"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

रासायनिक मलमा नयाँ कार्यविधि : वैज्ञानिक ढङ्गले तोकिन्छ मलको कोटा

काठमाडौँ । रासायनिक मल वितरणका लागि नयाँ कार्यविधि २०८२ कार्यान्वयनमा ल्याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति र वितरण प्रणालीलाई प्रभावकारी बनाउन ‘अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको छ । २०८२ साउन ७ गते स्वीकृत भई लागु भएको यस कार्यविधिले लागत सहभागिताका आधारमा किसानलाई सहुलियत दरमा मल उपलब्ध गराउने...
Read more

नागढुंगा सुरुङमार्ग देशकै गौरवः जेठदेखि सञ्चालनमा आउँदै

काठमाडौँ – तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुखतम काम मध्येको एक हो नागढुंगा सुरुङमार्ग । यही नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म ९९ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको यस आयोजनाको आगामी जेठदेखि परीक्षण (ट्रायल) सुरु गरी साउनदेखि सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ । अहिले यो सुरुङ...
Read more

विद्यार्थी र कर्मचारी संगठन दलका ‘स्लिपर सेल’ बने– प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन शाहले विद्यार्थी र कर्मचारी संघ–संघटन ‘स्लिपर सेल’ बनेको टिप्पणी गरेका छन्। अध्यादेशमार्फत् दलगत कर्मचारी संगठन र विश्वविद्यालयबाट विद्यार्थी संघ–संगठन हटाउने निर्णयको प्रतिरक्षा गर्दै ती संस्थाहरू दलको छत्रछायामा हुर्किएको र अदृश्यरूपमा तिनैलाई सहयोग गर्नेजस्तो देखिएको भन्दै स्लिपर सेलको टिप्पणी गरेका हुन्।  जसको शाब्दिक अर्थ गुप्त रहेर अमुक व्यक्ति वा संस्थालाई काम गर्ने ‘लडाकू’ भन्ने हुन्छ।...
Read more

डोजर अघि, अदालत पछि : सुकुमवासी मुद्दामा सर्वोच्चको ‘विलम्ब’

काठमाडौँ — नेपाल प्रहरीले बस्ती हटाउन राति आएर माइकिङ गर्दै गर्दा थापाथलीस्थित बागमती किनारमा बस्ने गोपाल रनपहेलीको मनमा एउटै आश थियो- ‘अदालतमा मुद्दा छ घर भत्किँदैन होला ।’ तर, जबसम्म सर्वोच्च अदालतले फाइल पल्टाएर ‘कारण देखाऊ’ आदेश जारी गर्‍यो, त्यतिबेलासम्म गोपालको ओत लाग्ने टहरो माटोमा मिलिसकेको थियो ।  ‘न्याय ढिलो दिनु भनेको न्याय नदिनुसरह हो’ भन्ने उखान थापाथलीको...
Read more

कलाकारलाई लाग्यो चुनाव : फुसर्दिला र पाका कलाकार उम्मेदवार

काठमाडौँ । अचेल सामाजिक सञ्जालमा कलाकारहरूका उम्मेदवारी घोषणासम्बन्धी पोस्टहरूको बाढी छ । देशमा कुनै आम निर्वाचन नजिकिएर यो चहलपहल बढेको भने होइन, यो तयारी त नेपाल चलचित्र कलाकार संघको २०औँ महाधिवेशनको तयारी हो । आगामी जेठ ३ गते हुने महाधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नेछ । पर्दाका नायक, नायिका, सह–कलाकारदेखि खलपात्रसम्म चुनावी मैदानमा उत्रिएका छन्...
Read more

रुपन्देही क्षेत्रका उद्योग व्यवसायहरू चलायमान

काठमाडौँ । नेपाल सरकारले सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यमा कडाइ गरेपछि रुपन्देही क्षेत्रका उद्योग–व्यवसायहरू चलायमान बन्न थालेका छन् । घरायसी प्रयोजनका नाममा भारतबाट १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियम लागू भएपछि सुनौली नाका क्षेत्रका नेपाली व्यापारीहरूले खुसी व्यक्त गरेका छन् ।  यसअघि स्थानीय नागरिकहरू सानोतिनो किनमेलका...
Read more

साताको दुई दिन बिदा स्थायी रुपमै लागू गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले हप्ताको दुई दिन बिदालाई स्थायी रुपमै कार्यान्वयनको तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सरकारले केही समयका लागि परीक्षण गरेको हप्तामा दुई दिन बिदालाई स्थायी रुपमा लैजाने तयारी भइरहेको बताएका हुन् । सोमबार मन्त्रालयमा आयोजित उपत्यकाका महानगरपालिकाका प्रमुखहरू तथा सरकारका उच्च अधिकारीसँगको छलपलमा उनले भने, ‘अब स्थायी रूपमै...
Read more

