"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सन्दीप लामिछानेले एक महिनाको तलब विपद् कोषमा दिने

Table of Content

काठमाण्डाै – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उनले बाढीबाट प्रभावितहरूका लागि सहयोग गर्ने बताएका हुन् ।

यस्तै सन्दीपले एसीसी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्काबापत समान १ हजार ५०० रुपैयाँ सहयोग गर्ने उल्लेख गरेका छन् । यो रकम बाढीबाट प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन खर्च गरिने सन्दीपको भनाइ छ ।

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FSandeepLamichhaneOfficial%2Fposts%2Fpfbid0dbTDygZyn44nHPmbc5cMWcBxYarENpkMwY7hDwbcPHh3KAmdzKHRUQwGuJgJVKtkl&show_text=true&width=500

एसीसी प्रिमियर कप आजदेखि मलेशियामा शुरू भएको छ । १० वटा टोली सहभागी ५० ओभरको प्रतियोगिता आउँदो सेप्टेम्बर १२ सम्म चल्नेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेशिया र साउदी अरेबिया रहेका छन् । यस्तै समूह ‘बी’ मा यूएई, कुवेता, ओमान, कतार र सिङ्गापुर रहेका छन् ।

नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । यो खेल मलेशियाको बाङ्गीमा रहेको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा बिहान सवा ७ बजे शुरू हुनेछ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Shankar_Pokhrel_9ZAiybdpLh

शंकर पोखरेलको टिप्पणी : दलहरूसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो

काठमाण्डौ – नेकपा एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूसँगको संवाद प्रधानमन्त्री वालेन्द्र शाहका लागि एकादेशको...
NRB_Bank_final_iKM3hHv13C

मूल्यवृद्धि उच्च : घिउ, तेल, तरकारी र फलफूल सबैभन्दा महँगो

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा महँगी अत्यधिक बढेको छ ।...
ramchandra_poudel_yyL0tB0G0w

एकताबद्ध भई अगाडि बढ्न सबैलाई राष्ट्रपति पौडेलको आह्वान

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा देशमा दिगो...
Balen-dai23243545-1789793060

संविधानको भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले सरकार संविधानको भावनाप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान...
sena-badi-1789805649

त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना

काठमाण्डौ – रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ११ जनाको शव निकालेको नेपाली सेनाले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०