"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

हर्मुज जलमार्गलाई अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको चेतावनी

Table of Content

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्णरूपमा पराजित गरेपछि स्ट्रेट अफ हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने चेतावनी दिनुभएको छ ।

न्युयोर्कमा आयोजित एक कार्यक्रममा ट्रम्पले इरान अहिले नराम्रोसँग पराजित भइरहेको दाबी गर्दै युद्ध जितेपछि अमेरिकाले हर्मुजलाई आफ्नो भूभाग बनाउने बताउनुभएको बीबीसीले जनाएको छ ।

यस्तै ट्रम्पले इरानलाई परमाणु अस्त्र हासिल गर्नबाट रोक्ने शर्तमा अमेरिकी नागरिकलाई इन्धनको उच्च मूल्य स्वीकार गर्न अनुरोध गर्नुभएको छ ।

यसैबीच ट्रम्पको चेतावनीको जवाफमा इरानका उपविदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलमार्ग खोल्ने वा बन्द गर्न अधिकार इरानसँगमात्रै रहेको बताउनुभएको खबरमा उल्लेख छ । 

यसअघि अमेरिकी राष्ट्रपछि ट्रम्पले हर्मुजमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गर्नुभएको थियो । यद्यपि इरानले यो दाबीलाई अस्वीकार गरेको छ ।

हर्मुज जलमार्ग विश्वका सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्गहरूमध्ये एक हो । विश्वको झन्डै २० प्रतिशत तेल तथा ग्यास यही मार्ग भएर आपूर्ति हुन्छ ।

इरान–अमेरिका तनावका बीच हर्मुज जलमार्गमा हुने आवतजावत गम्भीर रूपमा अवरुद्ध भएको छ जसले ऊर्जा बजार र इन्धनको मूल्यमा वृद्धिको दबाव सिर्जना गरेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०