"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बीपीको विकल्प पुष्पलाल राजमार्ग, असारदेखि सवारी चलाउने गरी काम गरिँदै

Table of Content

(काठमाडौं) र (दोलखा) — १४ चैत यता सामान्य पानी पर्नसाथ बीपी राजमार्ग पटक–पटक अबरुद्ध हुँदै आएको छ । यस खण्डमा पर्ने ८ किलोमिटर सडक खोलो तर्काएर बनाइएको छ । जसले गर्दा रोशी खोलामा बाढी आउनसाथ अस्थायी रुपमा बनाइएको डाइभर्सन बगाइदिँदा यातायात ठप्प हुन्छ । यस खण्डमा पर्ने चौकीडाँडादेखि बर्खे खोलासम्म नै बाढीले क्षति गरेको छ । बढी समस्या कटुन्जेबेंसी, चारसय बेंसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, पिप्ले पर्छ ।

अस्थायी रुपमा खोलामा बनाएको डाइभर्सन बाढीले बगाएपछि सडक बन्द हुने र खोल्ने काम भइरहेको केही समययता हुँदै आएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए । ‘जहाँ–जहाँ बाढीले सडक बगाएको थियो, त्यही ठाउँको माथील्लो खण्डमा सडक बनाउने काम भइरहेको छ,’ उनले भने, ‘यो संरचना नबन्दासम्म खोलामा डाईभर्सन बनाएर सवारी साधन चलाउँदा बाढीकाकारण समस्या भएको हो ।’ बर्खामा सडकबाटै सवारी साधन चलाउनेगरी काम भइरहेको उनको भनाई छ ।

बाढीले अस्थायी डाइभर्सन बगाएपछि पुनः बनाएर सञ्चालनमा ल्याउने काम त्यही खण्डमा सडक निर्माणको ठेक्का लिने कम्पनीले गरीरहेको र यसमा थप राज्यको आर्थिक भार नपर्ने सडक डिभिजन कार्यालय भक्तपुरले जनायो । त्यसो भए बीपी राजमार्ग बाढीले बगाउँदा विकल्प के त ? प्रमुख सुमन योगेश यसको सहज जवाफ दिन्छन्-पुष्पलाल (मध्यपहाडी) राजमार्ग ।

असोज २०८१ मा आएको बाढीले बीपी राजमर्ग बगाएपछि पूर्वलाई राजधानी काठमाडौंसम्म जोड्ने वैकल्पिक मार्ग पुष्पलाल (मध्यपहाडी) बनीरहेको छ । रामेछाप, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र पूर्वी तराइ जाने सवारी साधनले उक्त राजमार्ग अवरुद्ध हुनसाथ पुष्पलाल मार्ग प्रयोग गर्दै आएका छन् । बाढीले बीपी राजमार्ग बगाएपछि राजधानी आवतजावतमा सहजता ल्याउन यो मार्ग सञ्चालनमा आएको हो । अत्यावश्यक, बिरामी बोकेका एम्बुलेन्स र यात्रुवाहक बसहरुले विकल्पका रुपमा यो मार्ग प्रयोग गर्दै आएका छन् । मालबहाक सवारीसाधन पनि प्राय: यहीमार्ग भएर गुड्ने गरेका छन् ।

१२ असोज २०८१ को बाढीले तामाकोशी गाउँपालिका–५ किर्नेटारमा खिम्ती जलविद्युत केन्द्रको विद्युत गृह नजिकै पुष्पलाल मार्गको ४ सय मिटर सडक तामाकोसी नदीले कटानगरेपछि नयाँ ट्रयाक खनिएको छ । सडक पुरानै अवस्थामा फर्काउन बाढी र पहिरोले क्षति गरेको १.२ किलोमिटरमा सडक डिभिजन कार्यालय सिन्धुलीले १९ करोडमा ठेक्का लगाएको छ । कामको गति भने सुस्त छ । जसले गर्दा अहिले खिम्ती जलविद्युत केन्द्रको कार्यालय रहेको क्षेत्रकै खण्ड सडक बनिरहेको छ । बर्खा अघिसम्म खिम्ती विद्युत केन्द्रको सडक तामाकोसी नदीलाई डाइभर्ट गरेर पनि निर्माणको काम सक्ने सडक डिभिजन कार्यालय सिन्धुलीका सूचना अधिकारी सुर्दशन उप्रेतीले बताए ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789966111

पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिगको उपाधि एडिनबर्गलाई

काठमाण्डाै – पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) को उपाधि एडिनबर्ग क्यासल रकर्सले जितेको...
1-1789954922 (1)

परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घ महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाण्डाै – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
buffalo-farming-1789960254

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेर मासिक एक लाख आम्दानी

काठमाण्डाै – वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला ? भन्ने जिज्ञासा मनमा थियो...
Giorgia-Meloni-1789971972

इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने, विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने

इटालीले विद्यालयमा अनुहार छोप्ने कपडा (बुर्का) मा प्रतिबन्ध लगाउने र कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित...
opmcm_FNGMsZz6C8

प्रधानमन्त्री राहत कोषमा झन्डै १५ अर्ब रुपैयाँ मौज्दात

काठमाण्डाै – प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम झन्डै १५ अर्ब रुपैयाँ पुगेको छ । प्रधानमन्त्री तथा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०