"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

शिक्षाविद् डा सुरेशराज शर्माको निधन

Table of Content

काठमाण्डौ – शिक्षाविद् तथा काठमाण्डौ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा डा सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ ।

शिक्षाविद् डा शर्माको उपचारका क्रममा हिजो काठमाण्डौ धुम्बाराहीको  हेम्स अस्पतालमा निधन भएको हो  । उहाँको आज अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

सिन्धुलीमा जन्मनुभएका डा शर्माले रसायनशास्त्रमा विद्यावारिधि गर्नुभएको थियो । उहाँ नेपालको उच्च शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षाविद्का रूपमा परिचित हुनुहुन्थ्यो । सामुदायिक क्षेत्रबाट विश्वविद्यालय सञ्चालन र उच्च शिक्षाको विस्तारमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो ।

काठमाण्डौ विश्वविद्यालय स्थापनापछि संस्थापक उपकुलपतिका रूपमा शिक्षाविद् डा शर्माले विश्वविद्यालयको शैक्षिक तथा संस्थागत आधार निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको नेतृत्वमा विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिँदै उच्च शिक्षामा नयाँ अभ्यासको शुरुवात गर्नुभएको थियो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

mausam-1790213737

जमिनी सतहमा प्रवेश गर्‍यो ठूलो पानी पार्ने प्रणाली, कति बलियो छ?

बंगालको खाडीमा विकसित भएको ठूलो वर्षा गराउने न्यूनचापीय प्रणाली जमिनको सतहमा प्रवेश गरेको छ। प्रणाली...
barsa-pani3-1727332316-1736729223

तीन दिनको मौसम : यी स्थानमा हुनेछ अति भारी वर्षा, हावाहुरी पनि चल्ने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक...
1-1790336474 (1)

लगातारको वर्षाले भोटेकोशीको बाढी प्रभावितसहित विभिन्न ठाउँमा जनजीवन कष्टकर

काठमाण्डौ – लगातारको वर्षाले भोटेकोशीको बाढी प्रभावितसहित विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको छ । भोटेकोशी हुँदै...
EU-flag-1790383189

युक्रेनी हतियार कोषको साढे ७ अर्ब डलर प्रयोग गर्न दिन ईयू सदस्य देशहरु सहमत

युरोपेली सङ्घ (ईयू) सदस्य देशहरुले युक्रेनलाई आपूर्ति गरिएका हतियारको थप आपूूर्ति गर्न बनाइएको कोषबाट ६...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०