस्तता तथा अन्योलका बिच विपद्ले निम्त्याएको क्षति अपूरणीय...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०