"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नागढुंगा सुरुङमार्ग देशकै गौरवः जेठदेखि सञ्चालनमा आउँदै

Table of Content

काठमाडौँ – तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुखतम काम मध्येको एक हो नागढुंगा सुरुङमार्ग । यही नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म ९९ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको यस आयोजनाको आगामी जेठदेखि परीक्षण (ट्रायल) सुरु गरी साउनदेखि सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ ।

अहिले यो सुरुङ सञ्चालन तथा व्यवस्थापनका लागि सेवा प्रदायक छनोटको काम सकिइसकेको छ । अब सञ्चालनमा आउने चरणमा रहेको छ ।

२०७६ कात्तिक ४  गतेदेखि निर्माण सुरु भएको यो सुरुङ २०८० वैशाख १३ गते सक्नु पर्ने सम्झौतामा उल्लेख थियो । तर कोभिड  १९ को कारण देखाई २०८० साउन ४ गतेसम्मका लागि पहिलो पटक म्याद थप भएको थियो । तर उक्त अवधिमा पनि सम्पन्न हुन नसकेपछि पुनः स्थानीयको विवाद लगायतका कारण निर्माणमा ढिला भएको कारण देखाइ म्याद थपेर २०८१ वैशाख १३ सम्म पु¥याइएको थियो । यस म्यादमा पनि निर्माण सम्पन्न हुन सकेन यसपछि तेस्रो पटक पुनः म्याद थपेर २०८२ कात्तिक ८ गतेसम्म पुर्‍याइएको थियो ।

यस अवधिमा सुरुङ निर्माण सकिसकेको थियो । तर धादिङतर्फको सडकमा गएको पहिरो र अन्य प्राविधिक काम बाँकी रहेको भन्दै चौथो पटक म्याद थपेर २०८३ वैशाख १२ सम्म पु¥याइयो । तर यस म्यादभित्र पनि काम सम्पन्न हुन सकेन । पहिरोको काम अझै जारी रहेको आयोजनाले जनाएको छ । यसरी पटक–पटक म्याद थप हुँदा आयोजनाको लागत बढेको छ ।

आयोजनाको सुरुवाती लागत २२ अर्ब रुपैयाँ अनुमान गरिएको भए पनि करिब २९ अर्ब पुग्ने देखिएको छ । निर्माण खर्चमा करिब १५ प्रतिशत वृद्धि भएको कारण लागत बढेको बताइएको छ । यसका साथै  भौतिक संरचनामा भएका केही परिवर्तनले १२ प्रतिशत र अमेरिकी डलरको भाउमा भएको वृद्धिका कारण १८ प्रतिशत गरी कुल ३० प्रतिशतले लागत बढेको हो ।  साथै पश्चिम पोर्टलतर्फको पहिरो रोकथामका लागि थप जग्गा अधिग्रहण गर्नु परेको छ । हालसम्म जग्गा अधिग्रहणमा मात्रै आयोजनाले ६ अर्ब रुपैयाँ खर्च गरिसकेको छ ।

आयोजनाले आगामी जेठदेखि सुरुङमार्गमा परीक्षण (ट्रायल) सञ्चालन सुरु गर्ने लक्ष्य राखेको छ । पूर्ण रूपमा सञ्चालनमा आउन भने साउन महिना कुर्नुपर्नेछ । नयाँ उपकरणहरू चलाउन र सुरुङभित्रको जटिल प्रणाली बुझ्न कर्मचारीहरूलाई करिब दुई महिनाको तालिम दिनुपर्ने भएकाले साउनदेखि मात्रै सर्वसाधारणका लागि यो खुला गरिने भएको छ । 

सुरुङमार्ग सञ्चालनमा आएपछि सिस्नेखोलाबाट बलम्बुसम्मको यात्रा मात्र ७ मिनेटमा पूरा हुने आयोजनाले जनाएको छ । यसले गर्दा साना सवारी साधनलाई १५ मिनेट र उकालोमा गुड्ने ठुला सवारीलाई ३५ मिनेटसम्म समय बचत हुने परामर्शदाता कोइरालाको दाबी छ । हालको सडकमा रहेको १० देखि १३ प्रतिशतको कठिन उकालोको सट्टा सुरुङमार्गमा सवारी साधनहरू सहजै गुड्न सक्नेछन् ।

नेपालको इतिहासमै गौरव राख्ने यो सुरुङमार्गको निर्माण देशको सान हो । बिगतका सरकारहरुले निर्माण सुरु गरेर अन्तिम चरणमा पुगेको आयोजना राष्ट्रको स्वाभिमान पनि हो । यसको सञ्चालन, सुरक्षा र प्रवद्र्धण सरकारले प्राथमिकतामा राख्नुपर्दछ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०