काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ ।
उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन तथा पुनर्स्थापना भइरहेका कार्यको जानकारी लिनुभयो ।
त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यले भोटेकोशी बाढीले नुवाकाेटमा पुर्याएको जनधनको क्षतिबारे विवरण प्रस्तुत गराउनुभएकाे थियाे ।
प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनर्स्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भइरहेका कामबारे राष्ट्रपति पौडेललाई अवगत गराउनुभएकाे छ ।
राष्ट्रपति पौडेलले विदुर नगरपालिका–२ कभर्ड हलमा रहेकाे होल्डिङ सेन्टरको अवलोकन गरी त्यहाँ रहेका रसुवा र नुवाकोटका बाढी प्रभावितसँग कुराकानी गर्नुभएकाे थियाे ।
