"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

Table of Content

काठमाण्डौ — सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले हिजो पेस गर्नुभएको राजीनामा स्वीकृत गर्दै उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले विज्ञप्तिमार्फत मुख्यमन्त्री शाहले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट दिनुभएको राजीनामा हिजैदेखि लागू हुने गरी स्वीकृत भएको जानकारी दिँदै नयाँ सरकारका लागि दाबी पेस गर्न आह्वान गरिएको बताउनुभयो ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि आज बिहान ११ बजे भित्र दाबी पेस गर्न आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

एमाले र नेकपाबीच बीच सत्ता साझेदारीको सहमतिअनुसार दाबी पेस गर्ने तयारी गरिएको छ । प्रदेशसभामा ठूलो दलको हैसियतमा नेकपाले सरकारको नेतृत्व गर्ने यसअघि दुई पार्टीबीच सहमति भइसकेको छ ।

प्रदेश सरकार गठनका लागि २७ मत आवश्यक पर्नेमा ५३ सदस्यीय प्रदेशसभामा नेकपाका २२ र एमालेका ११ सदस्य छन् । प्रदेशसभामा नेपाली कांग्रेसबाट १८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक जना प्रदेशसभा सदस्य रहेका छन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

donald-trump-1783393778

हर्मुज जलमार्गलाई अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्णरूपमा पराजित गरेपछि स्ट्रेट अफ हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने...
bagmati-pradesh-mukhyamantri-office_final_one_VEa022mdcV

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

काठमाण्डौ — बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ । प्रदेश...
PM-Modi-1786771336

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदै : लालकिल्लाबाट प्रधानमन्त्री मोदीको सम्बोधन

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदैछ । दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ...
us-police_TuyCjfTbzQ

अमेरिकाको मिसिगनमा गोली हानाहान, दुई घरमा ६ जनाको मृत्यु, सन्दिग्ध आक्रमणकारी पनि मारिए

वासिङ्टन । अमेरिकाको मिसिगन राज्यमा दुई छुट्टाछुट्टै घरमा भएको गोलीबारीमा कम्तीमा ६ जनाको मृत्यु भएको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०