"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जिविस र प्रदेशका अनुभवी उम्मेदवार

Table of Content

एमालेका नेता सुरेन्द्र पाण्डे दुई पटक विजयी र एकपटक पराजित भएको यो निर्वाचन क्षेत्रमा लामा उम्मेदवार बनेका हुन् ।

नेकपा एमालेले चितवन क्षेत्र नम्बर-१ मा दावा दोर्जे लामालाई उम्मेदवार बनाएको छ । २०१६ सालमा मकवानपुरको काँकडामा जन्मिएका लामा २०३४ सालमा नेकपा (मार्क्सवादी) मा आवद्ध भएका थिए ।

२०४३ सालमा जनपक्षीय प्रधानपञ्च बनेका लामा एमालेमा आवद्ध भएर २०५४ सालमा जिविस चितवनको सदस्य बने ।

Battleground Analysis

अनुकूलता

  • पाँच दशक लामाे राजनीतिक अनुभव
  • विपक्षीमा गठबन्धन नहुनु
  • बलियो संगठन

प्रतिकूलता

  • प्रतिनिधिसभा निर्वाचनमा पहिलो प्रयास
  • पुराना दलप्रति जनअसन्तुष्टि
  • बलिया प्रतिस्पर्धी

२०६९ मा एमाले निकटको लोकतान्त्रिक तामाङ संघको अध्यक्ष र २०७० मा सुकुमवासी समस्या समाधान आयोग, चितवनको अध्यक्ष भए ।

२०७४ मा चितवन–१ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित लामा फागुनमा बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बने । मन्त्री भएका बेला चितवनको निर्वाचन क्षेत्र नं. १ मा पूर्वाधारको काम गरेका थिए ।

२०८० मा भदौमा एमाले बागमती प्रदेश कमिटी उपाध्यक्षमा निर्वाचित लामा पहिलोपटक प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । यसअघि एमालेका नेता सुरेन्द्र पाण्डे दुई पटक विजयी र एकपटक पराजित भएको यो निर्वाचन क्षेत्रमा लामा उम्मेदवार बनेका हुन् ।

२०७९ सालको निर्वाचनमा रास्वपाले जितेको यो क्षेत्रमा एमालेका उम्मेदवार दोस्रो स्थानमा आएका थिए ।

समानुपातिक तर्फको मतमा पनि एमाले दोस्रो स्थानमा थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३४ हजार ६९१, एमालेले २४ हजार ६, कांग्रेसले १६ हजार ६९५, राप्रपाले ५ हजार ८२, तत्कालीन नेकपा माओवादी केन्द्रले ४ हजार ९६५ र एकीकृत समाजवादीले ३ हजार ५१८ मत प्राप्त गरेको थियो ।

बलियो संगठन, विपक्षीमा गठबन्धन नहुनु र पाँच दशक कम्युनिस्ट राजनीतिमा लाग्नु लामाका अनुकुलता हुन् । त्यस्तै, पुराना दलप्रति जनलहर नहुनु र बलिया प्रतिस्पर्धी उनका चुनौती हुन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...
nagdhunga-naubise-road-(7)-1765352945

पृथ्वी राजमार्ग हुँदै जान लागेका गाडीलाई नागढुंगामै रोकियो

काठमाडौंबाट पृथ्वीराजमार्ग हुँदै बाहिरिने सवारीसाधनलाई प्रहरीले नागढुंगामै रोकेको छ। रसुवाबाट आएको बाढीले धादिङ, तनहुँ, चितवनसम्म...
SG gives press con

समुन्द्री ढुवानी संयन्त्र सुदृढ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक...
army-helicopter_pkh6dlfnrg_pYa0c4LgMC

उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ राखियो

काठमाडौं । रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०