"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्बभन्दा बढी रकम सङ्कलन

Table of Content

काठमाण्डौ – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्बभन्दा बढी रकम सङ्कलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुट्नेक्रम बढेको छ ।

कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण  सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री राहत कोषमा हिजोसम्म नौ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब चार करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको कार्यालयको भनाइ छ । यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख आठ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ ।

विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष) मा मात्र आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।

खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयको भनाइ छ । भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचना र अन्य क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि पौने ८ खर्ब रुपैयाँ आवश्यक पर्ने सरकारको प्रारम्भिक अनुमान छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Shankar_Pokhrel_9ZAiybdpLh

शंकर पोखरेलको टिप्पणी : दलहरूसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो

काठमाण्डौ – नेकपा एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूसँगको संवाद प्रधानमन्त्री वालेन्द्र शाहका लागि एकादेशको...
NRB_Bank_final_iKM3hHv13C

मूल्यवृद्धि उच्च : घिउ, तेल, तरकारी र फलफूल सबैभन्दा महँगो

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा महँगी अत्यधिक बढेको छ ।...
ramchandra_poudel_yyL0tB0G0w

एकताबद्ध भई अगाडि बढ्न सबैलाई राष्ट्रपति पौडेलको आह्वान

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा देशमा दिगो...
Balen-dai23243545-1789793060

संविधानको भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले सरकार संविधानको भावनाप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान...
sena-badi-1789805649

त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना

काठमाण्डौ – रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ११ जनाको शव निकालेको नेपाली सेनाले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०