"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अर्थशास्त्रीको संसदीय प्रतिस्पर्धा

Table of Content

चितवन–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. कृष्णराज पन्त उम्मेदवार बनेका छन् । पूर्व माओवादी केन्द्रको कमजोर प्रभाव क्षेत्र मानिने यो क्षेत्रमा नेकपा (एकीकृत समाजवादी)ले कांग्रेसको समेत सहयोगमा २०७९ मा राप्ती नगरपालिका जितेको थियो ।

माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर नेकपा बन्नु अघि डा. पन्त एकीकृत समाजवादीकै नेता थिए । अघिल्लो निर्वाचनमा कांग्रेसको साथ पाएको नेकपाले यसपटक एक्लै चुनाव लडेको छ ।

पहिलोपटक संसदीय चुनावमा उम्मेदवार बनेका पन्त २०२२ सालमा धादिङमा जन्मिएका हुन् ।

राप्ती नगरपालिका वडानम्बर २ निवासी पन्तले जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । २०७८ मा उनी बागमती प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष भए ।

Battleground Analysis

अनुकूलता

  • उच्च प्राज्ञिक छवि
  • नीतिगत र योजनाबद्ध अनुभव
  • लामो राजनीतिक इतिहास
  • स्थानीय आधार

प्रतिकूलता

  • कमजोर सांगठनिक आधार
  • गठबन्धनको अभाव
  • ‘हेभीवेट’ प्रतिस्पर्धीहरू
  • पहिलो संसदीय अनुभव

२०३५ सालमा अनेरास्ववियूबाट राजनीति सुरु गरेका पन्त एमाले चितवनको जिल्ला कमिटी सदस्य, राष्ट्रिय युवा संघको सदस्य, एमाले आर्थिक तथा योजना विभाग सदस्य, नेकपाको निर्वाचन आयोग सदस्य, एकीकृत समाजवादीको पोलिट्ब्यूरो सदस्य र अहिले नेकपाको केन्द्रीय सदस्य छन् ।

२०७९ को निर्वाचनमा समानुपातिकमा माओवादी केन्द्रले ४ हजार ९६५ र एकीकृत समाजवादीले ३ हजार ५१८ मत पाएको थियो ।

कांग्रेस, एमाले र रास्वपा जस्ता दलहरुसँग प्रतिस्पर्धा गरेर जित निकाल्नु डा. पन्तका लागि कठिन देखिन्छ तथापी उनले पार्टीको परीक्षण जनताको बीचमा भने गर्न सक्नेछन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवन क्षेत्र नं १ मा निर्वाचन आचारसंहिता: लोकतन्त्रको परीक्षाक्षण

चुनाव लोकतन्त्रको उत्सव मात्र होइन, जनताबाट अनुमोदित हुने गम्भीर प्रक्रिया हो। नागरिकले आफ्ना प्रतिनिधि छान्ने यो क्षण स्वतन्त्र, निष्पक्ष र विश्वसनीय हुन सकेन भने लोकतन्त्रको आधार कमजोर हुन्छ। त्यसैले निर्वाचनका बेला लागू हुने आचारसंहिता औपचारिक कागज होइन, लोकतान्त्रिक संस्कारको आधारस्तम्भ हो। चितवन क्षेत्र नं १ का मतदाताले यसपटक पनि दल र उम्मेदवारको व्यवहारबाट यही संस्कारको...

‘कम्युनिस्टको गढ’मा कोही छैनन् ढुक्क

यस क्षेत्रमा सामाजिक विविधता छ । ठाउँ अनुसारका समस्या र उस्तै सम्भावना पनि छन् । यहाँका उम्मेदवार यस्तै विषय समेटेर अहिले मत माग्दैछन् । चितवन — जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रको भूगोल दक्षिण राप्ती खोलाको तीरदेखि उत्तरमा कामिङचुली पहाडको शिरसम्म फैलिएको छ । १ लाख ४९ हजार ६ सय २१ मतदाता रहेको यस क्षेत्रमा तीन स्वतन्त्रसहित १८ उम्मेदवार प्रतिस्पर्धामा...

जनताको आक्रोश झेल्दै हरि ढकाल

अघिल्लो निर्वाचनमा ‘हेभिवेट’ नेताहरूलाई हराएर ढकाल चर्चामा आएका थिए । तर, जितेर गएपछि क्षेत्रका लागि कुनै काम नगरेको आरोप र मतदाताको असन्तुष्टि ढकालका लागि मुख्य चुनौती बनेको छ। ००० २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका नेतालाई पराजित गरेर चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल दोस्रो पटक चितवन–१ बाट उम्मेदवारी दिएका...

अर्थशास्त्रीको संसदीय प्रतिस्पर्धा

चितवन–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. कृष्णराज पन्त उम्मेदवार बनेका छन् । पूर्व माओवादी केन्द्रको कमजोर प्रभाव क्षेत्र मानिने यो क्षेत्रमा नेकपा (एकीकृत समाजवादी)ले कांग्रेसको समेत सहयोगमा २०७९ मा राप्ती नगरपालिका जितेको थियो । माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर नेकपा बन्नु अघि डा. पन्त एकीकृत समाजवादीकै नेता थिए । अघिल्लो निर्वाचनमा कांग्रेसको साथ...

जिविस र प्रदेशका अनुभवी उम्मेदवार

एमालेका नेता सुरेन्द्र पाण्डे दुई पटक विजयी र एकपटक पराजित भएको यो निर्वाचन क्षेत्रमा लामा उम्मेदवार बनेका हुन् । नेकपा एमालेले चितवन क्षेत्र नम्बर-१ मा दावा दोर्जे लामालाई उम्मेदवार बनाएको छ । २०१६ सालमा मकवानपुरको काँकडामा जन्मिएका लामा २०३४ सालमा नेकपा (मार्क्सवादी) मा आवद्ध भएका थिए । २०४३ सालमा जनपक्षीय प्रधानपञ्च बनेका लामा एमालेमा आवद्ध...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०