"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अतिक्रमित संरचना भत्काउनेक्रम आजपनि जारी, आज छ सय बढी टहरा भत्काइँदै

Table of Content

काठमाडौंः काठमाडौंमा अतिक्रमित संरचना भत्काउनेक्रम आज पनि जारी छ। हिजो बल्खु, टेकु वंशीघाट, शंखमुललगायतका क्षेत्रमा ७४४ घरटहरा भत्काइएका थिए। 

त्यसमध्ये हिजो साँझसम्म ३२३ परिवार सरकारको सम्पर्कमा आएका छन्। ती परिवारका एक हजार ४१४ जनामध्ये ८० जनालाई हिजै खरिपाटीमा व्यवस्थापन गरिएको छ। त्योक्रम आजपनि जारी राखिएको हो। बिहानैदेखि रुद्रमति, घट्टेकुलो आसपासका क्षेत्रमा डोजर चल्न सुरु भइसकेको छ। वडा नं १५ मा रहेको स्वयंभू क्षेत्र र वडा नं १६ मा रहेको बालाजु क्षेत्रमा पनि आजै डोजर चलाइने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। 

उनकाअनुसार ती क्षेत्रमा ६०० भन्दा बढी संरचना आज भत्काइनेछन्। हरेक दिनझैं सैयौँको संख्यामा सुरक्षाकर्मीको तैथानी बढाइएको छ। हिजो शंखमुल क्षेत्रमा केही लालपूर्जा भएकै घरमासमेत डोजर चलाइएपछि स्थानीयहरु थप आतंकित बनेका छन्। सुकुमवासीको पहिचान नहुँदा नदी किनारका जोसुकैको घरहरु भत्काउन थालेपछि नागरिक आतंकित बनेका हुन्। 

नदी किनारमा घर भएकाहरुले आफ्नो घरमा जग्गाधनी पुर्जा टाँसेर बसेका छन्। धोबीखोला क्षेत्रमा लालपूर्जामै घर बनाएर बसेका वासिन्दाले पनि आफ्ना घरका भित्तामा जग्गाधनी प्रमाणपत्र टाँसेका छन्। अहिले धोबीखोलाको रुद्रमती मन्दिरनजिकको क्षेत्रमा डोजर चलेको छ। त्यहाँका वासिन्दाहरुलाई स्क्रिनिङका लागि दशरथ रंगशालामा लगिनेछ। वास्तविक सुकुम्वासीहरुलाई सकरारले निर्माण गरेका सेल्टरहरुमा राखिने मानन्धरले जानकारी दिए।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789966111

पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिगको उपाधि एडिनबर्गलाई

काठमाण्डाै – पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) को उपाधि एडिनबर्ग क्यासल रकर्सले जितेको...
1-1789954922 (1)

परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घ महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाण्डाै – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
buffalo-farming-1789960254

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेर मासिक एक लाख आम्दानी

काठमाण्डाै – वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला ? भन्ने जिज्ञासा मनमा थियो...
Giorgia-Meloni-1789971972

इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने, विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने

इटालीले विद्यालयमा अनुहार छोप्ने कपडा (बुर्का) मा प्रतिबन्ध लगाउने र कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित...
opmcm_FNGMsZz6C8

प्रधानमन्त्री राहत कोषमा झन्डै १५ अर्ब रुपैयाँ मौज्दात

काठमाण्डाै – प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम झन्डै १५ अर्ब रुपैयाँ पुगेको छ । प्रधानमन्त्री तथा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०