"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मलेसिया रोजगारी : स्वास्थ्य परीक्षणको सिन्डिकेटले नयाँ कामदार जाने प्रक्रिया अवरुद्ध

Table of Content

काठमाडौँ । मलेसियामा रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण असोज १५ देखि रोकिएको छ । स्वास्थ्य परीक्षण रोकिएपछि मलेसियाको भिसा जारी हुन नसकेको व्यवसायीले बताएका छन् ।

उनीहरुका अनुसार अहिले पनि निरन्तर रुपमा मलेसियामा श्रमिक गइरहेका छन्, तर मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टममा नेपालका २५ म्यानपावर कम्पनीलाई प्रमुख र २५० कम्पनीलाई सहायकका रुपमा छनोट गरेको थियो । 

उक्त प्रणालीमा नेपालका २५ म्यानपावर कम्पनीलाई प्रमुख र २५० कम्पनीलाई सहायकका रुपमा छनोट गरेसँगै विवाद सिर्जना भएको छ ।

मलेसिया सरकारले लागु गरेको प्रणाली अनुसार श्रमिक पठाउन सरकारलाई पत्राचार गरेको छ, तर नेपाल सरकारले भने उक्त प्रणालीमा २५ कम्पनीले मात्रै श्रमिक पठाउने विषय मान्य नहुने भन्दै अस्वीकार गरेको छ ।
सरकारले २५ कम्पनीलाई स्वीकृति नदिएसँगै मलेसियामा रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण असोज १५ देखि रोकिएको छ ।

व्यवसायीहरुका अनुसार स्वास्थ्य परीक्षण रोकिए पनि नयाँको लागि रोकिएको, पुरानो सबै प्रक्रिया पूरा गरेका श्रमिकहरु निरन्तर मलेसिया गइरहेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले मलेसिया रोजगारी पूर्ण रूपमा नरोकिएको बताए । उनले बजारमा मलेसियाको रोजगारी बन्द भएको हल्ला चले पनि ती हल्लामात्र रहेको र कानुनी रूपमा मलेसियामा रोजगारीका लागि जान नरोकिएको जानकारी दिए ।

‘मलेसिया रोजगारी रोकियो भनेर बाहिर आएका कुराहरू हल्लामात्र हुन् । जसको प्रक्रिया पूरा भएको छ, ती श्रमिकहरू हिजो पनि उडिरहेका छन्, आज पनि उडिरहेका छन् र भोलि पनि उड्नेछन्,’ अध्यक्ष खत्रीले भने ।
तर, नयाँ जाने श्रमिकहरूको हकमा भने स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेटका कारण प्रक्रिया अवरुद्ध भएको उनको भनाइ छ । खत्रीका अनुसार मलेसियाबाट कामदारको माग आइरहेको छ र श्रमिकहरू पनि गइरहेका छन्, तर स्वास्थ्य परीक्षण गर्ने केही सीमित संस्थाको सिन्डिकेटले नयाँ जाने कामदारको मेडिकल नगरिदिँदा समस्या उत्पन्न भएको छ ।

‘सिन्डिकेटवालाहरूले कामदार पठाउने बाटोको मुखमै बिर्को लगाइदिएका छन्,’ खत्रीले भने, ‘कामदार जान चाहन्छन् । डिमाण्ड पनि छ, तर सिन्डिकेटले ट्रयाप बनाएको छ । उनीहरूले मेडिकल नगरिदिने बित्तिकै प्रक्रिया नै अघि बढ्दैन ।’

विगतमा स्वास्थ्य परीक्षणमा खडा गरिएको सिन्डिकेटले वैदेशिक रोजगार क्षेत्रमा दीर्घकालीन असर पारिरहेको उनले बताए । सरकारले यो सिन्डिकेटलाई पूर्ण रूपमा भत्काउन नसकेको उनको गुनासो छ ।
यता युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियासँग कामदार छनोटसम्बन्धी विवाद समाधान गर्न निरन्तर कूटनीतिक संवाद भइरहेको जनाएको छ । आपसी संवादमार्फत यस विषयलाई यथाशीघ्र टुङ्ग्याउने पक्षमा सरकार दृढ रहेको मन्त्रालयको भनाइ छ ।

मलेसिया रोजगारीको पछिल्लो अवस्थाबारे नेपाल सरकारले अवलम्बन गरेको श्रम नीति, वैदेशिक रोजगार ऐन तथा नियमावली, द्विपक्षीय सन्धि–सम्झौता र अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रहेर काम भइरहेको जनाएको छ ।

नेपालको संविधान, प्रचलित कानुन र श्रम समझदारीविपरीत हुने प्रणाली वा पद्धतिले श्रमिकको दीर्घकालीन हित रक्षा गर्न नसक्ने मन्त्रालयले जनाएको छ । मलेसिया जाने श्रमिकको रोजगारी र स्वास्थ्य परीक्षण नरोकिएको मन्त्रालयकी प्रवक्ता मिरा आचार्य जानकारी दिइन् ।

