"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नेकपाको चितवन चुनावी कमाण्डर सुर्य सुवेदी

Table of Content

चितवन : नेपाली कम्युनिष्ट पार्टी, चितवनले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन समिति गठन गरेको छ।

कम्यूनिष्ट पार्टीको जिल्ला कार्यदलका सदस्यहरू पार्टी इन्चार्ज घनश्याम दाहाल, केन्द्रीय सदस्य अशोक थापा, पार्टी संयोजक रामचन्द्र अधिकारी (आरसी), केन्द्रीय सदस्य नरेन्द्र कन्दवङवा र सहितको जिल्लास्तरीय विशेष बैठकले युवा नेता सूर्य सुवेदी (पथिक)लाई निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको हो। पार्टी केन्द्रीय वरिष्ठ सदस्यसमेत रहेका सुवेदी विगतदेखि नै सफल कमाण्डरका रूपमा स्थापित मानिन्छन्।

सुवेदीको संयोजनमा क्षेत्रगत रूपमा चितवन क्षेत्र नं. १ मा कृष्ण खनाल, क्षेत्र नं. २ मा अशोक थापा र क्षेत्र नं. ३ मा बरिष्ठ केन्द्रीय सदस्य ईश्वरी भट्टराईलाई संयोजकको जिम्मेवारी दिइएको छ।

निर्वाचन परिचालन समितिले पार्टी कार्यालयको व्यवस्थापन, आन्तरिक समन्वयदेखि सार्वजनिक प्रस्तुतिसम्मका सम्पूर्ण गतिविधिको नेतृत्व र आवश्यक निर्णय गर्नेछ। भने निर्वाचन समिति मार्फत सबै जिल्लाका कामको संयोजन हुनेछ ।

वि.सं. २०६४ सालदेखि निरन्तर रूपमा निर्वाचन परिचालन गर्दै आएका सुवेदी सरल, हक्की र कडा नेतृत्व क्षमता भएका नेता मानिन्छन्। पार्टी अध्यक्ष प्रचण्ड चितवनबाट निर्वाचन लड्दा तथा भरतपुर महानगरपालिकामा रेनु दाहाल दुई कार्यकालसम्म मेयर पदमा विजयी हुँदा पनि सुवेदीले प्रभावकारी रूपमा कमाण्ड सम्हालेका दिए । भने डा. भोजराज अधिकारी चुनाव उड्दा समेत सुवेदी नै कमाण्डर दिए ।
यस्तै २०४८ सालमा अमिक शेरचनलाई चुनाव जिताउन सुवेदीको भूमिका महत्वपूर्ण थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि जोडियो

काठमाण्डाै –  म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि फेरि जोडिएको छ । पहुँचमार्ग जोडिएसँगै हिजो बेलुकीदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाडी सञ्चालनमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको झण्डै २० मिटर पक्की पहुँचमार्ग बाढीले बगाएको थियो । त्यसपछि सडक अवरुद्ध हुँदा आवागमन प्रभावित...

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सिफारिससँगै अध्यक्ष नेम्वाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन् । सीआईबीले एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल...

कांग्रेस इतर पक्षको भरतपुर महानगर अधिवेशन सम्पन्न, सभापतिमा प्रमिश राई चयन

नेपाली कांग्रेसले १५औं महाधिवेशन गरिरहँदा चितवन भने कांग्रेस इतर पक्षले नियमित अधिवेशन प्रक्रियालाई तिव्रता दिएको छ ।(बिहीबार) भरतपुर महाधिवेशन गर्दै कांग्रेस इतर पक्षले नियमित महाधिवेशन प्रक्रियालाई तिव्रता दिएको हो । महानगर अधिवेशनबाट प्रमिश राईको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ । यसअघि राइलाई महानगरको अधिवेशन गराउन महानगर संयोजक तोकिएको थियो । यस्तै उपसभापतिमा रेशल श्रेष्ठ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०