"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्य योजना र उजुरी अध्ययन गर्न विपक्षीले समय मागे

प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्य योजना र उजुरी अध्ययन गर्न विपक्षीले समय मागे काठमाण्डौ – सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको कार्य योजना र उजुरी अध्ययन गर्न विपक्षी दलहरूले समय माग गरेका छन् ।  आज बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकमा विपक्षी दलका सदस्यहरूले समय माग गरेका हुन् । नेकपा र एमालेका सदस्यहरूले हतार नगरी...
Read more

सन्दीपको विश्व कीर्तिमानः ७३ म्याचमा लिए १५० विकेट

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछाने एक दिवसीयमा सर्वाधिक छिटो १५० विकेटको विश्वकिर्तिमान राखेका छन् । आज जारी म्याचमा स्कटल्यान्डविरुद्ध २ विकेट लिँदै उनले यो कोसेढुंगा पार गरेका हुन् । सन्दीपले ७३ म्याचमा १५० लिएका छन् । यसअघि यो रेकर्ड अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो । स्टार्कले ७७ म्याचमा १५० विकेट लिएका थिए । स्कटल्यान्डका...
Read more

फोक्सिङटार र बङ्शिलाघाटमा बेलिब्रिज हटाएपछि पूर्वी तराईसँगको यातायात सम्पर्क विच्छेद

फोक्सिङटार र बङ्शिलाघाटमा बेलिब्रिज हटाएपछि पूर्वी तराईसँगको यातायात सम्पर्क विच्छेद काठमाण्डौ — खोटाङको सुनकोशी नदीमा पानीको बहाव बढेसँगै खोटाङ र पूर्वी तराईलाई जोड्ने फोक्सिङटार र बङ्शिलाघाटका अस्थायी बेलिब्रिज हटाइएपछि सीधा यातायात सम्पर्क टुटेको छ । वर्षायाम शुरु भएसँगै जोखिम बढेपछि दुवै ठाउँका बेलिब्रिज निकाल्दा स्थानीयवासी समस्यामा परेका छन् । फोक्सिङटार र बङ्शिलाघाटमा स्थायी मोटरेबल पुल...
Read more

पोखराको रात्रिकालीन व्यवसायमा बेथिति र असुरक्षा बढेको गुनासो

पोखराको रात्रिकालीन व्यवसायमा बेथिति र असुरक्षा बढेको गुनासो काठमाण्डौ — पर्यटकीय राजधानी पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा बेथिति, असुरक्षा र सामाजिक विकृति बढेको भन्दै पर्यटनसँग सम्बन्धित संघसंस्थाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन क्षेत्रसँग आवद्ध १५ वटा संस्थाहरूले प्रमुख जिल्ला अधिकारीलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै रात्रिकालीन व्यवसायलाई व्यवस्थित गर्न माग गरेका छन् ।...
Read more

शान्ति वार्तामा कुनै प्रगति नभएपछि इरानलाई ट्रम्पको कडा चेतावनी, समय सकिँदै गएको भन्दै वार्तामा आउन दबाब

शान्ति वार्तामा कुनै प्रगति नभएपछि इरानलाई ट्रम्पको कडा चेतावनी, समय सकिँदै गएको भन्दै वार्तामा आउन दबाब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता ठप्प बनेपछि कडा चेतावनी दिनुभएको छ । उहाँले समय सकिँदै गरेको भन्दै इरानलाई चाँडै सहमतिमा पुग्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत ट्रम्पले इरानले छिटो निर्णय नगरे इरानमा केही पनि...
Read more

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो काठमाण्डौ — गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार अब ठूलो अण्डा प्रतिक्रेट अर्थात ३० वटाको ५ सय १५ रुपैयाँ र मध्यमको ४८५ रुपैयाँ फार्मदर कायम गरिएको छ । सङ्घका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य...
Read more

