"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

प्रहरीको प्राविधिक तर्फका १४ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस

काठमाडौँ । प्रहरीको प्राविधिक समूहका १४ जना वरिष्ठ सईहरुलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले सिफारिस सूची प्रकाशन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  स्वास्थ्य उपसमूह नर्सिङतर्फ दुईजना वरिष्ठ सईलाई इनस्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेमा गीता बाराकोटी र निर्मला महत छन् ।  इन्जिनियरिङ उप...
Read more

सुनको मूल्य साढे ५ हजार रुपैयाँ घट्यो

काठमाडौँ । बिहीबार सुनको मूल्य तोलामा साढे ५ हजार रुपैयाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको हो ।  यसअघि बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला २१५ रुपैयाँको गिरावट आएर...
Read more

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : भारतमा निर्यात हुँदै

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : भारतमा निर्यात हुँदै काठमाण्डौ – चितवनको जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन शुरु गरेको छ ।   भरतपुर महानगरपालिका–१६ शरणपुरमा रहेको यो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालेको हो ।  उद्योगका अध्यक्ष जीनारायणबहादुर...
Read more

विश्वविद्यालयका रिक्त उपकुलपतिको लागि १९९ उम्मेदवार प्रतिस्पर्धाका लागि योग्य

विश्वविद्यालयका रिक्त उपकुलपतिको लागि १९९ उम्मेदवार प्रतिस्पर्धाका लागि योग्य काठमाण्डौ – विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले माग गरेको दरखास्तमा परेका आवेदकमध्येबाट स्वीकृत उम्मेदवारको सूची सार्वजनिक गरिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको समितिले ती विश्वविद्यालयका लागि माग गरिएका उम्मेदवारको कागजपत्र छानबिनपछि स्वीकृत उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।...
Read more

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस काठमाण्डौ – राष्ट्रिय मानवअधिकार आयोगले भदौको नवयुवा आन्दोलनमा संलग्न रहेको आरोपमा सभापति रवि लामिछानेसहित रास्वपाका १७ सांसदमाथि छानबिन तथा अनुसन्धान गर्न सिफारिस गरेको छ । सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनीमा सांसदहरूको संलग्नता हुनसक्ने भन्दै सूक्ष्म अनुसन्धान गर्न आयोगले सिफारिस गरेको हो । रास्वपा...
Read more

साविक विजेता आरसीबी आईपीएल क्रिकेटको फाइनलमा

साविक विजेता आरसीबी आईपीएल क्रिकेटको फाइनलमा काठमाण्डौ – साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ । हिजो भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै आरसीबी फाइनलमा पुगेको हो ।  धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५४ रन बनाएको थियो । आरसीबीका...
Read more

आउँदो आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा

आउँदो आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा काठमाण्डौ – सरोकारवाला निकायको सुझावलाई समेत समेटेर अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट लेखनलाई अन्तिम चरणमा पुर्‍याएको छ ।  सङ्घीय संसद्का दुवै सदनमा सांसदहरूले दिएका सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावमा गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायतका विषयलाई केन्द्रमा राखेर बजेट लेखन कार्य भइरहेको हो । पर्सि जेठ १५...
Read more

सर्वोच्चको ऐतिहासिक आदेश : विदेशबाट पनि बयान र बकपत्र गर्न दिनू

काठमाण्डौ – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान, बकपत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ ।  न्यायाधीशद्वय हरि फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सिमानालाई सङ्कुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान, बकपत्र गर्न सकिने आदेश गरेको हो । अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनीतिक...
Read more

रवि लामिछाने अर्को हप्ता नयाँदिल्ली जाँदै

रवि लामिछाने अर्को हप्ता नयाँदिल्ली जाँदै काठमाण्डौ – भारत सरकारको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि अर्को हप्ता जेठ १८ मा नयाँदिल्ली जाँदै हुनुहुन्छ । लामिछाने तीनदिने औपचारिक भ्रमणका लागि आउँदो सोमबार दिल्ली जान लाग्नुभएको हो । नेपाल र भारतबीच पछिल्लो समय सीमा विवाद र कूटनीतिक तनाव बढिरहेका बेला लामिछानेको...
Read more

