"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बुर्लाकोटीको तेस्रो प्रयास

Table of Content

कांग्रेसको एकल उम्मेदवारी र विपक्षीको आन्तरिक कमजोरी बुर्लाकोटीका लागि मुख्य अवसर र चुनौती दुवै हुन्।

२०५६ सालमा कांग्रेस नेतृ सावित्री बोगटी पाठकले निर्वाचन जिते यता चितवन- १ मा कांग्रेसका उम्मेदवारले जित्न सकेका छैनन् । कांग्रेसले यसपटक टिकट दिएका राजेन्द्रप्रसाद बुर्लाकोटी आफैं पनि यसअघि २ पटकसम्म टिकट पाएर जित्न सकेनन् ।

बुर्लाकोटी तेस्रोपटक उम्मेदवार बनेर पहिलो जितको खोजीमा छन् । २०६४, २०७०, २०७४ सालमा लगातार एमालेले जितेको यो निर्वाचन क्षेत्रमा २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव जित्यो । उनै बुर्लाकोटी २०७० र २०७४ मा चुनाव हारे ।

Battleground Analysis

अनुकूलता

  • सामाजिक छवि र त्याग: विगत ५० वर्षदेखि राजनीतिमा सक्रिय भए पनि लाभको पद नलिएका, स्वास्थ्य चौकीका लागि भूमिदान गरेका र खानेपानी आयोजनाको संस्थापक अध्यक्ष रहेकाले जनतामाझ समाजसेवी र त्यागी नेताको छवि छ।
  • स्थानीय तहमा पार्टीको पकड: चितवन–१ अन्तर्गत पर्ने रत्ननगर र खैरहनी नगरपालिकाको प्रमुखमा कांग्रेसले नै जितेका कारण स्थानीय सरकार र सङ्गठनको बलियो साथ रहने सम्भावना छ।
  • प्रतिद्वन्द्वीप्रतिको असन्तुष्टि: यसअघि जितेका रास्वपाका उम्मेदवार (हरि ढकाल) ले काम गर्न नसकेको भन्ने आलोचना र एमालेभित्रको आन्तरिक समस्याको फाइदा बुर्लाकोटीलाई हुन सक्छ।

प्रतिकूलता

  • विगतको हारको इतिहास: २०५६ सालयता कांग्रेसले जित्न नसकेको यस क्षेत्रमा स्वयं बुर्लाकोटीले पनि २०७० र २०७४ मा दुईपटक हार व्यहोरिसकेका छन्, जसले मनोवैज्ञानिक दबाब सिर्जना गर्न सक्छ।
  • एक्लो प्रतिस्पर्धा: अघिल्लोपटक माओवादी र एकीकृत समाजवादीको गठबन्धन हुँदा समेत कांग्रेस (डा. विश्वनाथ पौडेल) पराजित भएको अवस्थामा यसपटक एकल रूपमा चुनाव लड्नु ठूलो चुनौती हो।
  • पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन: टिकटका अन्य दाबेदार (बासु ढुंगाना) को सम्भावित असन्तुष्टि र कांग्रेसलाई एकढिक्का बनाएर एउटै लयमा हिँडाउनुपर्ने चुनौतीपूर्ण अवस्था छ।

२०७९ मा टिकटका दाबेदार बनेर बागी उम्मेदवारी दिएका उनले पछि उम्मेदवारी फिर्ता लिएर डा. विश्व पौडेललाई सहयोग गरे । यसपटक पनि बासु ढुंगानाले टिकट पाउने बुझेका बुर्लाकोटीले टिकट आफ्नै नाममा फुत्काए ।

२०१६ सालमा चितवनको काउलेमा जन्मिएका राजेन्द्र बुर्लाकोटी कांग्रेसका पुराना पाका नेतामा गनिन्छन् । २०३२ सालमा कांग्रेसको सदस्यता लिएका उनी ५० वर्षदेखि पार्टीमा निरन्तर लागिरहेका छन् । २०५० सालदेखि आधा दर्जन पटक कांग्रेसको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि बनिसकेका छन् ।

बुर्लाकोटीले अहिलेसम्म राजनीतिक लाभको पद लिएका छैनन् । विभिन्न सामाजिक काममा सक्रिय बुर्लाकोटीले राप्ती–८ मा स्वास्थ्य चौकी बनाउन भूमिदान गरेका थिए । उनी साना शहरी खानेपानी विकास आयोजना चितवनको संस्थापक अध्यक्ष समेत हुन् ।

रत्ननगर, खैरहनी र राप्ती नगरपालिका समेटिएको चितवन–१ मा रत्ननगर र खैरहनीको नगर प्रमुख कांग्रेसले जितेको छ । राप्ती नेपाली कम्युनिस्ट पार्टीले जितेको छ । कांग्रेस बलियो देखिए पनि नतिजामा सधैं पछाडि पर्ने क्षेत्रमा हो, चितवन–१ ।

गत निर्वाचनमा कांग्रेसबाट उठेका डा. विश्वनाथ पौडेल पराजित भएका थिए । बुर्लाकोटीका लागि रास्वपाका उम्मेदवार हरि ढकाल र एमालेका दावा दोर्जे लामा मुख्य प्रतिस्पर्धी हुन् ।

अघिल्लोपटक माओवादी केन्द्र र एकीकृत समाजवादी पनि कांग्रेसको साथमा थियो भने यसपटक कांग्रेस एकल रूपमा चुनावमा होमिएको छ । रास्वपाका उम्मेदवार ढकालले यसअघि निर्वाचन जितेर पनि केही काम गर्न नसकेको भनेर भइरहेको आलोचना र एमालेको पार्टीभित्र देखिएको समस्याको फाइदा बुर्लाकोटीलाई नहोला भन्न सकिँदैन ।

तर, बुर्लाकोटी आफैंले चुनावी अभियानलाई कसरी लैजान्छ र कांग्रेसलाई एउटै लयमा हिँडाउन सक्छन् भन्ने कुराले पनि चुनावी परिणामलाई प्रभाव पार्ने देखिन्छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०