"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एसियाली बजारमा कच्चा तेलको भाउ चार वर्षयताकै उच्च

Table of Content

एसियाली बजारमा कच्चा तेलको भाउ चार वर्षयताकै उच्च

काठमाण्डौ – अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण थालेपछि उत्पन्न तनावका कारण एसियाली बजारमा कच्चा तेलको भाउ चार वर्षयताकै उच्च भएको छ । 

पछिल्लो विवरणअनुसार कच्चा तेलको भाउ १२६ डलर प्रतिब्यारेल पुगेको छ । यो सन् २०२२ को जुन महिनायताकै सबैभन्दा उच्च हो । त्यस बेला रुस–युक्रेन युद्धका कारण कच्चा तेलको भाउ बढेर झण्डै १३० डलर प्रतिब्यारेलसम्म पुगेको थियो । बीबीसीका अनुसार कच्चा तेलको मूल्य अहिले उच्च बिन्दुमा पुग्नुको मुख्य कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्ति पनि एक कारण हो । 

ट्रम्पले इरानको बन्दरगाहमा सैन्य नाकाबन्दीलाई निरन्तरता दिने बताउनुभएको छ । यस्तै अमेरिकी सेन्ट्रल कमाण्डले इरानमाथि छोटो तर शक्तिशाली हवाई आक्रमण गर्ने योजना तयार पारेको छ । यसको सिधा असर ‘स्ट्रेट अफ होर्मुज’ अर्थात् होर्मुज जलमार्गमा परेको छ । यो जलमार्ग इरान नियन्त्रित छ । जुन विश्वभर तेल ढुवानी हुने महत्त्वपूर्ण जलमार्ग मानिन्छ । 

शान्ति वार्ताका लागि पाकिस्तानले पहल गरिरहेको भए पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन । यो अनिश्चितता र सम्भावित युद्धको त्रासले गर्दा विश्वभर ऊर्जाको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको बीबीसीको खबरमा उल्लेख छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

संसदमै प्रश्न उठिसक्दा पनि सांसद कार्कीले विदेशी महिलासँगको सम्बन्धबारे भने– मलाई थाहा छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीले विदेशी महिलासँगको सम्बन्धबारे आफूलाई केही थाहा नभएको बताएका छन् । मंगलबार संसद सचिवालय भवनबाट बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफू यस विषयमा अनभिज्ञ रहेको जनाए । पत्रकारले सोधेको पहिलो प्रश्नमा उनले कोट र टिसर्टसमेत खोलेर ट्याटू नभएको देखाउँदै प्रश्न पन्छाउन खोजेको देखिन्छ । त्यसपछि केही पत्रकारले...

श्रम संस्कृति पार्टीले आज पनि प्लेकार्ड देखाएर प्रतिनिधिसभामा विराेध गर्‍याे

श्रम संस्कृति पार्टीले आज पनि प्लेकार्ड देखाएर प्रतिनिधिसभामा विराेध गर्‍याे काठमाण्डाै – प्रतिनिधिसभाको आजको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ । बैठक शुरू भएलगत्तै पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरूले आ–आफ्नो ठाउँबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन् । संसदमा बोल्नका लागि समय नपाएपछि साम्पाङ संसद् बैठक छाडेर जानुभएको...

प्रस्तावित प्रधानन्यायाधीश डा.शर्माको न्यायालय सुधार योजना : १८ महिनाभित्र मुद्दा टुंग्याउनेदेखि एआई प्रयोगसम्म

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले न्यायपालिकालाई छिटो, प्रभावकारी, पारदर्शी तथा प्रविधिमैत्री बनाउने लक्ष्यसहित विस्तृत कार्ययोजना अघि सारेका छन्। संसदीय सुनुवाइ समिति समक्ष आफ्नो अवधारणापत्र र कार्ययोजना प्रस्तुत गर्दै उनले अदालतभित्रको कार्यप्रणाली सुधार, मुद्दा व्यवस्थापन, न्यायिक नियुक्ति प्रक्रिया, प्रविधिको प्रयोग तथा न्यायाधीश–कर्मचारीको सेवा व्यवस्थापनसम्मका विषयलाई समेटिएको छ। कार्ययोजनाको मुख्य केन्द्रबिन्दु अदालतमा बढ्दै गएको मुद्दाको चाप कम...

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ‘बेन्च फिक्सिङ’ देखि भ्रष्टाचारसम्मका उजुरी

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ‘बेन्च फिक्सिङ’ देखि भ्रष्टाचारसम्मका उजुरी काठमाण्डाै – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध १६ जना उजुरीकर्ताले उजुरी दर्ता गराएका छन् । संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गर्दै आरोपका आधार र प्रमाणबारे जानकारी लिइरहेको छ । उजुरीकर्ताहरूले शर्मामाथि सर्वोच्च अदालतमा न्यायाधीश रहँदा ‘बेन्च फिक्सिङ’ गरेको आरोप लगाएका छन् । राजनीतिक प्रभाव र पहुँचका आधारमा...

प्राधिकरणद्वारा विभिन्न १७ इन्टरनेट सेवा प्रदायकसँग १५ दिने स्पष्टीकरण माग

काठमाण्डौं – नेपाल दूरसञ्चार प्राधिकरणले नियमअनुसार बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने र सम्पर्कमा नआउने १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायकलाई अनुमतिपत्र (लाइसेन्स) किन खारेज नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ ।  आज सार्वजनिक सूचना निकालेर प्राधिकरणले ती सेवा प्रदायकलाई १५ दिनभित्र लिखित सफाइ पेश गर्न निर्देशन दिएको हो । प्राधिकरणका अनुसार सूचनामा उल्लेख गरिएका विभिन्न १७ वटा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०