"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भोटेकोशी बाढीबाट टुहुरा बनेका १०९ बालबालिकाको विवरण संकलन ,बागमती सरकारले आवाससहित कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने 

Table of Content

हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण आमाबाबु गुमाएर अभिभावकविहीन बनेका १०९ जना बालबालिकाको विवरण हालसम्म प्राप्त भएको बागमती प्रदेश सरकारले जनाएको छ । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङका अनुसार मन्त्रिपरिषद्ले यसअघि बाढीबाट प्रभावित बालबालिकालाई आवाससहित कक्षा १२ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेअनुसार तथ्यांक संकलनको काम भइरहेको छ ।

सोही क्रममा हालसम्म १०९ जना बालबालिकाको विवरण प्राप्त भएको उनले जानकारी दिए । १८ भदौमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले रसुवा, नुवाकोट, धादिङ र चितवनका बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा, आवास र संरक्षणको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको थियो ।

निर्णय कार्यान्वयनका लागि स्वास्थ्य तथा सामाजिक विकासमन्त्री तामाङले नुवाकोटको लिखु गाउ“पालिका–४ स्थित क्षेत्रपाल माध्यमिक विद्यालय, चौघडाको स्थलगत निरीक्षण गरी सरोकारवालास“ग छलफल गरेका छन् । विद्यालय परिसरमा रहेको १० कोठे भवन मर्मत गरी अभिभावकविहीन बालबालिकालाई आवासीय रूपमा राख्ने तयारी गरिएको उनले बताए ।

प्रदेश सरकारले बालबालिकाको आवास, शिक्षा, खानपान तथा आवश्यक हेरचाहको व्यवस्था गर्ने गरी तयारी अघि बढाएको मन्त्री तामाङको भनाइ छ । प्राप्त विवरणका आधारमा पुनस्र्थापनाको प्रक्रिया अगाडि बढाइने उनले बताए ।

त्यसैगरी, बाढीका कारण परिवारविहीन तथा असहाय बनेका ज्येष्ठ नागरिकलाई नुवाकोटको लिखु गाउ“पालिका–५ स्थित कभर्डहलमा आवाससहित पुनस्र्थापनाको व्यवस्था मिलाईएको मन्त्री तामाङले बताए । भोटेकोशी बाढीपछि अभिभावक गुमाएका बालबालिकाको भविष्य सुरक्षित बनाउने उद्देश्यसहित प्रदेश सरकारले आवासीय शिक्षा कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepali-cricket-team-1789023534 (1)

एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाण्डाै – जापानको आइची–नायोगामा आउँदो असोज ३ देखि १८ गतेसम्म आयोजना हुने एशियाली खेलकुदका लागि...
1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०