"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

चित्र म्युजिक ब्याण्डको पहिलो गीत ‘थरिथरि’ सार्वजनिक

चितवन । चित्र म्युजिक ब्याण्डको पहिलो गीत ‘थरिथरि’ सार्वजनिक गरिएको छ । नारायणगढस्थित एडम्स लाउञ्ज एण्ड बारमा मंगलबार साँझ आयोजित एक विशेष कार्यक्रमबीच गीतको म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो । गीतमार्फत नेपालका विभिन्न जातजाति, भाषा र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको बताइएको छ । नेपाल हिमाल, पहाड र तराई गरी विविध भूगोल तथा संस्कृतिले भरिपूर्ण...
Read more

पत्रकारितामा देखिएका विकृति सुधार्न काउन्सिल नेतृत्वमा आएको हो : अध्यक्ष आचार्य

चितवन । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकारितामा देखिएका विकृति र विसंगति सुधार्नकै लागि आफू काउन्सिलको नेतृत्वमा आएको स्पष्ट पार्नुभएको छ। प्रेस काउन्सिल नेपालद्वारा आइतबार चितवनमा आयोजित पत्रकार आचारसंहिता जागरण अभियान कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले पत्रकारिता पेशालाई मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउन काउन्सिलले ठोस कदम चाल्ने बताउनुभयो। “पत्रकारिता पेशा अहिले समस्यामा छ...
Read more

एमाले केन्द्रीय सदस्यमा चितवनका आठ जना निर्वाचित

भरतपुर । नेकपा एमालेको एघारौँ महाधिवेशनमा चितवनबाट प्रतिस्पर्धा गरेका नेतामध्ये केन्द्रीय सदस्यमा आठ जना निर्वाचित भएका छन् । पूर्वपोलिटब्युरो सदस्य देवीप्रसाद ज्ञवाली, बालिका गिरी, पूर्वकेन्द्रीय सदस्यहरू पार्वती रावल, यमबहादुर परियार, कृष्णभक्त पोखरेल, जगन्नाथ थपलिया, प्रभा बराल र युवा नेता निशा अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । रावल महिला खुलाबाट, अधिकारी बागमती प्रदेश युवा, बराल...
Read more

सक्रिय राजनीतिबाट बिदा लिएको एमाले नेता अधिकारीको घोषणा

काठमाडौं । एमाले नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । ६६ वर्षीय अधिकारीले सामाजिक सन्जाल फेसबुकमार्फत् सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् । पचास वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालीन भएर काम गरेको र ३३ वर्ष एमालेको केन्द्रीय सदस्य बनेको जानकारी गराउँदै उनले कहिल्यै नेता नबनेको उल्लेख गरेका छन् । ‘म कार्यकर्ताको...
Read more

राप्ती नगरपालिका वडा नं. ८ मा पीडित सेवा संघको सामाजिक परीक्षण सम्पन्न, संस्थागत पारदर्शिता र समुदायप्रतिको प्रतिबद्धता उजागर

चितवन – बुधवार, राप्ती नगरपालिका वडा नं. ८ मा सहभागीमूलक अध्ययन, सामाजिक रूपान्तरण तथा जैविक विविधता संरक्षणका क्षेत्रमा क्रियाशील पीडित सेवा संघले यस आर्थिक वर्षमा सञ्चालन गरेका योजना तथा कार्यक्रमहरूको सामाजिक परीक्षण सम्पन्न गरेको छ। कार्यक्रममा सरोकारवालाहरू, स्थानीय प्रतिनिधि, सुरक्षा निकाय, लाभान्वित समूह र समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सहजिकरण पुर्ण बहादुर मगरले...
Read more

नागरिकता बिना अस्तित्वः ‘म छु’ भन्न पनि प्रमाण खोज्दै यौनिक तथा लैंगिक अल्पसंख्यक

अशोक बहादुर परियार । भरतपुर नागरिकता कार्यालयको ढोकाबाहिर उभिँदा उनी सधैं एउटै प्रश्नसँग जुध्छिन्— “म को हुँ भनेर राज्यले कहिले स्वीकार गर्छ?”आफू जे हुँ, त्यो बन्न संविधानले अधिकार दिएको छ। तर त्यो अधिकार कागजमै सीमित हुँदा, जीवन भने पहिचानविहीन बन्न पुग्छ। यो पीडा कुनै एक व्यक्तिको मात्र होइन, नेपालका सयौँ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका...
Read more

