"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

३ जिल्लाको चेपाङ बस्ती गाभेर झोरालाङ गाउँपालिका बनाउन प्रस्ताव

Table of Content

काठमाडौँ । नेपाल चेपाङ संघका अध्यक्ष गोविन्द राम चेपाङले चेपाङ बसोबास भएको ३ जिल्लाको भूगोल गाभेर नयाँ गाउँपालिका बनाउन प्रस्ताव गरेका छन् । उनले चितवनको राप्ती नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३, कालिका नगरपालिकाको वडा नम्बर १० र ११, धादिङको रोराङ गाउँपालिकाको वडा नम्बर ८, ९ र १० तथा मकवानपुरको राक्सिराङ गाउँपालिकाको वडा नम्बर ६ र ७ मिलाएर झोरालाङ गाउँपालिका बनाउन प्रस्ताव गरेका हुन् ।

उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रिस्तरीय स्थानीय तहको सीमा र नाम हेरफेर, थपघटको निर्णयपछि यस्तो प्रस्ताव गरेका हुन् ।

उनले नेपाल चेपाङ संघले केन्द्रीयस्तरमै नामांकन तथा सिमांकनका लागि पहल गर्ने बताएका छन् ।

उनले प्रस्ताव गरेको धादिङको रोराङ र मकवानपुरको राक्सिराङ गाउँपालिका चेपाङकै नाममा राखिएको हो ।

संविधान धारा ५६ को ५ को आधारमा नयाँ गाउँपालिका चेपाङकै नाममा राख्न उनले आग्रह गरेका छन् । चेपाङ भाषामा ‘झोरालाङ’को अर्थ नमस्कार, अभिवादन हो । चेपाङ २०६४ मा संविधान सभा सदस्य पनि हुन् । मकवानपुरको साविकको काँकडा गाविसका उपाध्यक्ष पनि हुन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

साधारण-सभा-1280x720

रत्ननगर वडा नं–११, मङ्गलपुरस्थित कानुङ मगर समाजको वार्षिक साधारण सभा

रत्न्नगर । रत्ननगर वडा नं–११, मङ्गलपुरस्थित कानुङ मगर समाजको प्रथम वार्षिक साधारण सभा आइतबार गरिएको...
japanish-insefalaitis-1

चितवनमा एक महिनामा तीन जनामा जापानिज एन्सेफलाइटिसको सङ्क्रमण

भरतपुर । चितवन जिल्ला जापानिज एन्सेफलाइटिस (जेई)को उच्च जोखिममा रहेको छ । चितवनलगायत तराईका ३६...
US President Donald Trump holds presser amid Iran war

अमेरिकासँग व्यापार युद्ध जित्ने सोच मूर्खतापूर्ण भएको ट्रम्प प्रशासनको भनाइ

अमेरिकाले क्यानाडाकाे झण्डै २० अर्ब डलरका वस्तुमा ५० प्रतिशत महसुल लगाएपछि दुई देशबीच व्यापार तनाव चर्किएको...
Rahughat_tunnel_breakthrough_nn0Sj44otA

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाण्डौ — म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको स्वामित्वमा...
nepali-team-1787533922

टप एण्ड टी–२० शृखंलामा नेपाल ‘ए’ ले आज हबर्ट हरिकेन्स एकेडेमीसँग खेल्दै

अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एण्ड टी–२० क्रिकेट शृङ्खलामा नेपाल ‘ए’ले आज हबर्ट हरिकेन्स एकेडेमीसँग खेल्दैछ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०