"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने

आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने काठमाण्डौ – नागरिकको त्याग, जनसंघर्ष र जनआन्दोलनबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको छ ।  जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो । २४० वर्षदेखि कायम रहेको...
Read more

भ्रष्टाचारबाट लुकाएको सम्पत्तिमा कारबाही गर्न उजुरीको ओइरो

काठमाडौं । उजुरी मागेको दुई सातामै सार्वजनिक पदाधिकारीविरुद्ध सम्पत्ति छानबिन आयोगमा २५० भन्दा बढी उजुरी परेका छन् । गएको वैशाख ३१ गते आयोगले भ्रष्टाचार वा अरू अपराध गरेर सम्पत्ति आर्जन गरेका सार्वजनिक पदाधिकारीविरुद्ध उजुरी आह्वानको सूचना निकालेको थियो । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्ले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा सम्पत्ति छानबिन आयोग गठन...
Read more

अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको इरानको दाबीपछि बढ्यो कच्चा तेलको मूल्य

एजेन्सी । इरानमा भएको नयाँ अमेरिकी आक्रमणले हर्मुज जलयोजक मार्फत हुने व्यावसायिक ढुवानीमा अवरोध आउन सक्ने डर फेरि बढाएपछि बिहीबार तेलको मूल्य बढेको छ । विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ३ प्रतिशत भन्दा बढीले बढेर प्रति ब्यारल ९७.२९ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट क्रुडको मूल्य ३.४२ प्रतिशतले बढेर प्रति ब्यारल ९१.७१ डलर...
Read more

होर्मुज जलमार्गमा नियमन गर्ने इरानी संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध

काठमाडौं । अमेरिकी सरकारले ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’माथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उक्त संस्था ‘स्ट्रेट अफ होर्मुज’बाट जहाजहरूको आवतजावत नियन्त्रण गर्ने इरानी योजनाको नेतृत्व गरिरहेको जनाइएको छ । साथै, अन्तर्राष्ट्रिय कानुन र अमेरिकी प्रतिबन्धहरूको उल्लंघनमा संलग्न रहेको आरोप लगाइएको छ । ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ होर्मुज जलमार्गमा जहाजहरूको आवतजावत...
Read more

कांग्रेस र एमालेले सरकारी जग्गा कब्जा गरेर बनाएका भवनमा महानगरले डाेजर चलायाे

कांग्रेस र एमालेले सरकारी जग्गा कब्जा गरेर बनाएका भवनमा महानगरले डाेजर चलायाे काठमाण्डाै – पोखराको पृथ्वीचोकमा नेपाली कांग्रेस र नेकपा एमालेले सरकारी जग्गा कब्जा गरेर बनाएका भवन पोखरा महानगरपालिकाले डोजर चलाएर भत्काएको छ । पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा कांग्रेस र एमालेले भ्रातृ संस्थाका नाममा भवन बनाएर २० वर्षभन्दा धेरै समयदेखि भाडामा लगाउँदै आएका...
Read more

२३ भदौमा मानवअधिकार उल्लंघन, २४ मा संगठित आपराधिक कार्य

काठमाडौँ —   राष्ट्रिय मानवअधिकार आयोगले गत वर्ष २३ भदौको जेन–जी आन्दोलनमा मानवअधिकार उल्लंघन भएको र भोलिपल्ट २४ भदौमा पूर्वयोजनाअनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ । मानवअधिकार उल्लंघनमा संलग्न अधिकारीलाई कारबाही गर्न र आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ ।  आयोगले २३ भदौमै सदस्य लिली थापाको नेतृत्वमा ६...
Read more

सहकारीमा भएको बेथिति जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

सहकारीमा भएको बेथिति जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ) काठमाण्डौ – सहकारीमा भएको बेथिति जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ ।  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएको संकटको मुख्य कारण कमजोर नियमन, राजनीतिक हस्तक्षेप र अपारदर्शी सञ्चालन रहेको निष्कर्ष निकालेको छ ।  प्रतिवेदनमा...
Read more

बागमती सरकारको फेरियो प्राथमिकताः के छुट्यो, के थपियो ?

