"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

विश्वकपको तयारीअन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी

विश्वकपको तयारीअन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी काठमाण्डौ – विश्वकपको तयारीअन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी भएको छ । गएराति लिलमा सम्पन्न खेलमा फ्रान्सले उत्तरी आयरल्यान्ड लाई ३–१ गोलले पराजित गरेको हो । फ्रान्सको जितमा माइकल ओलिसेले ह्याट्रिक गर्दै टोलीलाई जित दिलाए । पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका...
Read more

१८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरू, लागत ४० अर्ब रुपैयाँ

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरू भएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्राली प्रवर्द्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थको प्रयोग गरि सुरूङ निर्माण थालेको हो । आयोजना निर्देशक रमण सिंहले आगामी चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले छिट्टै बाँध, गाडपार र घरापमा प्रस्तावित विद्युत्गृह...
Read more

हङकङलाई हराउँदै नेपालले जित्याे एशियाली खेलकुद छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्याे एशियाली खेलकुद छनोटको उपाधि काठमाण्डाै – हङकङलाई हराउँदै नेपालले एशियाली खेलकुद छनोटको उपाधि जितेको छ । सिङ्गापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा १९ रनले हरायो । हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभर ३ बलमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन...
Read more

थ्री एन्जल नेपालद्वारा बुद्ध शान्ति माविका २६ जना छात्रावासका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग

राप्ती, चितवन । सामाजिक संस्था थ्री एन्जल नेपालले राप्ती नगरपालिका वडा नं. १, २ र ३ का बिपन्न परिवारका तथा बुद्ध शान्ति माध्यमिक विद्यालय को छात्रावासमा अध्ययनरत विद्यार्थीहरूलाई खाद्यान्न सहयोग प्रदान गरेको छ।आज विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच थ्री एन्जल नेपाल राप्तीकी इन्चार्ज सुनिता सिल्वालले करिब ५० हजार रुपैयाँ बराबरको खाद्यान्न विद्यालयलाई हस्तान्तरण गर्नुभएको...
Read more

छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्टम्यारिज’ !

काठमाडौँ । छोरीको घर उजाडेर ज्वाइँसँग एक महिलाले ‘कोर्ट म्यारिज’ गरेको खबर प्रकाशमा आएको छ । भारतको उत्तर प्रदेश राज्यको कानपुर देहात जिल्लामा यस्तो घटना भएको हो ।दुवैले विवाहको प्रमाणपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । अकबरपुर थाना क्षेत्र अन्तर्गत उक्त घटना प्रकाशमा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ज्वाइँ-सासुले विवाहको प्रमाणपत्रसहित संयुक्त तस्बिर सामाजिक...
Read more

प्रधानमन्त्री शाह तत्काल संसदमा आउनु हुन्न : रवि लामिछाने

प्रधानमन्त्री शाह तत्काल संसदमा आउनु हुन्न : रवि लामिछाने काठमाण्डाै – सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे जवाफ दिन संसदमा प्रधानमन्त्री तत्काल आउन नसक्ने बताउनुभएको छ । आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी दिएको अभिव्यक्तिबारे संसदमा नै...
Read more

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्छ- ज्ञानेन्द्र शाही

राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री स्वर्णिम वाग्लेले करका दर हेरफेर गरेको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले सरकारले बनाउने छानबिन समितिको औचित्य नहुने बताए। ‘पहिला पनि यस्तै हुन्थ्यो सरकारका मन्त्रीले गलत गर्थे, आफै छानबिन समिति बनाउँथे, र आफैलाई आफैले निर्दोष सावित गराउँथे अनि विचरा संसदमा...
Read more

स्थानीय सरकारलाई अधिकार माग्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन

जनमत पार्टीले स्थानीय तहको अधिकार तथा स्वायत्तता कार्यान्वयनको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरू सहभागी प्रदर्शनमा ‘कांग्रेस–कम्युनिस्टले ठगे’, ‘बालेन, नठग’, ‘स्वायत्तता दिने आफ्नो वाचा पूरा गर’, ‘स्थानीय सरकारलाई अधिकार दे’ लगायतका नारासहित प्लाकार्ड प्रदर्शन गरिएको थियो। प्रदर्शनकारीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार स्थानीय तहलाई संविधानले दिएको अधिकार पूर्ण रूपमा...
Read more

स्वास्थ्य बिमा रकम भुक्तानी केही सहज, विगतको बक्यौता क्रमशः पठाइँदै

स्वास्थ्य बिमा रकम भुक्तानी केही सहज, विगतको बक्यौता क्रमशः पठाइँदै काठमाण्डौ – स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमा भुक्तानी केही सहज हुन थालेको छ । पछिल्लो हप्तामात्रै सरकारले स्वास्थ्य बिमाबापत एक अर्ब तीन करोड रुपैयाँ सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ । यसबाट १५५ सरकारी, २५ सामुदायिक तथा ३७ निजी अस्पतालले बिमाबापतको...
Read more

रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित काठमाण्डौ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड,  श्रम संस्कृति...
Read more
1 … 14 15 16 17 18 … 73

Trending News

Editor's Picks

धनुषामा श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला; चार वर्षीय छोरा घाइते

वीरगञ्ज । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आशङ्का गरिएका श्रीमान् पनि मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा श्रीमती ३० वर्षीय रिना यादव...

व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!

जापानको राजधानी टोकियोको व्यस्त रेल स्टेसनमा दुईवटा बाख्रालाई झारपात सफा गर्ने काममा लगाइएको छ। टोकियोको योत्सुया रेल स्टेसन परिसरमा अक्टोबर ९ देखि नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्। जापानी सञ्चारमाध्यम एफएनएनका अनुसार एक वर्षको भाले नागी र दुई वर्षकी पोथी पोक्केलाई डिसेम्बरसम्म वा...

बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबार केही ठाउँमा ठूलो वर्षा : मौसम विभाग

काठमाण्डौ – आउँदो बुधबारसम्म मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार बिहीबार भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ । साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनीका केही...

चितवनका युवा समाजसेवी शेरबहादुर परियारद्वारा बाढी पिढित र अभिभावकविहीन विद्यार्थीलाई गरे सहयोग

रसुवा : चितवनका युवा समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर परियारले बाढी र भूकम्पबाट प्रभावित तथा अभिभावक गुमाएका विद्यार्थीको सहयोगका लागि खाद्यान्न उपलब्ध गराउनुका साथै अधुरो छात्रावास भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएका छन् । रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया गाउँपालिका–५ वेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा आश्रित १५७ विद्यार्थीका लागि परियार र जर्मन नागरिक हार्टमुट ड्राम्सटसको...

साउनदेखि असोज मसान्तसम्म चितवनमा २८ जनाले त्यागे नागरिकता, चार जनाको नागरिकता रद्द

चितवन : जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । सोही अवधिमा छ हजार ७६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०