"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

शहीदको अनुहार शालिकमा नमिलेपछि ‘जेनजी’ स्मृति पार्क उद्घाटन स्थगित

Table of Content

काठमाण्डाै – ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स परिसरमा निर्मित ‘जेनजी शहीद’ हरूको शालिक र स्मृति पार्कको अनावरण कार्यक्रम स्थगित भएको छ ।

शहीदका परिवारजनले शालिकमा शहीदहरूको अनुहार मेल नखाएको भन्दै तीव्र असन्तुष्टि जनाएपछि आज हुने भनिएको उद्घाटन कार्यक्रम स्थगित भएको हो ।

गएको वर्ष भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका ४५ जना शहीदको सम्झनामा अन्तरिम सरकारको निर्णयअनुसार पौडी पोखरी परिसरको २ रोपनी जग्गामा यो पार्क र शालिकहरू निर्माण गरिएको थियो ।

कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनील लम्साललगायतका नेताहरू पार्क उद्घाटनका लागि पुगेका थिए । तर औपचारिक अनावरणअघि पर्दा उघारेर हेर्दा २४–२५ वर्षका युवाको शालिक ४०–४५ वर्षको जस्तो देखिएको र काममा गम्भीर हेलचेक्र्याइँ भएको भन्दै आफन्तहरूले आपत्ति जनाएका थिए ।

परिवारजनको गुनासोपछि मन्त्रीहरू उद्घाटन नगरिकन फर्किएका छन् । अब १ महिनाभित्र सबै शालिकलाई पुनर्निर्माण गरेर मात्र पार्कको उद्घाटन गरिने बताइएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Coffee_final_one_EfVIwGGqsT (1)

अत्यधिक तातो चिया वा कफी पिउँदा क्यान्सर हुन सक्ने जोखिम

बेलायतमा भएको अनुसन्धानले धेरै तातो चिया र कफीजस्ता पेय पदार्थहरू नियमित पिउँदा अन्ननलीको क्यान्सरको जोखिम...
education-ministry-1788951030 (1)

विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि सुझाव सङ्कलन शुरू

काठमाण्डाै – विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण...
1-1788937109

भारतमा महिलाकाे पेटबाट १३ वटा कलम, ५ वटा चम्चा र मैनबत्ती निकालियाे

भारतको आन्ध्र प्रदेशमा डाक्टरले एक महिलाको पेटबाट १३ वटा कलम, ५ वटा काठका चम्चा र...
Sab-Bebasthapan-pic-1280x720

भोटेकोशी बाढीः चितवनमा फेला परेका ३६३ शवमध्ये १४ को पहिचान, ७५ जना आफन्तको ‘डिएनए’ सङ्कलन

नारायणगढ, २४ भदौः   चितवनमा फेला परेका शवको व्यवस्थापनसँगै हराइरहेका व्यक्तिका आफन्तको ‘डिएनए’ नमूना सङ्कलन भइरहेको...
1-1788945667

शहीदको अनुहार शालिकमा नमिलेपछि ‘जेनजी’ स्मृति पार्क उद्घाटन स्थगित

काठमाण्डाै – ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स परिसरमा निर्मित ‘जेनजी शहीद’ हरूको शालिक र स्मृति...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०