"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आपसी सद्भाव कायम गर्न दल एवं सामाजिक संस्थाहरुको अपिल

Table of Content

काठमाण्डौ — विभिन्न राजनीतिक दल एवं सामाजिक संस्थाहरुले सुनसरी, सिराहा लगायतका ठाउँमा उत्पन्न तनावप्रति चिन्ता व्यक्त गर्दै आपसी सद्भाव कायम गर्न अपिल गरेका छन् ।

छुट्टाछुट्टै वक्तव्यमार्फत उनीहरुले शान्ति र सद्भावको लागि अपिल गरेका हुन् । नेपाली कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतले भिडियो सन्देश जारी गर्दै यो बेला अफवाह, उत्तेजना र प्रतिशोध नभइ संयमता चाहिएकोमा जोड दिनुभएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वक्तव्य निकालेर कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलागी संयमित हुन, सामाजिक सद्भाव र एकता कायम राख्नका लागि सक्रिय हुन अनुरोध गर्नुभएको छ ।

मधेश केन्द्रीत दलहरुले संयुक्त वक्तव्य निकालेर सबै नागरिकलाई संयम र धैर्य बन्न आग्रह गरेका छन् । महन्थ ठाकुर, राजेन्द्र महतो, सिके राउत, समिम अन्सारी र रामकुमार शर्माले संयुक्त वक्तव्यमार्फत शान्ति र सदभावको कामना गरेका हुन् । जसपा नेपालका प्रवक्ता मनिष सुमनले पनि वक्तव्य निकालेर सद्भावको अपिल गर्नुभएको छ ।

राष्ट्रपति, पूर्वराष्ट्रपति र पूर्वराजाले पनि शान्ति र सद्भावको लागि अपिल गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सदिऔंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सदभाव, सहिष्णुता, मेलमिलाप र भातृत्व नै नेपालको पहिचान र परम्परा भएको उल्लेख गर्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन आग्रह गर्नुभएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि सबैलाई उच्च संयमता अपनाउन, कुनै पनि प्रकारका अफवाह, घृणात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन अपिल गर्नुभएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आपसी सद्भाव कायम राख्न अपिल गर्नुभएको छ ।

सरकारको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अस्ति मंगलबार नै वक्तव्य निकालेर आपसी संवाद र सामाजिक सद्भाव जोगाउन अपिल गर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टीले पनि अस्ति मंगलबार नै वक्तव्यमार्फत सामाजिक सद्भाव र एकता कायम राख्न अपिल गरेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले पनि आपसी सद्भावको लागि अपिल गरेका छन् । कोशी र मधेश प्रदेश सरकार तथा विभिन्न जिल्ला र पालिकाको तर्फबाट पनि सामाजिक सद्भावको लागि अपिल गरिएको छ ।

विभिन्न पेशागत क्षेत्र, नागरिक संगठन, धार्मिक एवं जातीय संस्थाहरुले पनि सद्भावको अपिल गरेका छन् । उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शले बक्तव्य निकालेर सामाजिक सद्भाव र शान्ति नै देशको समृद्धि र आर्थिक विकासको पूर्वसर्त रहेको उल्लेख गरेका छन् । नेपाल बार एसोसिएसनले सबै पक्षहरुलाई संयमित भई आपसी सदभाव र सहिष्णुताका लागि सहज बातावरण बनाउन अनुरोध गरेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

eps-1785462663

राहदानी विभागमा घुईंचो: शनिबार र आइतबार पनि कार्यालय खुल्ने

काठमाण्डौ — त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीहरूको भीड लागेको छ । ईपीएसअन्तर्गत दक्षिण...
Red Minimalist Breaking News Announcement Youtube Thumbnail

रत्ननगरका विराज भुसाल पोखरा विश्वविद्यालयको इन्जिनियरिङ प्रवेश परीक्षामा ‘नेपाल टप’

रत्ननगर, साउन १५ ।पोखरा विश्वविद्यालयद्वारा सञ्चालित इन्जिनियरिङ सङ्कायको प्रवेश परीक्षामा रत्ननगरका विराज भुसालले देशभरिबाटै प्रथम...
sahamati-1785461393

देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

काठमाण्डौ — सुनसरीको देवानगञ्जमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र...
Capture-Ai-1785454725

आपसी सद्भाव कायम गर्न दल एवं सामाजिक संस्थाहरुको अपिल

काठमाण्डौ — विभिन्न राजनीतिक दल एवं सामाजिक संस्थाहरुले सुनसरी, सिराहा लगायतका ठाउँमा उत्पन्न तनावप्रति चिन्ता...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०