सरकारले राष्ट्रपतिलाई भन्यो – अध्यादेशमा संवैधानिक परिषदमा मत बराबर हुँदा प्रधानमन्त्रीपक्षको बहुमत भएको मानिने व्यवस्था गरेका हौँ

सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न सिफारिस गरेको छ। राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले कुल संख्याको बहुमतलाई प्रतिनिधित्व गरेको नदेखिएको भन्दै अध्यादेश फिर्ता गरिदिएका थिए। साथै यसअघि आफूले संसदबाट पारित विधेयक पुनर्विचारका लागि फिर्ता पठाएको र सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सिफारिस गरेको विधेयक पनि जारी गरेको नजिर अघि...
Read more

जनमत पार्टीले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ । सोमबार सो पार्टीले सरकारमा रहेका मन्त्रीहरुलाई समेत फिर्ता बोलाउने निर्णय गरेको हो ।  आज बसेको मधेस प्रदेश संसदीय दलको बैठकले सो निर्णय गरेको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए । जनमत पार्टीले कांग्रेस नेतृत्वमा रहेको सरकारले दलहरुको समन्वयमा काम नगरेको, सरकारले...
Read more

रोशी खोलामा फसेकाहरूको सशस्त्र प्रहरीले गर्‍याे उद्धार, डेढ सय बढी सवारी रोकिए

काठमाडौँ । काभ्रेको रोशी खोलामा फसेकाहरूको सशस्त्र प्रहरीले उद्धार गरेको छ। वर्षातको कारण जिल्ला काभ्रे नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र काभ्रेको रोशी गाउँपालिका ७ बेशी स्थित रोशी खोलामा पानीको सतह बढ्न गई सडक कट्टान गरी बाटो पूर्ण रूपमा अवबरोध भई फसेकाहरूको सशस्त्र प्रहरीले उद्धार गरेको हो।  ५ वटा इभी हाइस खोलामा फसेको फसेको जानकारी पाउनासाथ नम्बर...
Read more
1 … 31 32 33 34 35 … 42

Trending News

Editor's Picks

रवि लामिछाने गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान गर्नुभएको छ । सभापति लामिछानेले स्थलमार्ग हुँदै भारतको उत्तराखण्डको नैनीताल जिल्लाको प्रसिद्ध धार्मिकस्थल कैचीधाम (नीम करौली बाबा) को दर्शन गर्ने कार्यक्रम रहेको छ । तीन दिने तीर्थाटनका क्रममा उत्तराखण्डको कैचीधामका साथै गुवाहाटीमा रहेको कामाख्या मन्दिरमा पूजार्चना...

रत्ननगरमा संविधान सभा सदस्य शेषनाथ अधिकारीद्वारा आयोजित शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

रत्ननगर, चितवन हरेक वर्ष बडादशैँको अवसरमा आयोजना हुँदै आएको परम्परागत भेटघाट तथा चियापान कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। संविधान सभा सदस्य शेषनाथ अधिकारीको निज निवासमा (रत्ननगर नगरपालिका, टाँडी अस्पताल रोड) उक्त कार्यक्रम कार्तिक ६ गते (द्वादशीका दिन) दिउँसो २ बजे आयोजना गरिएको थियो। शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा स्थानीय बासिन्दा, नेता,...

सडक अवरोधको असर सौराहाको पर्यटनमा, दसैँमा पनि पर्यटकको आगमन अपेक्षाभन्दा कम

चितवन :  दसैँको बिदा र मुख्य पर्यटकीय सिजन सुरु भएसँगै चितवनका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढे पनि अपेक्षाअनुसार पर्यटकको आगमन हुन सकेको छैन। बाढीपहिरो र सडक यातायातमा देखिएको अवरोधका कारण यसपटक दसैँमा समेत सौराहासहित चितवनका पर्यटकीय क्षेत्रमा पर्यटकको चाप कम देखिएको हो।मुलुकको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको आगमन अपेक्षाकृत कम हुँदा...

भारतीय विदेशमन्त्रीलाई अर्थमन्त्री वाग्लेकाे प्रश्न – ‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ ?’

काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत हिजाे बिहीवार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे...

मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला

काठमाण्डाै – मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला भएका छन् ।  ट्रेकिङ एजेन्सिज् एसाेसिएशन अफ नेपाल (टान) ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सर्तकता अपनाउँदै यात्रा गर्न आग्रह गरेको छ । टानले सूचना निकालेर बूढीगण्डकीमा आएको बाढीका कारण क्षतिग्रस्त पहुँचमार्ग, पदमार्गका खण्ड, पुल तथा टी–हाउस लज धार्चे र गोरखाको चुमनुब्री गाउँपालिकाले संयुक्त रूपमा मर्मत...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०