"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आजदेखि कक्षा १२ को परीक्षा सुरु, गत वर्षभन्दा ९३ हजार घटे विद्यार्थी

Table of Content

माध्यामिक तह कक्षा १२ को अन्तिम परीक्षा आज (सोमबार)देखि सुरु हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी हुँदै छन्। 

बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन्। यस वर्ष २०७९ यताका विद्यार्थीले आंशिक परीक्षा दिने बोर्डले जनाएको छ। यस्तै, जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले पनि आज कक्षा १२ को परीक्षा दिँदैछन्।

परीक्षाका लागि देशभर १ हजार ४२१ वटा परीक्षा केन्द्र तोकिएको छ। यही वैशाख २७ गते परीक्षा सकिने समय तालिका छ। यस वर्ष गत वर्षभन्दा परीक्षार्थीको संख्या घटेको छ। गत वर्ष ५ लाख ११ हजार ५२५ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

यस वर्ष गतको तुलनामा ९२ हजार ७२५ जना कम विद्यार्थी छन्। 

बोर्डले यस गत वर्ष नियममित र ग्रेडवृद्धि परीक्षाको नतिजामा पनि अघिल्ला वर्षहरूभन्दा सुधार देखिएकाले आंशिकतर्फ विद्यार्थी संख्या घटेकाले यस वर्ष विद्यार्थी संख्या घटेको देखिएको जनाएको छ। गत वर्ष कक्षा १२ मा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

default

एनपीएलको ओटीटी प्रसारण अधिकार नेट टिभीले पायो, टिकेटिङ पार्टनरमा ई–सेवा

काठमाण्डाै – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ओटीटी प्रसारण अधिकार नेट टिभीले प्राप्त...
subashjung-thapa-1788784374

सेनाले भन्याे– ‘जलविद्युत् आयोजनाको सुरुङभित्र १२१ जनामात्रै फसेको देखिन्छ’

काठमाण्डाै – नेपाली सेनाले रसुवा बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका...
Screenshot 2026-09-07 171935

खसी भन्दै ‘१८ सय किलो’ मा बाख्रीको मासु बेच्ने धन्दाको पर्दाफास: जिउँदो बाख्रीसहित तीन जना समातिए

खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा काठमाडौंको रातोपुलबाट तीन जना पक्राउ परेका छन्...
1-1788769605

राष्ट्रपतिद्वारा बाढी प्रभावित नुवाकोटको अवलोकन

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ ।...
1-1788772636

‘ग्यास किन्न शनिवारदेखि लाइनमा बसेको, मङ्गलवार आउँछ रे’

काठमाण्डाै – कक्षा ५ मा पढ्ने मनिष बस्नेत ३ दिनदेखि काठमाण्डाैकाे सडकमा ग्यास किन्न लाइनमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०