"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सम्पूर्णको स्थापना दिवस : विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

Table of Content

नारायणघाट । सम्पूर्ण किताब नारायणगढले सामुदायिक विद्यालयमा अध्यनरत एक जना छात्रालाई छात्रावृत्ति प्रदान गरेको छ। सम्पूर्ण किताबको नवौँ स्थापना दिवसका अवसरमा कालिका नगरपालिका–३, पदमपुरस्थित राष्ट्रिय जनहित माध्यमिक विद्यालयमा कक्षा–८ मा अध्ययनरत प्रमिका दोङलाई शैक्षिकसामग्री प्रदान गरिएको हो।

शैक्षिक दिवसको अवसर पारेर स्थापना गरेको सम्पूर्णले स्थापनाकालदेखि नै हरेक वर्ष सामुदायिक विद्यालयमा अध्ययनरत एक जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्दै आएको छ। शैक्षिक सामग्रीसमेत जटाउन कठिन पर्ने विद्यार्थीलाई प्राथमकिताका साथ शैक्षिक सामग्री प्रदान गर्दै आएको सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले जानकारी दिए।

पूर्वशिक्षक एवम् साहित्यानुरागी पोषराज पौडेल, अध्यता एवम् समीक्षक उदय अधिकारी, लेखक एवम् नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुलीलगायतको उपस्थितिमा विद्यार्थी प्रमिकासँगै विद्यालयबाट प्रधानाध्यापक कमला पाण्डेलाई सम्पूर्ण किताबले उक्त सामग्री हस्तान्तरण गरेको हो।

विद्यालयकी प्रधानाध्यापक पाण्डेले सम्पूर्ण किताबले राष्ट्रिय जनहित माध्यमिक विद्यालयलाई छनौट गर्नु नै सकारात्मक पक्ष भएको बताइन्। उनले विद्यालयको विषयमा जानकारी गराउँदै सुकुम्बासी बस्तीमा रहेको विद्यालयमा अध्ययनरत विद्यार्थी सबैको अवस्था दयनीय रहेको बताइन्।

‘हाम्रो विद्यालय अहिलेसम्म पूर्जाविहीन जमिनमा बसिरहेको छ । यहाँका अभिभावक सबैको आर्थिक अवस्था कमजोर छ,’ उनले भनिन्, ‘धन्न यसपटक वडाअध्यक्ष शैक्षिक व्यक्तित्व नै भएकोल हरेक वर्ष वडाले थोरैथोरै बजेट उपलब्ध गराउँदा विद्यालय सञ्चालनमा सहज भएको छ,’ उनले भनिन्, ‘यसरी ५३० जना विद्यार्थी सामुदायिक विद्यालयमा अडिरहेका छन्।’

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Coffee_final_one_EfVIwGGqsT (1)

अत्यधिक तातो चिया वा कफी पिउँदा क्यान्सर हुन सक्ने जोखिम

बेलायतमा भएको अनुसन्धानले धेरै तातो चिया र कफीजस्ता पेय पदार्थहरू नियमित पिउँदा अन्ननलीको क्यान्सरको जोखिम...
education-ministry-1788951030 (1)

विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि सुझाव सङ्कलन शुरू

काठमाण्डाै – विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण...
1-1788937109

भारतमा महिलाकाे पेटबाट १३ वटा कलम, ५ वटा चम्चा र मैनबत्ती निकालियाे

भारतको आन्ध्र प्रदेशमा डाक्टरले एक महिलाको पेटबाट १३ वटा कलम, ५ वटा काठका चम्चा र...
Sab-Bebasthapan-pic-1280x720

भोटेकोशी बाढीः चितवनमा फेला परेका ३६३ शवमध्ये १४ को पहिचान, ७५ जना आफन्तको ‘डिएनए’ सङ्कलन

नारायणगढ, २४ भदौः   चितवनमा फेला परेका शवको व्यवस्थापनसँगै हराइरहेका व्यक्तिका आफन्तको ‘डिएनए’ नमूना सङ्कलन भइरहेको...
1-1788945667

शहीदको अनुहार शालिकमा नमिलेपछि ‘जेनजी’ स्मृति पार्क उद्घाटन स्थगित

काठमाण्डाै – ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स परिसरमा निर्मित ‘जेनजी शहीद’ हरूको शालिक र स्मृति...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०