उनले सरकारका तर्फबाट कुनै पनि अवरोध नभएको उल्लेख गरिन् । उनले भनिन्, ‘बायोमेट्रिक जुनसुकै संस्थाबाट गर्ने वा रोकिएको भन्ने विषयमा हामीलाई औपचारिक रूपमा कुनै जानकारी छैन । सरकारले आफैँ मलेसियाको रोजगारी रोक्ने भन्ने कुरै आउँदैन । कुनै विशेष परिस्थितिबाहेक खुला भइसकेका देशमा हामीले रोजगारी रोक्दैनौँ ।’ म्यानपावर कम्पनीहरुमाथिको अनुसन्धानले समग्र मलेसियाको रोजगारीलाई नरोक्ने उनले प्रस्ट पारिन् ।

‘कम्पनीहरुलाई कारबाही गर्नु वा उनीहरुमाथि अनुसन्धान सुरु गर्नु मन्त्रालयको दायित्वभित्र पर्छ, तर त्यसकै कारण मलेसिया सरकारसँगको रोजगारी नै रोकेर काम गर्ने भन्ने हुँदैन,’ प्रवक्ता आचार्यले भनिन् ।
मलेसियाले नेपालका २५ वटा म्यानपावर कम्पनीलाई प्रमुख र थप २५० कम्पनीलाई सहायकका रुपमा म्यानपावरको नाम एफडब्ल्युसिएमएस सिस्टमबाट हटाएको छ । हाल उक्त प्रणालीमा कुनैपनि म्यानपावरको नाम देखिँदैन । 
२५ मुख्य २५० सहित मलेसियाको एफडब्ल्युसिएमएसमा कुनै पनि नेपाली म्यानपावरको नाम भेटिँदैन । बाहिर नाम देखिए पनि रोजगारदातासँग जोडेर हेर्दा सिस्टममा कुनै नेपाली म्यानपावरको नाम भेटिँदैन ।
विवाद चर्किएपछि सूचीकृत २५ प्रमुख कम्पनीले समेत एफडब्ल्युसिएमएसबाट बाहिरिन चाहेको भन्दै सरकारसमक्ष निवेदन दिएका थिए । उनीहरूको मागअनुसार सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियालाई सूचीबाट नाम हटाउन कूटनीतिक आग्रह गरेको थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सर्वोच्चको पूर्ण बैठकको ५ बुँदे निर्णय सार्वजनिक

काठमाडौं ।  सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठकले विभिन्न ५ बुँदे निर्णय सार्वजनिक गरेको छ । प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानाकर्षणसहित सर्वोच्च प्रशासनले विज्ञप्तिमार्फत ५ बुँदे निर्णय सार्वजनिक गरेको हो ।  जसमा प्रकाशित तथा प्रसारित विषयमा निष्पक्ष र स्वतन्त्र रूपमा छानबिन गरी सत्यतथ्यसहितको...

मलेसिया रोजगारी : स्वास्थ्य परीक्षणको सिन्डिकेटले नयाँ कामदार जाने प्रक्रिया अवरुद्ध

काठमाडौँ । मलेसियामा रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण असोज १५ देखि रोकिएको छ । स्वास्थ्य परीक्षण रोकिएपछि मलेसियाको भिसा जारी हुन नसकेको व्यवसायीले बताएका छन् । उनीहरुका अनुसार अहिले पनि निरन्तर रुपमा मलेसियामा श्रमिक गइरहेका छन्, तर मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टममा नेपालका २५ म्यानपावर कम्पनीलाई प्रमुख र २५० कम्पनीलाई सहायकका रुपमा छनोट...

स्कार्पियोमा गाँजा लोड गर्दै गर्दा पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० बस्ने २४ वर्षीय रामसागर कुमार यादव (बा.१ च ५०३८ नम्बरका गाडी चालक), सप्तरीकै राजगढ...

विगतमा दबाबको अस्त्र, अहिले आचरणको प्रश्न : महाभियोगको इतिहास र नयाँ विवाद

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा थुनामा रहेका बिचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुयालको नाम जोडिएर विवरणहरू सार्वजनिक भएपछि महाभियोगसम्मको विषय अहिले चर्चामा आइरहेको छ । विचाराधीन मुद्दामा भएको संवाद, आर्थिक लेनदेनका नोट र भेटवार्ताका विवरणले न्यायालयको स्वच्छतामाथि प्रश्नमात्र उठाएको छैन, विगतदेखि नै न्यायालयलाई दबाबमा राख्न प्रयोग...

रड, चक्कु र पाइपका टुक्राका भरमा सुरुङ खनेर डोल्पा जेलब्रेक !

सुर्खेत । डोल्पा कारागारमा १५ जना सुरक्षाकर्मीले सुरक्षा दिँदा पनि ४ मिटर लामो सुरुङ खनेर ८ जना कैदीले ‘जेलब्रेक’ गरेको घटनाले सुरक्षा प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गरेको छ । यति ठुलो सुरक्षाका बिचमा ८ जना कैदीबन्दीले सुरुङ खनेर भाग्दा पनि सुरक्षा अधिकारीले कुनै चाल नपाएको बताएका छन् । १७ मध्ये ९ जना कैदीबन्दी कारागारमै...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०