"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

सरकारले व्यवसायीलाई दुःख दिँदैन : सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैन : सभापति लामिछाने काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिसँग आज काठमाण्डाैमा छलफल उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र वर्तमान सरकारप्रति सशङ्कित नहुन आग्रह गर्नुभएको हो । सभापति...
Read more

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता, अर्काे एउटा अध्यादेश जारी

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता, अर्काे एउटा अध्यादेश जारी काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पाैडेलले आज संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउनुभएकाे छ । उहाँले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश २०८३ काे विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न फिर्ता पठाउनुभएकाे राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । सरकारले ६ सदस्यीय संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित ३ जनाकाे निर्णय...
Read more

क्यानडामा कपिल शर्माको क्याफे नजिकै चौथोपटक गोली प्रहार, ज्यान मार्ने धम्की

टोरन्टो । क्यानडाको ब्रिटिस कोलम्बियास्थित सर्रेमा चर्चित भारतीय कमेडियन कपिल शर्माको ‘क्याप्स क्याफे’ नजिकै रहेको एक रेस्टुरेन्टमा गोली प्रहार भएको छ।  ‘चाय सुट्टा बार’ आउटलेट नजिकै भएको यस घटनाले कपिल शर्माको सुरक्षालाई लिएर गम्भीर चिन्ता पैदा गरेको छ।  घटनालगत्तै सामाजिक सञ्जालमा टायसन बिश्नोई जोरा सिद्धू नामको फेसबुक अकाउन्टबाट एक पोस्ट सार्वजनिक गर्दै कपिल शर्मा र...
Read more

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन सरकारकाे आग्रह

शहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आह्वान गरेकाे छ । मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्ताे आग्रह गरेकाे हाे । सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा उपस्थित भई दर्ता गर्न पनि मन्त्रालयले अनुरोध गरेकाे छ...
Read more

डोजरको गर्जन र कलमको रोदन !

डोजरको गर्जन र कलमको रोदन ! झन्डै युद्धको दृश्य झल्काउने बागमतीको किनारको बस्ती । एकातिर फलामको दाँत भएको बडेमानको डोजर । अर्कातिर ढल्दै गरेका माटो र बाँसका कमजोर टहराहरू । धुलोको बादल बिस्तारै थिग्रिँदै गरेको । भुइँमा एउटा सानो संसार भग्नावशेष बनेर पल्टिरहेको । नजिकै प्रेसर कुकर चिसिएको अवस्थामा उत्तानो परेको, जसमा शायद बेलुकाको दाल...
Read more

ट्राफिक नियम उल्लंघन गर्ने २ हजार १११ चालक कारबाहीमा, साढे पाँच लाख राजस्व संकलन

बितेका २४ घण्टामा २ हजार १११ चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा ५ लाख ६५ हजार रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १०९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १८४, ट्राफिक संकेत उल्लंघनकर्ता १०३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २२२ जनालाई कारबाही गरिएको...
Read more

अध्यक्ष रूक्सन गुरूङले सामाजिक काम गर्नका लागि ‘लिटिल राइनो फाउन्डेसन’को स्थापना गरे

भरतपुर । नेपाल तमू (गुरूङ) विद्यार्थी छोँज धीँ चितवनका अध्यक्ष रूक्सन गुरूङले सामाजिक काम गर्नका लागि फाउन्डेसन स्थापना गरेका छन् । २५७०औँ बुद्ध जयन्तीको अवसरमा उनले ‘लिटिल राइनो फाउन्डेसन’को स्थापना गरेका हुन् । फाउन्डेसनले सुरूको दिनमै महाबौद्ध गुम्बा परिसरभित्र रहेको पोखरीमा १०८ वटा माछा छाडेको छ । नेपाल तमू विद्यार्थी छोँज धीँसँगको सहकार्यमा खुला रक्तदानसमेत...
Read more

चितवनमा जनकको तीन करोडको पाठ्यपुस्तक बिक्री

भरतपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय भरतपुरले चितवन जिल्लामा मात्रै तीन करोड रूपैयाँभन्दा बढीको पाठ्यपुस्तक बिक्री गरेको छ । एक महिनाको अवधिमा (चैत १६ देखि वैशाख १७ सम्म) नेपाली र अंग्रेजी माध्यम गरी तीन करोड १० लाख रूपैयाँबराबरको पाठ्यपुस्तक बिक्री भएको कार्यालयका प्रमुख धनबहादुर केसीले बताए । उनका अनुसार चितवनमा अंग्रेजी माध्यमका...
Read more

बहुमत प्राप्त सरकारले अध्यादेशको शरण लिनु लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण : बार अध्यक्ष मिश्र

बहुमत प्राप्त सरकारले अध्यादेशको शरण लिनु लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण : बार अध्यक्ष मिश्र काठमाण्डौ – नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले दुई तिहाइ नजिकको बहुमत प्राप्त सरकारले संसदको विश्वास लिनुको सट्टा अध्यादेशको शरण लिनु लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण रहेको बताउनुभएको छ ।  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काठमाण्डौमा आज बिहान भएको प्रदर्शनका क्रममा उहाँले सरकारको...
Read more

पहिरोले कान्ति लोकपथ, मध्य पहाडी लोकमार्ग र अरनिको राजमार्ग अवरुद्ध

पहिरोले कान्ति लोकपथ, मध्य पहाडी लोकमार्ग र अरनिको राजमार्ग अवरुद्ध काठमाण्डौ – पहिरो खसेका कारण कान्ति लोकपथ र अरनिको राजमार्ग अवरुद्ध भएको छ । कान्ति लोकपथको ललितपुर बागमती गाउँपालिका–३ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान परेको पानीले पहिरो खसेपछि कान्ति लोकपथ हुँदै काठमाण्डौ–हेटौँडा आवतजावत बन्द...
Read more
1 … 56 57 58 59 60 … 76

Trending News

Editor's Picks

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

काठमाण्डाै – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो । याेजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण तथा मर्मत र अपार्टमेन्टसमेत खरिद गर्न सक्नेछन् । आधार दरमा...

एन्फा मुख्यालयकाे ताला खुल्याे

काठमाण्डाै – लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको ताला बहुमत सदस्यले खोलेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले आज सातदोबाटोमा रहेको एन्फाको ताला खोलेका हुन् । यसैबीच उपाध्यक्ष खड्काले पर्सि शुक्रवार १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ । उहाँका अनुसार बैठकमा फिफाले एन्फामाथि लगाएको प्रतिबन्ध,...

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०