मकवानपुर । बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रममा आफ्नो प्राथमिकता परिवर्तन गरेको छ । विगतका आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले नयाँ योजनासहितका कार्य विवरण घोषणा गरेकोमा यसपटक कार्यान्वयन पाटोलाई प्राथमिकताका साथ अघि बढाएको छ । गत वर्षमा सरकारले प्रदेशको विकास र सुशासनका लागि आफ्ना प्राथमिकता भन्दै नयाँ नीति र कार्यक्रम अघि सारेको थियो, तर...
Read more

प्रहरीको प्राविधिक तर्फका १४ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस

काठमाडौँ । प्रहरीको प्राविधिक समूहका १४ जना वरिष्ठ सईहरुलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले सिफारिस सूची प्रकाशन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  स्वास्थ्य उपसमूह नर्सिङतर्फ दुईजना वरिष्ठ सईलाई इनस्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेमा गीता बाराकोटी र निर्मला महत छन् ।  इन्जिनियरिङ उप...
Read more

सुनको मूल्य साढे ५ हजार रुपैयाँ घट्यो

काठमाडौँ । बिहीबार सुनको मूल्य तोलामा साढे ५ हजार रुपैयाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको हो ।  यसअघि बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला २१५ रुपैयाँको गिरावट आएर...
Read more
1 … 18 19 20 21 22 … 42

Trending News

Editor's Picks

रवि लामिछाने गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान गर्नुभएको छ । सभापति लामिछानेले स्थलमार्ग हुँदै भारतको उत्तराखण्डको नैनीताल जिल्लाको प्रसिद्ध धार्मिकस्थल कैचीधाम (नीम करौली बाबा) को दर्शन गर्ने कार्यक्रम रहेको छ । तीन दिने तीर्थाटनका क्रममा उत्तराखण्डको कैचीधामका साथै गुवाहाटीमा रहेको कामाख्या मन्दिरमा पूजार्चना...

रत्ननगरमा संविधान सभा सदस्य शेषनाथ अधिकारीद्वारा आयोजित शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

रत्ननगर, चितवन हरेक वर्ष बडादशैँको अवसरमा आयोजना हुँदै आएको परम्परागत भेटघाट तथा चियापान कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। संविधान सभा सदस्य शेषनाथ अधिकारीको निज निवासमा (रत्ननगर नगरपालिका, टाँडी अस्पताल रोड) उक्त कार्यक्रम कार्तिक ६ गते (द्वादशीका दिन) दिउँसो २ बजे आयोजना गरिएको थियो। शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा स्थानीय बासिन्दा, नेता,...

सडक अवरोधको असर सौराहाको पर्यटनमा, दसैँमा पनि पर्यटकको आगमन अपेक्षाभन्दा कम

चितवन :  दसैँको बिदा र मुख्य पर्यटकीय सिजन सुरु भएसँगै चितवनका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढे पनि अपेक्षाअनुसार पर्यटकको आगमन हुन सकेको छैन। बाढीपहिरो र सडक यातायातमा देखिएको अवरोधका कारण यसपटक दसैँमा समेत सौराहासहित चितवनका पर्यटकीय क्षेत्रमा पर्यटकको चाप कम देखिएको हो।मुलुकको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको आगमन अपेक्षाकृत कम हुँदा...

भारतीय विदेशमन्त्रीलाई अर्थमन्त्री वाग्लेकाे प्रश्न – ‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ ?’

काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत हिजाे बिहीवार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे...

मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला

काठमाण्डाै – मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला भएका छन् ।  ट्रेकिङ एजेन्सिज् एसाेसिएशन अफ नेपाल (टान) ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सर्तकता अपनाउँदै यात्रा गर्न आग्रह गरेको छ । टानले सूचना निकालेर बूढीगण्डकीमा आएको बाढीका कारण क्षतिग्रस्त पहुँचमार्ग, पदमार्गका खण्ड, पुल तथा टी–हाउस लज धार्चे र गोरखाको चुमनुब्री गाउँपालिकाले संयुक्त रूपमा मर्मत...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०