"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

Table of Content

२२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग गरेबापत सट्टाभर्ना जग्गा उपलब्ध गराएको छ ।   
   
नेपाल विद्युत् प्राधिकरणको तुम्लिङटार–सितलपाटी २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग गरेबापत डिभिजन वन कार्र्यालयलाई सट्टाभर्ना जग्गा उपलब्ध गराएको हो ।   
   
प्रसारण लाइन तथा टावर निर्माणका लागि प्रयोग गरिएको राष्ट्रिय वन क्षेत्रको क्षतिपूर्तिस्वरूप आयोजनाले जग्गा खरिद गरी सरकारको नाममा हस्तान्तरण गरेको छ । प्राधिकरणको २८.४८ हेक्टर सट्टाभर्ना जग्गा उपलब्ध गराएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अधिकारी डम्बर भण्डारीले जानकारी दिए । आयोजनाले खाँदबारी नगरपालिका–९, ८, २ र १० मा रहेको राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गरेको थियो ।   
   
आयोजनाले पाँचखपन नगरपालिका–४ मा रहेका ७१ वटा कित्ता जग्गा खरिद गरेर हस्तान्तरण गरेको सूचना अधिकारी भण्डारीले बताए । आयोजनाले ७१ वटा कित्ताको जग्गा रजिस्ट्रेसन पास गरेर डिभिजन वन कार्यालयलाई केही दिनअघि हस्तान्तरण गरेको हो ।   
   
त्यसैगरी, मकालु गाउँपालिका–५ मा निर्माण हुन लागेको २४.९२ मेगावाट क्षमताको इन्दुवाखोला जलविद्युत् आयोजनाले रुख कटानबापत रु दुई करोड ५२ लाख २५ राजस्व तिरेको छ । मकालु–५ मा निर्माण हुनलागेको आयोजनाले स्याहार, सम्भार र व्यवस्थापनका लागि दुई करोड बढी राजस्व तिरेको वन कार्यालयका सूचना अधिकारी भण्डारीले जानकारी दिए ।   
   
सो आयोजनामा ६०७ वटा रुख कटान हुनेछन् । जिल्लामा सामुदायिक वनको सङ्ख्या २९० छन् । सङ्खुवासभामा ३८ हजार ४८५ वर्ग किलोमिटर क्षेत्र वनले ओगटेको छ ।   

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...
Bridge-India-1789268524

भारतले तत्कालै जोड्न मिल्ने तीन वटा पुल दियो

काठमाण्डौ – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०