आजको  राशिफल  –  आजको  राशिफल

आजको  राशिफल  –  आजको  राशिफल सोमबार, 18 मे 2026, जेष्ठ अधि शुक्ल पक्ष द्वितीया तिथी। रोहिणी नक्षत्र, मृगाशिरा 14:37 पछि। चन्द्रमा राशि वृषभ। [गुगल ट्रान्सलेटद्वारा अनुवादित वैदिक राशिफल]उपप्रा. लक्ष्मीप्रसाद बराल (ज्योतिषी) मेष – Aries चु, चे, चो, ला, लि, लु ले, लो, अतपाईंको बोलीको प्रभाव बढी पर्नेछ र तपाईंले आफ्नो कलात्मक अभिव्यक्तिलाई परिष्कृत गर्ने अवसरहरू पाउनुहुनेछ। तपाईंको इच्छित काम...
Read more

जङ्गली च्याउ खाँदा चितवनमा थप एक जनाको मृत्यु

चितवन, ३ जेठः जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । इच्छाकामना गाउँपालिका–१ कुलबाङगका दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नमुनाको जेठ १ गते मृत्यु भएको हो भने सञ्जयको शनिबार...
Read more

‘डोजर आतंक बन्द गर’ भन्दै देशभरका सुकुम्वासी बुटवलमा, सरकारविरुद्ध प्रदर्शन

सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्थाबिना सरकारले वर्षौंदेखि बसेको बस्तीमा डोजर चलाएर आतंक मच्चाएको भन्दै देशभरका अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीले आइतबार बुटवलमा प्रदर्शन गरेका छन् ।  नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा विभिन्न जिल्लाबाट हजारौँको सहभागिता रहेको नेपाल भूमिहीन सुकुम्बासी संघर्ष समिति, रूपन्देहीका संयोजक खगेन्द्र पौडेलले जानकारी दिए...
Read more

मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन भेपसहित तीन जना पक्राउ

मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन भेपसहित तीन जना पक्राउ काठमाण्डौ – मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ एक्लेभट्टीबाट ५९० कार्टुन चाईनिज इलेक्ट्रिक चुरोट (भेप) तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा धादिङको धुनीबेशी नगरपालिका–१ का सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ का फुन्चुदोर्जे तामाङ र भोटेकोसी गाउँपालिका–३ का पासाङ शेर्पा रहेका सशस्त्र प्रहरी...
Read more
1 … 36 37 38 39 40 … 73

Trending News

Editor's Picks

धनुषामा श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला; चार वर्षीय छोरा घाइते

वीरगञ्ज । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आशङ्का गरिएका श्रीमान् पनि मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा श्रीमती ३० वर्षीय रिना यादव...

व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!

जापानको राजधानी टोकियोको व्यस्त रेल स्टेसनमा दुईवटा बाख्रालाई झारपात सफा गर्ने काममा लगाइएको छ। टोकियोको योत्सुया रेल स्टेसन परिसरमा अक्टोबर ९ देखि नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्। जापानी सञ्चारमाध्यम एफएनएनका अनुसार एक वर्षको भाले नागी र दुई वर्षकी पोथी पोक्केलाई डिसेम्बरसम्म वा...

बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबार केही ठाउँमा ठूलो वर्षा : मौसम विभाग

काठमाण्डौ – आउँदो बुधबारसम्म मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार बिहीबार भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ । साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनीका केही...

चितवनका युवा समाजसेवी शेरबहादुर परियारद्वारा बाढी पिढित र अभिभावकविहीन विद्यार्थीलाई गरे सहयोग

रसुवा : चितवनका युवा समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर परियारले बाढी र भूकम्पबाट प्रभावित तथा अभिभावक गुमाएका विद्यार्थीको सहयोगका लागि खाद्यान्न उपलब्ध गराउनुका साथै अधुरो छात्रावास भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएका छन् । रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया गाउँपालिका–५ वेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा आश्रित १५७ विद्यार्थीका लागि परियार र जर्मन नागरिक हार्टमुट ड्राम्सटसको...

साउनदेखि असोज मसान्तसम्म चितवनमा २८ जनाले त्यागे नागरिकता, चार जनाको नागरिकता रद्द

चितवन : जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । सोही अवधिमा छ हजार ७६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०