"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नागढुंगा सुरुङमार्ग देशकै गौरवः जेठदेखि सञ्चालनमा आउँदै

Table of Content

काठमाडौँ – तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुखतम काम मध्येको एक हो नागढुंगा सुरुङमार्ग । यही नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म ९९ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको यस आयोजनाको आगामी जेठदेखि परीक्षण (ट्रायल) सुरु गरी साउनदेखि सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ ।

अहिले यो सुरुङ सञ्चालन तथा व्यवस्थापनका लागि सेवा प्रदायक छनोटको काम सकिइसकेको छ । अब सञ्चालनमा आउने चरणमा रहेको छ ।

२०७६ कात्तिक ४  गतेदेखि निर्माण सुरु भएको यो सुरुङ २०८० वैशाख १३ गते सक्नु पर्ने सम्झौतामा उल्लेख थियो । तर कोभिड  १९ को कारण देखाई २०८० साउन ४ गतेसम्मका लागि पहिलो पटक म्याद थप भएको थियो । तर उक्त अवधिमा पनि सम्पन्न हुन नसकेपछि पुनः स्थानीयको विवाद लगायतका कारण निर्माणमा ढिला भएको कारण देखाइ म्याद थपेर २०८१ वैशाख १३ सम्म पु¥याइएको थियो । यस म्यादमा पनि निर्माण सम्पन्न हुन सकेन यसपछि तेस्रो पटक पुनः म्याद थपेर २०८२ कात्तिक ८ गतेसम्म पुर्‍याइएको थियो ।

यस अवधिमा सुरुङ निर्माण सकिसकेको थियो । तर धादिङतर्फको सडकमा गएको पहिरो र अन्य प्राविधिक काम बाँकी रहेको भन्दै चौथो पटक म्याद थपेर २०८३ वैशाख १२ सम्म पु¥याइयो । तर यस म्यादभित्र पनि काम सम्पन्न हुन सकेन । पहिरोको काम अझै जारी रहेको आयोजनाले जनाएको छ । यसरी पटक–पटक म्याद थप हुँदा आयोजनाको लागत बढेको छ ।

आयोजनाको सुरुवाती लागत २२ अर्ब रुपैयाँ अनुमान गरिएको भए पनि करिब २९ अर्ब पुग्ने देखिएको छ । निर्माण खर्चमा करिब १५ प्रतिशत वृद्धि भएको कारण लागत बढेको बताइएको छ । यसका साथै  भौतिक संरचनामा भएका केही परिवर्तनले १२ प्रतिशत र अमेरिकी डलरको भाउमा भएको वृद्धिका कारण १८ प्रतिशत गरी कुल ३० प्रतिशतले लागत बढेको हो ।  साथै पश्चिम पोर्टलतर्फको पहिरो रोकथामका लागि थप जग्गा अधिग्रहण गर्नु परेको छ । हालसम्म जग्गा अधिग्रहणमा मात्रै आयोजनाले ६ अर्ब रुपैयाँ खर्च गरिसकेको छ ।

आयोजनाले आगामी जेठदेखि सुरुङमार्गमा परीक्षण (ट्रायल) सञ्चालन सुरु गर्ने लक्ष्य राखेको छ । पूर्ण रूपमा सञ्चालनमा आउन भने साउन महिना कुर्नुपर्नेछ । नयाँ उपकरणहरू चलाउन र सुरुङभित्रको जटिल प्रणाली बुझ्न कर्मचारीहरूलाई करिब दुई महिनाको तालिम दिनुपर्ने भएकाले साउनदेखि मात्रै सर्वसाधारणका लागि यो खुला गरिने भएको छ । 

सुरुङमार्ग सञ्चालनमा आएपछि सिस्नेखोलाबाट बलम्बुसम्मको यात्रा मात्र ७ मिनेटमा पूरा हुने आयोजनाले जनाएको छ । यसले गर्दा साना सवारी साधनलाई १५ मिनेट र उकालोमा गुड्ने ठुला सवारीलाई ३५ मिनेटसम्म समय बचत हुने परामर्शदाता कोइरालाको दाबी छ । हालको सडकमा रहेको १० देखि १३ प्रतिशतको कठिन उकालोको सट्टा सुरुङमार्गमा सवारी साधनहरू सहजै गुड्न सक्नेछन् ।

