"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बाढीमा ज्यान गुमाउनेको संख्या ७३४ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

Table of Content

काठमाण्डौ– रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ७३४ पुगेको छ ।

अझै दुई हजार ४९८ जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा ७३४ जनाको शव भेटिएको छ ।

सबैभन्दा बढी चितवनमा २५९ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ । यसैगरी रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२ र तनहुँमा ३६ जनाको शव भेटिएको छ ।

दुई हजार ४९८ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना सम्पर्कविहीन छन् । उनीहरूको खोजी भैरहेको प्राधिकरणले जनाएको छ ।

अहिलेसम्म ८ हजार १८६ जनाको उद्धार भएको छ । जलविद्युतको सुरुङबाट २७९ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । खोज तथा उद्धारका लागि १९ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Screenshot 2026-08-30 164352

रोट्रयाक्ट पूर्वी चितवनमा नयाँ नेतृत्व : बाढी पीडितलाई ५० हजार सहयोग गर्ने निर्णय

रोट्रयाक्ट पूर्वी चितवनमा नयाँ नेतृत्व : बाढी पीडितलाई ५० हजार सहयोग गर्ने निर्णय खैरहनी, भदौ...
sandeep_lamichhane_09PbQBtLl0

सन्दीप लामिछानेले एक महिनाको तलब विपद् कोषमा दिने

काठमाण्डाै – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप...
788144974_1104905892033364_961674334563262913_n (1)

माडी जाने निकुञ्जभित्रको बाटो पिच गर्न सार्वजनिक सुनुवाई, २.८९ किमी दुरी कम हुने, कुल लागत ९० करोड

भरतपुर, भदौ १४- माडी र भरतपुरलाई जोड्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो पिच गर्ने विषयमा आज...
1-1788071834

राहत कोषमा १ लाख २० हजार सहयोग गरेको भन्दै च्याटजीपीटीलाई भाैचर बनाउन लगाएपछि…

काठमाण्डाै – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली भौचर सामाजिक सञ्जालमा राख्ने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०