"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु

Table of Content

काठमाण्डौ – उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोनमार्फत अनुगमन शुरु गरिएको छ ।

हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको सङ्केत नदेखिएको अधिकारीहरूले बताएका छन् । भोटेकोशी नदीमा आएको बाढीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद् जोखिम पहिचान तथा पूर्वतयारीलाई तीव्रता दिइएको हो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपालअन्तर्गत बीओपी नेचुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको छ ।

एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल–चीन सीमामा १८ र १९ नम्बर सीमास्तम्भ नजिक कालीगण्डकी नदी प्रणालीका दुई मुहानको स्थलगत तथा ड्रोनमार्फत निरीक्षण गरिएको थियो ।

ती क्षेत्रमा हिमपातको अवस्था तथा सम्भावित जोखिमको मूल्याङ्कन गर्दा तत्काल जोखिम नदेखिएको उहाँले जानकारी दिनुभयो । अनुगमनको दोस्रो चरणमा लोमान्थाङमाथिको उच्च पर्वतीय क्षेत्रमा रहेको घ्याकरछु तालको निरीक्षण गरिएको छ ।

समुद्र सतहबाट झण्डै पाँच हजार पाँच सय ५० मिटरको उचाइमा रहेको यो क्षेत्रमा ड्रोनमार्फत गरिएको निरीक्षणका क्रममा हिमनदीका ढिस्काहरू देखिए पनि तत्काल कुनै जोखिमको सङ्केत नदेखिएको पौडेलले बताउनुभयो ।

अब लोमान्थाङको चुमजुङमाथि रहेको छुआमा पिकको शिर तथा लोघेकर दामोदरकुण्ड–१, चराङमाथिको पर्वतीय क्षेत्रमा कालीगण्डकी नदी प्रणालीको अनुगमन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

ती क्षेत्रमा हिमताल रहेको जीपीएसबाट देखिएकाले स्थलगत निरीक्षण गर्न लागिएको उहाँको भनाइ छ । गएको वर्ष लोमान्थाङको चुमजुङमाथि रहेको छुआमा पिकबाट कालीगण्डकी नदी प्रणालीमा लेदोसहितको बाढी आएपछि स्थानीय क्षेत्रमा जोखिम बढेको थियो ।

उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने, हिमपहिरो जाने वा बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदीका मुहान तथा संवेदनशील क्षेत्रको नियमित अनुगमनलाई निरन्तरता दिइने एक्यापले जनाएको छ ।

विपद्को सम्भावित जोखिम पहिचान, प्रारम्भिक चेतावनी तथा प्रभावकारी प्रतिकार्यका लागि उच्च हिमाली क्षेत्रमा नियमित अनुगमन र विपद् पूर्वतयारीलाई थप सुदृढ बनाइने भएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Screenshot 2026-08-30 164352

रोट्रयाक्ट पूर्वी चितवनमा नयाँ नेतृत्व : बाढी पीडितलाई ५० हजार सहयोग गर्ने निर्णय

रोट्रयाक्ट पूर्वी चितवनमा नयाँ नेतृत्व : बाढी पीडितलाई ५० हजार सहयोग गर्ने निर्णय खैरहनी, भदौ...
sandeep_lamichhane_09PbQBtLl0

सन्दीप लामिछानेले एक महिनाको तलब विपद् कोषमा दिने

काठमाण्डाै – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप...
788144974_1104905892033364_961674334563262913_n (1)

माडी जाने निकुञ्जभित्रको बाटो पिच गर्न सार्वजनिक सुनुवाई, २.८९ किमी दुरी कम हुने, कुल लागत ९० करोड

भरतपुर, भदौ १४- माडी र भरतपुरलाई जोड्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो पिच गर्ने विषयमा आज...
1-1788071834

राहत कोषमा १ लाख २० हजार सहयोग गरेको भन्दै च्याटजीपीटीलाई भाैचर बनाउन लगाएपछि…

काठमाण्डाै – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली भौचर सामाजिक सञ्जालमा राख्ने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०