"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

श्री राष्ट्रिय आधारभूत विद्यालय डिहिटार को ३८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

Table of Content


श्री राष्ट्रिय आधारभूत विद्यालय डिहिटार ले आफ्नो स्थापना दिवसको अवसर पारेर शैक्षिक प्रदर्शनी मेला, अभिभावक दिवस तथा ३८औँ वार्षिकोत्सव कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ।

एमजिएमएल (MGML) शिक्षण सिकाइ पद्धतिमा आधारित कक्षा सञ्चालन गर्दै आएको विद्यालयले श्री कालिका आधारभूत विद्यालय चात्राङ र श्री आधारभूत विद्यालय ग्लाउथोक सँगको संयुक्त सहकार्यमा शैक्षिक प्रदर्शनी मेला आयोजना गरेको हो। तीनै विद्यालयले पाठ्यक्रममा आधारित शैक्षिक सामग्री, परियोजना कार्य तथा सिर्जनात्मक सिकाइका नमुनाहरू आ–आफ्ना स्टलमार्फत प्रस्तुत गरेका थिए।

स्थानीय कृषि उपज तथा उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आमा समूह तथा महिला समूहले पनि स्टल सजाएका थिए। उनीहरूले कृषि उपज, हस्तकला सामग्री, स्थानीय रूपमा उत्पादित साबुन, सरफ, मह, जडीबुटी लगायतका सामग्री प्रदर्शनीमा राखेका थिए, जसले मेलालाई थप आकर्षक र जीवन्त बनाएको थियो।

कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयमा गठित आमा समूहबीच स्वास्थ्य, सरसफाइ, पिउने पानी र पोषण विषयमा आधारित गीत प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा ग्लाउथोक महिला समूह प्रथम, बनौटी महिला समूह द्वितीय र चात्राङ महिला समूह तृतीय भएका थिए। विजेता समूहलाई वातावरण संरक्षण शिविर एक्का नेपाल ले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगदसहित पुरस्कृत गरेको थियो।

सांस्कृतिक प्रस्तुतिअन्तर्गत श्री गणेश माध्यमिक विद्यालय यौरालीटार का छात्राहरूले राष्ट्रिय गीतमा मनमोहक नृत्य प्रस्तुत गरेका थिए भने आयोजक विद्यालयका बालबालिकाहरूले सामूहिक नृत्यमार्फत कार्यक्रमलाई थप रोचक बनाएका थिए।

कार्यक्रमको उद्घाटन एक्का नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विपीन कुमार श्रेष्ठले गर्नुभएको थियो। श्री कालिका आधारभूत विद्यालय चात्राङ का प्रधानाध्यापक चन्द्रप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब १५० जना अभिभावक, समाजसेवी तथा शिक्षाप्रेमीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक पुष्करकुमार पोखरेलले गर्नुभएको थियो।

विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै समुदायसँगको सहकार्यलाई सुदृढ बनाउँदै आएको सन्देश यस कार्यक्रममार्फत दिएको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवन दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा बगाले पुनः सर्वसम्मत

चितवन — चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अध्यक्षमा किशोर बगाले पुनः सर्वसम्मत चयन भएका छन्। संघको नयाँ नेतृत्व चयनका क्रममा बगाले दोस्रो कार्यकालका लागि अध्यक्षमा दोहोरिएका हुन्। नयाँ कार्यसमितिको उपाध्यक्षमा रामेश्वरसिंह ओली, सचिवमा कल्याण अधिकारी र कोषाध्यक्षमा शिवप्रसाद पौडेल सर्वसम्मत निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक वामदेव अधिकारीका अनुसार कार्यसमिति सदस्यमा युवराज थापा,...

राप्ती–४ को उतराखण्ड सडक स्तर उन्नति हुने । हाम्रो समाचारको औचित्य पूरा हुँदै

चितवन । राप्ती नगरपालिका–४ डडुवास्थित वडा कार्यालय चोकदेखि वडा नं. ४ र ५ जोड्ने भवानिपुर नयाँ पुलसम्मको सडक स्तरोन्नति गर्ने प्रक्रिया अघि बढेको छ। उक्त सडकको दुवैतर्फ नालासहित स्तरोन्नति गर्ने उद्देश्यले सर्वेक्षणको काम सुरु गरिएको हो। उक्त सडक लामो समयदेखि जीर्ण अवस्थामा रहँदा स्थानीयवासीले आवतजावतमा सास्ती खेप्दै आएका थिए। अब भने करिब १ हजार ५८०...

कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, ७६ हजार परीक्षार्थी सहभागी हुने

काठमाडौँ,असोज २८- आगामी मंसिर १ गतेदेखि कोरियन भाषा परीक्षा सञ्चालन हुने भएको छ। ईपीएस कोरिया शाखाले सूचना जारी गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक परीक्षामा दुईवटा नयाँ क्षेत्र थप गरिएका छन्। यसअघि उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने गरेकोमा यसपटकदेखि सेवा क्षेत्र र वन क्षेत्र थप गरिएका हुन्। परीक्षा क्षेत्रअनुसार...

मकवानपुरमा मतदाता सूचीबाट ३ हजार ४७२ मतदाताको नाम हटाइयो

मकवानपुर । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरको मतदाता नामावलीबाट तीन हजार ४७२ जनाको नाम हटाएको छ । मृत्यु भएका, दोहोरो नाम दर्ता भएका तथा नेपाली नागरिकता परित्याग गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको हो । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार नामावलीबाट हटाइएकामध्ये सबैभन्दा बढी एक हजार ९६४ जना मृत्यु भएका व्यक्ति...

प्रदेशसभा सदस्य वीरबहादुर थापाले मलाई राजीनामा पत्र बुझाउनु भएको छ : सभामुख भण्डारी

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभा सदस्य वीरबहादुर थापाले आफूलाई राजीनामा पत्र बुझाएको सभामुख भीमबहादुर भण्डारीले पुष्टि गरेका छन् । बुधबार रातोपाटीसँग कुराकानी गर्दै भण्डारीले आफूलाई थापाले राजीनामा पत्र बुझाएको पुष्टि गरे ।  ‘उहाँले हिजो राजीनामा पत्र बुझाउनु भएको छ । तर, स्वीकृति गरिएको छैन र के गर्ने भन्नेमा म परामर्शमा छु’, उनले रातोपाटीसँग भने । ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०