"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रास्वपाले आज २९ जिल्लामा जिल्ला अधिवेशन गर्दै

Table of Content

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीको २९ वटा जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । हिजो ३६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको रास्वपाले आज भने २९ जिल्लामा अधिवेशन गर्न लागेको हो । आज हुने अधिवेशनबाट जिल्लामा नयाँ नेतृत्व चयन हुनेछ, जसले आसन्न स्थानीय चुनाव र प्रदेश चुनावको तयारीमा लाग्ने छ ।
आज कोशी प्रदेशका ४ जिल्ला उदयपुर, सोलुखुम्बु, खोटाङ र ईलाममा र मधेश प्रदेशका ४ जिल्ला सिराहा, धनुषा, पर्सा र सर्लाहीमा जिल्ला अधिवेशन हुँदैछ । बागमती प्रदेशका २ जिल्ला चितवन र ललितपुरमा अधिवेशन हुँदा गण्डकी प्रदेशका ४ जिल्ला तनहुँ, नवलपुर, गोरखा र लमजुङले पनि नयाँ नेतृत्व चयनका लागि अधिवेशन गर्दैछ ।
उता, लुम्बिनी प्रदेशका ३ जिल्ला अर्घाखाँची, रुपन्देही र प्युठानमा जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व आउँदै गर्दा कर्णाली प्रदेशका ६ जिल्ला सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्लाले पनि अधिवेशनबाट नयाँ नेतृत्व पाउनेछ । साथै, सुदूरपश्चिम प्रदेशका ६ जिल्ला अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा आजै अधिवेशन हुनेछ।
महाधिवेशनअघि गर्ने भनिएको ६६ जिल्लाको जिल्ला अधिवेशन मध्ये विशेष परिस्थितिका कारण मधेस प्रदेशको बारा जिल्ला अधिवेशन भने आगामी जेठ २६ गते हुँदैछ। योसँगै पार्टीको मुख्य सङ्गठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ भने बाँकी ११ जिल्लाहरूको अधिवेशन राष्ट्रिय महाधिवेशन पश्चात् क्रमशः गरिने रास्वपाले जनाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

photo_db90c659

नेपालको संविधान, प्रेस स्वतन्त्रता, आचारसंहिता र स्व–नियमन

काठमाडौँ,असोज २- असोज ३ अर्थात भोली शनिवार नेपालको संविधान २०७२ जारी भएको दश वर्ष पुरा...
Screenshot 2026-09-18 095255

चितवनमा तेल ट्यांकर र मोटरसाइकल ठोक्किँदा दुई दाजुभाइको मृत्यु

चितवनको राप्ती नगरपालिका–७, वीरेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्गमा तेल ट्यांकर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०