"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एमाले केन्द्रीय सदस्यमा चितवनका आठ जना निर्वाचित

Table of Content

भरतपुर । नेकपा एमालेको एघारौँ महाधिवेशनमा चितवनबाट प्रतिस्पर्धा गरेका नेतामध्ये केन्द्रीय सदस्यमा आठ जना निर्वाचित भएका छन् । पूर्वपोलिटब्युरो सदस्य देवीप्रसाद ज्ञवाली, बालिका गिरी, पूर्वकेन्द्रीय सदस्यहरू पार्वती रावल, यमबहादुर परियार, कृष्णभक्त पोखरेल, जगन्नाथ थपलिया, प्रभा बराल र युवा नेता निशा अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

रावल महिला खुलाबाट, अधिकारी बागमती प्रदेश युवा, बराल बागमती प्रदेश महिलाबाट निर्वाचित भएका हुन् । ज्ञवाली, पोखरेल र थपलिया खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । पूर्वजिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने बागमती प्रदेश खुला, पूर्वकेन्द्रीय सदस्य कपिलप्रसाद पोखरेल र अर्का नेता पुरूषोत्तम न्यौपानेले खुला केन्द्रीय सदस्य पदमा उमेदवारी दिएका थिए ।

चितवनका रामबहादुर थापा बादल नेकपा (एमाले)को उपाध्यक्षमा निर्वाचित भएका छन् । चितवनका सुरेन्द्र पाण्डे भने महासचिव पदमा पराजित भए । यस्तै, अनुशासन आयोगको अध्यक्षमा चितवनका काशिनाथ अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै, केन्द्रीय अनुशासन आयोगको सदस्यमा चितवनका कृष्ण भूर्तेल र कृष्णप्रसाद सिलवाल विजयी भएका छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789966111

पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिगको उपाधि एडिनबर्गलाई

काठमाण्डाै – पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) को उपाधि एडिनबर्ग क्यासल रकर्सले जितेको...
1-1789954922 (1)

परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घ महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाण्डाै – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
buffalo-farming-1789960254

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेर मासिक एक लाख आम्दानी

काठमाण्डाै – वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला ? भन्ने जिज्ञासा मनमा थियो...
Giorgia-Meloni-1789971972

इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने, विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने

इटालीले विद्यालयमा अनुहार छोप्ने कपडा (बुर्का) मा प्रतिबन्ध लगाउने र कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित...
opmcm_FNGMsZz6C8

प्रधानमन्त्री राहत कोषमा झन्डै १५ अर्ब रुपैयाँ मौज्दात

काठमाण्डाै – प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम झन्डै १५ अर्ब रुपैयाँ पुगेको छ । प्रधानमन्त्री तथा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०