नेपालको इतिहासमै गौरव राख्ने यो सुरुङमार्गको निर्माण देशको सान हो । बिगतका सरकारहरुले निर्माण सुरु गरेर अन्तिम चरणमा पुगेको आयोजना राष्ट्रको स्वाभिमान पनि हो । यसको सञ्चालन, सुरक्षा र प्रवद्र्धण सरकारले प्राथमिकतामा राख्नुपर्दछ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको अग्रता कायमै

काठमाण्डाै – कांग्रेस महामन्त्री पदको मतगणना चलिरहँदा प्रदीप पौडेलले अग्रता कायमै राख्नुभएकाे छ । पछिल्लो मत परिणामअनुसार पौडेलले १ हजार ३७० मत प्राप्त गर्नुभएको छ । महामन्त्री पदकै प्रतिस्पर्धामा रहनुभएका उदयशमशेर राणाले अमरसिंह पुनलाई पछि पार्नुभएको छ । पछिल्लो परिणामअनुसार राणाले ७८३ मत प्राप्त गर्दा पुनले ६८७ मत पाउनुभएको छ । यस्तै अर्का प्रतिस्पर्धी सुनिल...

भारतमा ‘कक्रोच’ आन्दोलनका संस्थापकसहित ३ जना नेता रिहा

भारतमा निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका संस्थापक अभिजीत दिप्केसहित तीन जना नेता आज रिहा भएका छन् । नयाँ दिल्लीमा हिजो आयोजना गर्ने भनिएको बृहत् प्रदर्शन रोक्ने उद्देश्यले उनीहरूलाई नियन्त्रणमा लिइएको एक दिनपछि रिहा गरिएको हो । कक्रोच जनता पार्टी (सीजेपी) की मुख्य कानूनी सल्लाहकार रत्ना सिंहका अनुसार कार्यकारी मजिस्ट्रेटको अदालतले...

विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा : प्रतिवेदन

काठमाण्डाै – नेपालमा पछिल्लो एक दशकमा बालविवाहको दर घटे पनि अति विपन्न परिवारका किशोरी अझै धेरै जोखिममा रहेका संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) को प्रतिवेदनले देखाएको छ । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा युनिसेफले सार्वजनिक गरेको ‘नेपालमा बालविवाह अन्त्यका लागि एक दशकको तथ्याङ्क र एक आह्वान’ नामक नयाँ पैरवी प्रतिवेदनअनुसार २० देखि २४ वर्ष उमेर समूहका १८...

सानेपामा उपसभापति र महामन्त्रीको मतगणना

तपेटिककाबारे विवाद सिर्जना भएसँगै प्रभावित भएको कांग्रेस १५ औँ महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना सुरु भएको छ । शनिबार ढिला गरी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको मतगणना मतपेटिकाको विवादसँगै केही समय प्रभावित भएको थियो । मतगणना अगाडि बढाउने बित्तिकै सिल नगरिएको मतपेटिका भेटिएपछि विवाद सुरु भएको थियो । मधेस प्रदेशको सिल नगरेको बाकस भेटिएको थियो भने मुचुल्का...

बूढीगण्डकी बाढी : आरुघाट आधारभूत अस्पतालका बिरामी अन्तै सारिए

काठमाडौँ : बूढीगण्डकी नदीमा आएको बाढीको जोखिम बढेपछि गोरखाको आरुघाट आधारभूत अस्पतालमा भर्ना भएका बिरामीलाई एम्बुलेन्समार्फत सुरक्षित स्थानमा सारिएको छ। गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका अनुसार हाल  आरूघाट आधारभूत अस्पतालमा उपचाररत बिरामीहरूलाई एम्बुलेन्स मार्फत सुरक्षित स्थानमा सारिएको छ भने अस्पतालका कर्मचारीहरूलाई पनि सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय युवा क्लब...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०