"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

१६ वर्षपछि परीक्षण उत्पादनमा राहुघाट जलविद्युत् आयोजना

Table of Content

म्याग्दीको बहुप्रतीक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण शुरु भएको झण्डै १६ वर्षपछि परीक्षण उत्पादनको चरणमा पुगेको छ ।

३२ मेगावाट क्षमतामा निर्माण शुरु गरिएको आयोजना ठेकेदारको समस्या, ठेक्का रद्द, आयोजना पुनःसंरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढीपहिरो तथा निर्माण सामग्रीको अभावलगायतका कारण लामो समयपछि उत्पादनको चरणमा पुगेको हो ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको ४० मेगावाट क्षमताको आयोजनाका दुवै युनिटको परीक्षण गरिएको छ । आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार २०–२० मेगावाट क्षमताका दुईवटै युनिट पूर्ण क्षमतामा सञ्चालन गरी केन्द्रीय प्रसारण प्रणालीमा विद्युत् जोडिएको छ ।

विद्युत् प्राधिकरणसँगको सम्झौताअनुसार १५ दिन परीक्षण उत्पादन गरेपछि आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन शुरु गर्नेछ । आयोजनाबाट वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

झण्डै डेढ दशकको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना उत्पादनको चरणमा पुगेसँगै म्याग्दीको जलविद्युत् विकासमा अर्को महत्वपूर्ण अध्याय थपिएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

mausam-1790213737

जमिनी सतहमा प्रवेश गर्‍यो ठूलो पानी पार्ने प्रणाली, कति बलियो छ?

बंगालको खाडीमा विकसित भएको ठूलो वर्षा गराउने न्यूनचापीय प्रणाली जमिनको सतहमा प्रवेश गरेको छ। प्रणाली...
barsa-pani3-1727332316-1736729223

तीन दिनको मौसम : यी स्थानमा हुनेछ अति भारी वर्षा, हावाहुरी पनि चल्ने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक...
1-1790336474 (1)

लगातारको वर्षाले भोटेकोशीको बाढी प्रभावितसहित विभिन्न ठाउँमा जनजीवन कष्टकर

काठमाण्डौ – लगातारको वर्षाले भोटेकोशीको बाढी प्रभावितसहित विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको छ । भोटेकोशी हुँदै...
EU-flag-1790383189

युक्रेनी हतियार कोषको साढे ७ अर्ब डलर प्रयोग गर्न दिन ईयू सदस्य देशहरु सहमत

युरोपेली सङ्घ (ईयू) सदस्य देशहरुले युक्रेनलाई आपूर्ति गरिएका हतियारको थप आपूूर्ति गर्न बनाइएको कोषबाट ६...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०