"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्तीमा स्व मातापिताको सम्झनामा छोर्तेन तथा स्तुपा निर्माण गरिने

Table of Content

राप्ती / पूर्वी चितवन राप्ती नगरपालिका वडा न ७ मा स्थित साँघ छेवाङ्ग टासी बौद्ध गुम्बा परिसरमा बौद्ध धर्मका अनुयायीहरूका लागि आस्थाका धरोहर २ स्तुपा, चैत्य छोर्तेन निर्माण हुने भएको छ ।

स्वर्गीय माता पिता बुद्धि कुमारी नेगी तामाङ् र आइते सिंह रुम्बा लामाको सम्झनामा उनका छोरा बुहारीहरुले उक्त चैत्य तथा छोर्तेन निर्माण गर्न लागिएको हो ।

्रछोर्तेन वा स्तुपा बुद्ध र बोधिसत्वहरूको आशीर्वाद प्राप्त स्थानमा निर्माण गरिने पवित्र स्मारक वा चैत्य हो, जसलाई बुद्धको प्रतिविम्ब मानिन्छ ्र बौद्ध धर्म वा धर्मावलम्बीका अनुसार स्तुपा छोर्तेनहरू मुख्यतया बुद्धको जीवनका विभिन्न घटनाहरूसँग सम्बन्धित ८ प्रकारका हुन्छन् । बुद्ध भगवान जन्मेको स्मरणमा निर्माणदेखि महापरिनिर्वाणको स्मरणमा समेत गरी उक्त ८ प्रकारका छोर्तेनहरु निर्माण गरिएको पाइन्छ जसलाई निम्नानुसार नामकरण गरेका छन् –

पद्यकुट चैत्य (पेमापुङ्ग) – बुद्धको जन्मको स्मरणमा निर्मित ।
वोधी चैत्य (झ्याङ्छुक) – बुद्धत्व प्राप्तिको स्मरणमा ।
रिद्धी प्रतिहार्य चैत्य (छ्योठुल) – चमत्कार प्रदर्शन गरेको स्मरणमा ।
देव अवतरण चैत्य (ल्हबप) – स्वर्गबाट धर्तीमा ओर्लेको स्मरणमा ।
संघ पुनर्गठन चैत्य (ईन्दुम) – संघलाई एकत्रित गरेको स्मरणमा ।
विजय चैत्य (नामग्याल) – विजयको स्मरणमा ।
परिनिर्वाण चैत्य (ङ्याङ्दोही) – बुद्धको महापरिनिर्वाणको स्मरणमा ।

Advertisement

यी ८ मध्ये पद्यकुट चैत्य (पेमापुङ्ग) – जन्मको स्मरणमा र परिनिर्वाण चैत्य (ङ्याङ्दोही) – महापरिनिर्वाणको स्मरणमा निर्माण गरेको स्तुपा निर्माण गर्न लागेको स्वर्गीय मातापिताका जेठा छोरा राजेश रुम्बा तामाङ्ले जानकारी गराए । तामाङ गुम्बाका अध्यक्ष समेत हुन् ।

‘्रूहामीलाई जीवन, संस्कार र बाटो देखाउनु भएका आदरणीय आमा–बाबाको अमर सम्झनामा छोर्तेन स्तुपा निर्माण गर्ने सौभाग्य प्राप्त भएको छ, यो सबैको निम्ति पुण्य कमाउने पबित्र स्थाल हो’ उनले भने ।

मृतक रुम्बा तामाङ् दाम्पत्यको ४ भाई छोरा बुहारी र ३ दिदी बहिनि छोरीहरु रहेका छन् । स्वर्गीय आइते सिंह रुम्बा लामा एक समय एक लामा कार्यमा सक्रिय थिए ।

बौद्ध धर्मका अनुयायीहरू छोर्तेनको छाया परेको स्थानमा मात्रै पनि सुख–शान्ति मिल्ने र यसको परिक्रमा गर्दा असीमित पुण्य प्राप्त हुने विश्वास गरिन्छ । खाइबा लामा गुरु बाबुलाल बलको अगुवाइमा निर्माण हुन लागेको २ स्तुपा १ महिनाभित्र निर्माण सम्पन्न हुने बताइएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्‍यो

काठमाण्डौ – इरानले हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण गरेको छ ।  अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले सामाजिक सञ्जालमार्फत ‘इरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनुपर्ने भन्दै अमेरिकाले थप कारबाही गर्ने चेतावनी दिनुभएको छ । इरानले अर्को सूचना जारी नभएसम्म हर्मुज जलमार्ग बन्द गरिएको घोषणा...

साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा : इंग्ल्यान्डसँग खेल्ने

काठमाण्डौ – साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलले हराउँदै अर्जेन्टिना अन्तिम–४ मा पुगेको हो ।  निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल गर्‍यो । उसका जुलियन अल्भारेजले खेलको ११२औँ र लाउटारो मार्टिनेजले...

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

म्यान्मा । देशको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक बर्षापछि बाढी आएको बताउँदै म्यान्माका उद्धारकर्मीहरूले शनिबार नदी र होचा समथर भूभागमा पानीको सतह बढ्दै गएको चेतावनी दिएका छन् । जातीय अल्पसंख्यक विद्रोही समूह अराकान आर्मीको मानवीय सेवाले बिहीबार जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। “विशेष गरी वृद्ध, बिरामी, गर्भवती र...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।  यस्तै युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा कायम हुँदा युके पाउण्ड स्ट्रलिङ...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको पनि ज्यान गयो

काठमाण्डौ – आज बिहान काठमाण्डौको बुद्धनगरमा आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको ज्यान गएको प्रहरीले जनाएको छ ।  आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । आईसीयूमा राखेर उपचार गरिएकोमा आजै बेलुका निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  राउतको शरीर ५० प्रतिशतभन्दा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०