"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जनताको आक्रोश झेल्दै हरि ढकाल

Table of Content

अघिल्लो निर्वाचनमा ‘हेभिवेट’ नेताहरूलाई हराएर ढकाल चर्चामा आएका थिए । तर, जितेर गएपछि क्षेत्रका लागि कुनै काम नगरेको आरोप र मतदाताको असन्तुष्टि ढकालका लागि मुख्य चुनौती बनेको छ।

०००

२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका नेतालाई पराजित गरेर चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल दोस्रो पटक चितवन–१ बाट उम्मेदवारी दिएका छन् । एमालेका निवर्तमान उपाध्यक्ष सुरेन्द्र पाण्डे र कांग्रेसका डा. विश्व पौडेललाई पराजित गरेका ढकालले ‘सरप्राइज’ जित निकाले ।

पूर्वी चितवनको रत्ननगर–१५, पिठुवामा २०४० सालमा जन्मिएका ढकाल रास्वपा केन्द्रीय सदस्य छन् । उनी एमाले पृष्ठभूमिबाट आएका हुन् । विद्यालय र क्याम्पसमा पढ्दा उनी एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध भए । ढकाल अनेरास्ववियु चितवनको सचिव समेत बने ।

Battleground Analysis

अनुकूलता

  • साविक विजेता, भारी मतान्तर
  • पार्टीको सांगठनिक आधार
  • जुझारु छवि

प्रतिकूलता

  • “जिताएर पठाए पनि केही भएन” भन्ने भाष्य
  • पाका र अनुभवी उम्मेदवारको चुनौती
  • मतदाताको फेरिएको मनोविज्ञान

व्यवसायमा विभिन्न आरोह अवरोह भोगेका उनी राजनीति र व्यवसाय छाडेर आध्यात्मिक मार्गमा समेत लागे केही समय । योग, ध्यान र तपस्याका विभिन्न कार्यक्रममा सक्रिय रहे ।

२०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नं. १ बाट ३४ हजार १८९ मतसहित विजयी भएका थिए । समानुपातिकमा रास्वपाले ३४ हजार ६९१, एमालेले २४ हजार ६ र कांग्रेसले १६ हजार ६९५ मत पाएको थियो ।

दोस्रोपटक चितवन–१ बाट उठेका ढकालले निर्वाचन जितेपछि आफ्नो निर्वाचन क्षेत्रमा काम नगरेको भनेर आलोचना खेपेका छन् । त्यही भएर उनलाई अघिल्लो बेलाको जस्तो सहज अवस्था छैन । अघिल्लोपटक यो क्षेत्रमा घण्टीमा भोट दिँदा रवि लामिछानेलाई जान्छ भन्ने हल्ला चलाइएको थियो । रुष्ट बनेका मतदाता ढकालका लागि चुनौती बन्न सक्छ ।

अघिल्लो निर्वाचनमा जस्तो एमाले नेता सुरेन्द्र पाण्डे र कांग्रेसका डा. विश्व पौडेल जस्ता ‘हेभिवेट’ उम्मेदवार नहुनु ढकालका लागि अनुकूलता हो ।

हालको दल

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०