कृषि उत्पादनको प्रवर्द्धनका लागि मागपत्र पेस

रत्ननगर । सामाजिक उद्यमी महिला सहकारीले उत्पादन गरेका कृषि सामग्रीको प्रवर्द्धन र बजारीकरणका लागि प्रदेश सरकारसमक्ष मागपत्र पेस गरिएको छ । सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)ले सोमबार भरतपुरमा आयोजना गरेको प्रदेशस्तरीय समन्वय बैठक तथा अन्तर्क्रिया कार्यक्रममा कृषि उत्पादन र बजारीकरणलाई जोड दिएर मागपत्र पेस गरिएको हो । महिला तथा सामाजिक उद्यमी महिला सहकारीहरुका...
Read more
1 … 46 47 48 49 50 … 94

Trending News

Editor's Picks

नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

चितवन । चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा भोलि मंसिर ७ गते चर्चित नेपाली सांगीतिक समूह कुमा सागर एण्ड द ख्वपाको विशेष लाइभ कन्सर्ट आयोजना हुने भएको छ । साँझ ५ बजेपछि ९ बजेसम्म उक्त कन्सर्ट हुने । महोत्सवमा दिनदिनै नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुति तथा आदिवासी जनजातीको साँस्कृतिक...

चितवनका सीडीओको स्टन्ट फ्लपः दुई महिनादेखि ‘राइनो क्रुज’ नारायणीमा बेवारिसे

चितवनः चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलमा अड्किएको नेपालकै पहिलो लक्जरी ‘राइनो क्रुज’ बेवारिस बनेको छ। नेपालको जलपर्यटन क्षेत्रमा नयाँ इतिहास रच्ने दाबीका साथ सञ्चालनमा ल्याइएको क्रुज नदीको गैँडाकोटतर्फ दुई महिनादेखि भग्न र खिया लागेको अवस्थामा लडिराखेको छ। गत असोज ११ मा नारायणी नदीमा आएको बाढीले गैँडाकोट स्टेसनबाट ६० टनको क्रुज बगाएको थियो। बाढीको...

पिठुवा सिंचाईको ३२ औं साधारणसभा: नहर संरक्षणमा उपभोक्ता आफैँ सचेत हुनुपर्छ : उपप्रमुख पाठक

रत्ननगर। रत्ननगर–१६ स्थित पिठुवा सिँचाइ जल उपभोक्ता संस्थाको ३२औँ साधारण सभा शनिवार सम्पन्न भएको छ। सभामा रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले सिँचाइ नहरको संरक्षणका लागि उपभोक्ता आफैँ सचेत र जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ। उपप्रमुख पाठकले सिंचाई नगरको छेउछाउबाट ढुंगा, गिट्टी निकाल्न सिफारिस दिने पनि पिठुवाबासी नै हुने र उत्खनन गरेर बिक्री गरी आम्दानी गर्ने पनि...

पाँच एमओयू तथा सम्झौतापत्र टुंगियो, चारवटामा छलफल जारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भ्रमणमा नेपाल र भारतबीच हस्ताक्षर हुने पाँचवटा समझदारी (एमओयू) तथा सम्झौतापत्रको टुंगो लागेको छ । “प्रधानमन्त्रज्यूको भारत भ्रमणमा दुई देशबीच पूर्वाधार, शिक्षा, खेलकुद, स्वास्थ्य लगायतका क्षेत्रमा पाँचवटा एमओयू तथा सम्झौतापत्रमा हस्ताक्षर हुने तय भएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “अझै थप चारवटा एमओयू तथा सम्झौतापत्रमा छलफल चलिरहेको छ ।...

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

काठमाण्डौ – चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या पनि बढेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको साप्ताहिक तथ्याङ्कअनुसार पछिल्लो अवधिमा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा धेरै देखिन्छ । तथ्याङ्कअनुसार पछिल्लो एक हप्ताको अवधिमा हवाई मार्गमार्फत सगरमाथा क्षेत्र (खुम्बु)बाट १ हजार १८० पर्यटक बाहिरिएका छन् भने ५२९ पर्यटक प्रवेश...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०