"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्ती नगरपालिकाको हिउँदे नगर सभा : आर्थिक ऐन संसोधन सहित एक विधेयक पारित

Table of Content


राप्ती । चितवनको राप्ती नगरपालिकाले बुधवार हिउँदे अधिवेशनका रुपमा १६औँ नगरसभा सम्पन्न गरेको छ । हिउँदे नगर सभाले आर्थिक ऐन संसोधन सहित एक विधेयक पारित गरेको छ । नगर सभाले आ.व. २०८२/०८३ को आर्थिक ऐन, विनियोजन ऐन, बजेट तथा कार्यक्रम संशोधन र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०८२ पारित गरिएको कार्यवहाक मेयर देवेन्द्र लामाले जानकारी दिए ।
नगर सभाले १५औँ नगर सभामा समावेश भएका र दायित्वमा रहेका भुक्तानीलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ । करिब १२ करोड दायित्वमा रहेको योजना र विभिन्न शिर्षकका कार्यक्रमलाई भुक्तानी गर्ने निर्णय भएको हो । राप्ती नगरपालिकामा २०७९ साल देखिका भुक्तानी रहेको र सो योजनाको अवस्था हेरी भुक्तानी गर्ने प्रकृया अगाडी बढाउने तयारी भएको लामाले बताए । यसका साथै गत नगर सभामा विनियोजन गरेका योजनाहरु मध्ये सञ्चालन हुन नसक्ने तथा तत्काल नगरी नहुने अन्य आवश्यक योजनाहरुलाई साविकमा विनियोजन गरेको बजेटको परिधि भित्र रही रकमान्तर र बजेट संशोधन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताए ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

PM-1788659805

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै

काठमाण्डौ – संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ...
Prayatan-1790041336

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा धेरैको क्षति

काठमाण्डौ – भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब...
Typhone-1790036571

समुद्री आँधी जापानतर्फ बढ्दै, झण्डै ३ सय उडान रद्द

समुद्री आँधी जापानतर्फ अघि बढ्दै गर्दा झण्डै ३ सय उडान रद्द गरिएका छन् भने १६ लाखभन्दा...
Nepal-Bhutan-1790043434

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

काठमाण्डौ – परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ । संयुक्त...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०