"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जिविस र प्रदेशका अनुभवी उम्मेदवार

Table of Content

एमालेका नेता सुरेन्द्र पाण्डे दुई पटक विजयी र एकपटक पराजित भएको यो निर्वाचन क्षेत्रमा लामा उम्मेदवार बनेका हुन् ।

नेकपा एमालेले चितवन क्षेत्र नम्बर-१ मा दावा दोर्जे लामालाई उम्मेदवार बनाएको छ । २०१६ सालमा मकवानपुरको काँकडामा जन्मिएका लामा २०३४ सालमा नेकपा (मार्क्सवादी) मा आवद्ध भएका थिए ।

२०४३ सालमा जनपक्षीय प्रधानपञ्च बनेका लामा एमालेमा आवद्ध भएर २०५४ सालमा जिविस चितवनको सदस्य बने ।

Battleground Analysis

अनुकूलता

  • पाँच दशक लामाे राजनीतिक अनुभव
  • विपक्षीमा गठबन्धन नहुनु
  • बलियो संगठन

प्रतिकूलता

  • प्रतिनिधिसभा निर्वाचनमा पहिलो प्रयास
  • पुराना दलप्रति जनअसन्तुष्टि
  • बलिया प्रतिस्पर्धी

२०६९ मा एमाले निकटको लोकतान्त्रिक तामाङ संघको अध्यक्ष र २०७० मा सुकुमवासी समस्या समाधान आयोग, चितवनको अध्यक्ष भए ।

२०७४ मा चितवन–१ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित लामा फागुनमा बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बने । मन्त्री भएका बेला चितवनको निर्वाचन क्षेत्र नं. १ मा पूर्वाधारको काम गरेका थिए ।

२०८० मा भदौमा एमाले बागमती प्रदेश कमिटी उपाध्यक्षमा निर्वाचित लामा पहिलोपटक प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । यसअघि एमालेका नेता सुरेन्द्र पाण्डे दुई पटक विजयी र एकपटक पराजित भएको यो निर्वाचन क्षेत्रमा लामा उम्मेदवार बनेका हुन् ।

२०७९ सालको निर्वाचनमा रास्वपाले जितेको यो क्षेत्रमा एमालेका उम्मेदवार दोस्रो स्थानमा आएका थिए ।

समानुपातिक तर्फको मतमा पनि एमाले दोस्रो स्थानमा थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३४ हजार ६९१, एमालेले २४ हजार ६, कांग्रेसले १६ हजार ६९५, राप्रपाले ५ हजार ८२, तत्कालीन नेकपा माओवादी केन्द्रले ४ हजार ९६५ र एकीकृत समाजवादीले ३ हजार ५१८ मत प्राप्त गरेको थियो ।

बलियो संगठन, विपक्षीमा गठबन्धन नहुनु र पाँच दशक कम्युनिस्ट राजनीतिमा लाग्नु लामाका अनुकुलता हुन् । त्यस्तै, पुराना दलप्रति जनलहर नहुनु र बलिया प्रतिस्पर्धी उनका चुनौती हुन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि जोडियो

काठमाण्डाै –  म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि फेरि जोडिएको छ । पहुँचमार्ग जोडिएसँगै हिजो बेलुकीदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाडी सञ्चालनमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको झण्डै २० मिटर पक्की पहुँचमार्ग बाढीले बगाएको थियो । त्यसपछि सडक अवरुद्ध हुँदा आवागमन प्रभावित...

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सिफारिससँगै अध्यक्ष नेम्वाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन् । सीआईबीले एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल...

कांग्रेस इतर पक्षको भरतपुर महानगर अधिवेशन सम्पन्न, सभापतिमा प्रमिश राई चयन

नेपाली कांग्रेसले १५औं महाधिवेशन गरिरहँदा चितवन भने कांग्रेस इतर पक्षले नियमित अधिवेशन प्रक्रियालाई तिव्रता दिएको छ ।(बिहीबार) भरतपुर महाधिवेशन गर्दै कांग्रेस इतर पक्षले नियमित महाधिवेशन प्रक्रियालाई तिव्रता दिएको हो । महानगर अधिवेशनबाट प्रमिश राईको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ । यसअघि राइलाई महानगरको अधिवेशन गराउन महानगर संयोजक तोकिएको थियो । यस्तै उपसभापतिमा रेशल श्रेष्ठ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०