"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सेनाले भन्याे– ‘जलविद्युत् आयोजनाको सुरुङभित्र १२१ जनामात्रै फसेको देखिन्छ’

Table of Content

काठमाण्डाै – नेपाली सेनाले रसुवा बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका सुरुङमा १२१ जनामात्रै फसेका बताएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित कार्यक्रममा सेनाका सहायक रथी सुवासजङ्ग थापाले याे जानकारी दिनुभएको हो ।

उहाँका अनुसार रसुवागढीमा ५, लाङटाङमा ७, चिलिमेमा ७, माथिल्लाे त्रिशूली–१ मा झन्डै ५०, त्रिशूली–३ ए मा ४२ गरी १२१ जना सुरुङभित्र रहेका छन् ।

त्रिशूली ३ बी मा हराएका सबै व्यक्ति सुरुङभित्र प्रवेश गरेका व्यक्ति नभएका सहायक रथी थापाले बताउनुभयो । विभिन्न परियोजनामा काम गर्ने ९०० जनाभन्दा धेरै सम्पर्कविहीन भएका भए पनि ती सबै सुरुङभित्र नरहेका उहाँको भनाइ छ ।

सुरुङ पूर्णरूपमा नछिचाेलिएसम्म सुरुङभित्र फसेका व्यक्तिको खोजी चलिरहने सेनाले जनाएकाे छ ।

सहायक रथी थापाले अहिले सूचनामा आधारित उद्धारलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । कुनै ठाउँमा व्यक्ति फसेको वा सम्भावित अवस्थाबारे सूचना प्राप्त हुनेबित्तिकै टोली परिचालन गरी खोजी गर्ने रणनीति अपनाइएको उहाँले बताउनुभयाे ।

खोजी तथा उद्धारसँगै सेनाले पुनर्निर्माण र पुनर्स्थापनाका काम पनि अघि बढाएको जनाएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

default

एनपीएलको ओटीटी प्रसारण अधिकार नेट टिभीले पायो, टिकेटिङ पार्टनरमा ई–सेवा

काठमाण्डाै – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ओटीटी प्रसारण अधिकार नेट टिभीले प्राप्त...
subashjung-thapa-1788784374

सेनाले भन्याे– ‘जलविद्युत् आयोजनाको सुरुङभित्र १२१ जनामात्रै फसेको देखिन्छ’

काठमाण्डाै – नेपाली सेनाले रसुवा बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका...
Screenshot 2026-09-07 171935

खसी भन्दै ‘१८ सय किलो’ मा बाख्रीको मासु बेच्ने धन्दाको पर्दाफास: जिउँदो बाख्रीसहित तीन जना समातिए

खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा काठमाडौंको रातोपुलबाट तीन जना पक्राउ परेका छन्...
1-1788769605

राष्ट्रपतिद्वारा बाढी प्रभावित नुवाकोटको अवलोकन

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ ।...
1-1788772636

‘ग्यास किन्न शनिवारदेखि लाइनमा बसेको, मङ्गलवार आउँछ रे’

काठमाण्डाै – कक्षा ५ मा पढ्ने मनिष बस्नेत ३ दिनदेखि काठमाण्डाैकाे सडकमा ग्यास किन्न लाइनमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०