सामाजिक क्षेत्रमा योगदान दिनेलाई अवार्ड

राप्ती । हाम्रो राप्ती एफएम र विशाल न्युजले समाजका विविध क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तिहरुलाई चौथो विशाल अवार्डमार्फत सम्मान गरेको छ । राइजिङ मोडल विधाबाट नितेश चौधरी, राइजिङ सिङ्गर विधाबाट उत्सव ढकाल, सोसियल आइकन अफ द इयरबाट अञ्जु कार्की, युवा उद्यमी अफ द इयरबाट प्रदीप शर्मा तथा युथ आइकन अफ द इयरबाट सुमिना चौधरीलाई अवार्ड...
Read more

राप्तीमा तालाबन्दी : मेयरले माफी नमागेसम्म तालो नखुल्ने चेतावनी

भण्डारा,असोज २३ । राप्ती नगरपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वलीबीचको विवाद चर्किएपछि स्थानीयले नगरपालिका कार्यालयमै तालाबन्दी गरेका छन् । कार्यालयमा तालाबन्दी भएपछि नगरका दैनिक प्रशासनिक कार्य, भुक्तानी प्रक्रिया र जनसेवासँग सम्बन्धित सम्पूर्ण काम ठप्प बन्ने अवस्थामा पुगेको छ । नगर प्रमुख शमशेर लामाले प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वली विच विवाद बढेपछि...
Read more

बागमतीसहित देशका ५ प्रदेशमा आज राति भारी वर्षाकाे सम्भावना (विज्ञप्तिसहित)

काठमाडौं । सबै प्रदेशमा साधारणतया माैसममा बिहीबार दिउँसाे बदली हुने भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र बाँकी प्रदेशका पहाडी-तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको हाे। कोशी, बागमती र गण्डकी प्रदेश केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ। त्यस्तै, बिहीबार राति भने सबै प्रदेशमा साधारणतया बदली हुने भएकाे...
Read more

किसानलाई लक्षित गर्दै विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी

काठमाडौँ । सरकारले ठुलो बर्षाको पूर्वानुमानपछि विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि किसानलाई लक्षित गर्दै कृषि सल्लाह बुलेटिन जारी गरेको हो । जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातारवण...
Read more
1 … 72 73 74 75

Trending News

Editor's Picks

एउटै आकाशगंगामा भेटिए तीन विशाल ब्ल्याक होल

काठमाडौँ । खगोलशास्त्रीहरूले पृथ्वीबाट १२.५ अर्ब प्रकाशवर्षभन्दा बढी टाढा रहेको एउटै ग्यालेक्सीभित्र सक्रिय रूपमा पदार्थ निलिरहेका (फिडिङ) तीन वटा ‘सुपरम्यासिभ ब्ल्याक होल’ फेला पारेका छन्।  ‘म्याक्स प्लाङ्क इन्स्टिच्युट फर एक्स्ट्राटेरेस्ट्रियल फिजिक्स’ (एमपीएई) को नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले गरेको यो खोजले ब्रह्माण्डको सुरुआती चरणमा विशाल ब्ल्याक होलहरू कसरी बढे र एकापसमा अन्तरक्रिया गरे भन्ने दुर्लभ...

नारायणी पुलबाट हाम फालेका एक पुरूषको उपचारका क्रममा मृत्यु

चितवनको नारायणी पुलबाट हाम फालेका एक अज्ञात पुरूषको आइतबार साँझ उपचारका क्रममा मृत्यु भएको छ।नाम, थर र ठेगाना नखुलेका अन्दाजी ५० वर्ष उमेरका एक पुरूषले नारायणी पुलबाट हाम फालेको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय नारायणगढबाट विपद् उद्धार टोली घटनास्थल पुगेको उद्धार गरेको थियो। प्रहरीले उद्धार गर्ने क्रममा गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि भरतपुर...

कुशल परेराले जनकपुर बाेल्ट्सबाट एनपीएल खेल्ने

काठमाण्डाै – श्रीलङ्काका विकेटकिपर ब्याटर कुशल परेराले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । तेस्रो संस्करणको प्रतियोगिताका लागि परेरालाई अनुबन्ध गरेको जनकपुरले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएको छ । ३६ वर्षीय कुशल परेराले ९५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार ३३५ रन बनाएका छन् । यस्तै उनले समग्र टी–२० क्रिकेटमा २३८ खेलमा ५...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै चलिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज विहान मौज्दात रकम  १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न...

विद्यार्थीले ढाले सर्बियाको १४ वर्ष लामो शासन, राष्ट्रपतिले स्वीकारे हार

९ कात्तिक, काठमाडौं । सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन सत्ता ढलेको छ । उनले आइतबार सम्पन्न संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलन ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेपछि बुचिच नेतृत्वको शासन पतन भएको हो । बुचिचले स्टुडेन्ट लिस्टसँग आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन् । प्रारम्भिक मतपरिणामअनुसार २५० सिट...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०