"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चितवनमा पाँच दिने ‘अटो शो’ आयोजना, ५० करोडको कारोबार र १० हजार दर्शकको अपेक्षा

Table of Content

भरतपुर । चितवनको भरतपुरमा आगामी वैशाख १७ गतेदेखि हुने ‘चितवन अटो शो’मा ५० करोडको कारोबार हुने प्रक्षेपण गरिएको छ ।

चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल एसोसिएसनको संयुक्त आयोजनामा पाँच दिनसम्म हुने अटो शो हुन लागेको हो ।

भरतपुर प्रदर्शनी केन्द्रमा आयोजना हुने अटो शो वैशाख २१ गतेसम्म चल्ने अटो शोका संयोजक राजन पियाले बताए । मङ्गलबार भरतपुरमा भएको पत्रकार सम्मेलनमा संयोजक पियाले भने, ‘अटो शोमा १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ, स्टलहरु धमाधम बुकिङ भइरहेको छ ।’

चितवनमा अब हुन लागेको अटो शो दोस्रो संस्करणको हो । यसअघि २०८२ साल असोजमा पहिलो संस्करणको अटो शो भइसकेको छ ।

अटो शोले अटोमोबाइल क्षेत्रमा भित्रिएका नवीन प्रविधिहरुलाई नजिकबाट अवलोकनको अवसर प्रदान गर्नेछ । अटो शोमा नेपालमा बिक्रीवितरण भइरहेका प्रायः सबै ब्रान्डलाई एकै थलोमा प्रदर्शन गरिने छ । चारपाङ्ग्रे, दुईपाङ्ग्रे, हेभी कमर्सियल सवारीसाधनहरु, अटोमोबाइलका विभिन्न कम्पोनेन्टहरु, बैंक तथा वित्तीय संस्थाहरु र इन्स्योरेन्स कम्पनीहरुको स्टल राखिने छ । ७५ वटा स्टल रहने छन् ।

‘अटोमोबाइल व्यवसायको क्षेत्रमा भएका नवीनतम प्रविधिलाई एकै ठाउँमा अवलोकन तथा अध्ययन गर्न चितवन अटो शो महŒवपूर्ण प्लेटफर्म हुनेछ’, पियाले भने । अटो शोलाई लक्षित गरी कम्पनीहरुले आकर्षक अफरहरुसमेत ल्याउने छन् ।

चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष इन्द्रप्रसाद रेग्मीले पुराना गाडी तथा महँगो बिग बाइकको प्रदर्शनी पनि हुने बताए । उनका अनुसार मोटरसाइकल स्टन्ट, जिमखाना, टिडिएस ¥यालीलगायतका खेलकुदको समेत आयोजना गरिने अटो शोको तेस्रो दिन नेपालकै अटोमोबाइल्स क्षेत्रमा लामो समय अनुभव सम्हालेका विज्ञबाट अटो सेमिनार हुनेछ । चौथो दिन चितवनआसपासका विद्यालयहरुमा कक्षा ४ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थी तथा अभिभावकको उपस्थितिमा हेल्मेट प्रयोगसम्बन्धी सचेतना एवम् अन्तर्राष्ट्रियस्तरको हेल्मेट वितरण गरिने छ । वैशाख १७ गते उद्घाटनको दिन गाडीको ¥याली गरिने छ । कार्यक्रमको महिन्द्रा मुख्य प्रायोजक र एमजी सहप्रायोजकको रुपमा रहने छन् ।

चितवन अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष मोहन केसीले अटो शोको माध्यमबाट सवारीको खरिद–बिक्रीमा उत्साह थप्ने बताए । उनका अनुसार विद्युतीय सवारी र यसका नवीन प्रविधिबारे उपभोक्तालाई थप जानकारी मिल्नेछ । अटो शोको अवलोकन गर्ने ग्राहकबाट ३ जनालाई लक्की ड्रमार्फत आकर्षक उपहारको व्यवस्था गरिने छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

donald-trump-1783393778

हर्मुज जलमार्गलाई अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्णरूपमा पराजित गरेपछि स्ट्रेट अफ हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने...
bagmati-pradesh-mukhyamantri-office_final_one_VEa022mdcV

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

काठमाण्डौ — बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ । प्रदेश...
PM-Modi-1786771336

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदै : लालकिल्लाबाट प्रधानमन्त्री मोदीको सम्बोधन

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदैछ । दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०