"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

प्रदेश सरकार गठनबारे ओली–प्रचण्डको ५ बुँदे निर्देशन

Table of Content

काठमाण्डौ – प्रदेश सरकारबारे यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ५ बुँदे निर्देशन जारी गर्नुभएको छ ।

ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर सहमति अनुसार सरकार गठन गर्न निर्देशन गर्नुभएको छ । त्यस्तै मन्त्रालय बाँडफाँटको प्रस्तावित आधार तयार भएको छ । एमालेका अध्यक्ष ओली र नेकपाका संयोजक ‘प्रचण्ड’ द्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेशसभामा सामान्यतया हरेक दलको सिट सङ्ख्यालाई मुख्य आधार मानिने उल्लेख छ ।

मन्त्रालय बाँडफाँट गर्दा भने सामान्यतया दलहरूको प्रदेशसभा सदस्य सङ्ख्याको अनुपातलाई आधार बनाइने प्रस्ताव गरिएको छ । मुख्यमन्त्री तथा सभामुखको जिम्मेवारीलाई समेत शक्ति सन्तुलनमा गणना गरिने उल्लेख छ ।

मन्त्रालय बाँडफाँटमा पालैपालो प्राथमिकता दिने व्यवस्था अपनाइने प्रस्ताव छ । जसअनुसार पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनोट गर्ने र दोस्रो मन्त्रालय मुख्यमन्त्री रहने दलले छनोट गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यसपछि यही क्रम पालैपालो दोहोर्‍याउँदै सबै मन्त्रालयको बाँडफाँट गरिने दुई दलले जनाएका छन् । गएको साउन ९ गते दुई दलबीच प्रदेश सरकारहरूको नेतृत्वका सम्बन्धमा शीर्ष तहमा सहमति भएको थियो । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

kamalprasad-pokharel-1786513990

१४ महिना अवधि बाँकी छँदै सचिव पोखरेलको राजीनामा, थप केही राजीनामा दिने तयारीमा

सरकारका दुई जना सचिवले एकसाथ राजीनामा दिएका छन्। त्यस्तै केही सचिवले राजीनामा दिने तयारीमा रहेको जानकारी...
Yhaman-123-1786507733

यमनको लालसागरमा युद्ध, माझीहरूको जीविकोपार्जन संकटमा

यमनको लालसागर तटमा लामो समयदेखि जारी द्वन्द्वका कारण हजारौँ माझीको रोजगारी र जीविकोपार्जन संकटमा परेको...
Naima-2026-1786506801

नाइमा मोबिलिटी एक्स्पोमा आज नयाँ मोडलहरू सार्वजनिक गर्ने तयारी

काठमाण्डौ – भृकुटीमण्डपमा हिजोदेखि शुरु भएको `नाइमा मोबिलिटी एक्स्पो–२०२६’ मा एकैदिन २९ हजार जना भन्दा...
Rajaso-bibhag-1786497988

करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक

काठमाण्डौ – आन्तरिक राजस्व विभाग, करदाता सेवा शाखा लाजिम्पाट काठमाण्डौले गएको साउन १ देखि १५...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०