"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सौराहामा चैत १२, १३ र १४ गते फुड फेस्टिबल हुने

Table of Content

रत्ननगर । सौराहा फुड फेस्टिबलको २०औं संस्करण यही चैत १२, १३ र १४ गते तीन दिनका लागि आयोजना गरिएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान) सौराहाले फेस्टिबलको स्वरुप परिर्वत गरी सौराहाको मुख्य बजारमा फेस्टिबल गर्न लागेको हो । सौराहाको गैंडाचोक देखि पूर्व तर्फ छत्री स्टेट सम्म फेस्टिबल गर्न लागिएको हो । आयोजक रेवान सौराहाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी फेस्टिबलको उद्देश्य र तयारीका बारेमा जानकारी दिएको हो । निर्वाचनको आचारसंहिताका कारण रोकिएको फुड फेस्टिबल स्वरुप परिर्वतन गरी चैते दसैको अबसरमा आयोजना गरिएको जनाएको कार्यक्रम संयोजक कृष्णप्रसाद खतिवडाले बताए । प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता भन्ने नारालाई आत्मसाथ गर्दै खाना, संगित र संस्कृतिलाई अबधारण अनुसार फेस्टिबल आयोजना गरिएको उनले बताए । निर्वाचनको समयावधिमा सुरक्षा, सहभागिता तथा व्यवस्थापनमा सम्भावित असरलाई विचार गरी कार्यक्रमलाई पुनः सञ्चालन गर्ने नयाँ मिति तय गरिएको भन्दै रेवान सौराहाका अध्यक्ष शम्भूप्रसाद मालीले सौराहा सहित चितवनको पर्यटन विकासमा फेस्टिबल कोसेढुंगा सावित हुने बताए । सौराहाको पर्यटनलाई विगतकै अवस्थामा फर्काउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने गरी फेस्टिबलको तयारी गरिएको कार्यक्रम सहसंयोजक पुरुषोत्तम लामिछानेले बताए । सौराहा आएका पर्यटकलाई गीत संगितमा रमाउदै सडकमै खानाका परिकार उपलब्ध गराउने योजना रहेको उनले बताए । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवद्र्धन गर्ने, स्थानीय कलासंस्कृति भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने उद्देश्य रहेको रेवानका महासचिव नविन नेपालले बताए । फेस्टिबल अन्तर्गत बहुल जातजातीहरुको झाँकी प्रस्तुती, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती, स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर वेटरेस बीच प्रतियोगिता समाबेश गरिएको छ । फेस्टिबल सम्पन्न गर्न ६० लाख खर्च लाग्ने र एक करोडको कारोबार हुने अनुमान गरिएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको फेस्टिबलको सह–आयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था लि. रहेका छन् । पत्रकार सम्मेलनमा बोल्दै रेवान सौराहाका पूर्वअध्यक्ष राजन भट्टले फेस्टिबलको निरन्तरताको लागि यस बर्ष सडक फुड फेस्टिबल गर्न लागिएको बताए । स्वदेशी तथा विदेशी पर्यटक सडकमै रमाउने गरी तयारी गरिएको उनको भनाई छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

नारायणी पुलबाट हाम फालेका एक पुरूषको उपचारका क्रममा मृत्यु

चितवनको नारायणी पुलबाट हाम फालेका एक अज्ञात पुरूषको आइतबार साँझ उपचारका क्रममा मृत्यु भएको छ।नाम, थर र ठेगाना नखुलेका अन्दाजी ५० वर्ष उमेरका एक पुरूषले नारायणी पुलबाट हाम फालेको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय नारायणगढबाट विपद् उद्धार टोली घटनास्थल पुगेको उद्धार गरेको थियो। प्रहरीले उद्धार गर्ने क्रममा गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि भरतपुर...

कुशल परेराले जनकपुर बाेल्ट्सबाट एनपीएल खेल्ने

काठमाण्डाै – श्रीलङ्काका विकेटकिपर ब्याटर कुशल परेराले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । तेस्रो संस्करणको प्रतियोगिताका लागि परेरालाई अनुबन्ध गरेको जनकपुरले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएको छ । ३६ वर्षीय कुशल परेराले ९५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार ३३५ रन बनाएका छन् । यस्तै उनले समग्र टी–२० क्रिकेटमा २३८ खेलमा ५...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै चलिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज विहान मौज्दात रकम  १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न...

विद्यार्थीले ढाले सर्बियाको १४ वर्ष लामो शासन, राष्ट्रपतिले स्वीकारे हार

९ कात्तिक, काठमाडौं । सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन सत्ता ढलेको छ । उनले आइतबार सम्पन्न संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलन ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेपछि बुचिच नेतृत्वको शासन पतन भएको हो । बुचिचले स्टुडेन्ट लिस्टसँग आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन् । प्रारम्भिक मतपरिणामअनुसार २५० सिट...

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

काठमाण्डाै – दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात चितवन जिल्लामा गठनभएको क्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्नो क्लबका ‘टिसर्ट’ लगायतका सामग्री बिक्रीको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने भएको हो ।  क्लबमार्फत चितवन र त्यहाँको गैँडालाई विश्वमा चिनाउँदै आएको ‘चितवन राइनोज’ तेस्रो वर्ष नेपाल प्रिमियम लिग (एनपिएल) मा सहभागी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०