"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

Table of Content

काठमाण्डौ — सुनसरीको देवानगञ्जमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ । घटनास्थल पुगेका गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो ।

सहमतिअनुसार नेपाल सरकारले मृतकद्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ । साथै, दुवै परिवारलाई १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइने भएको छ ।

घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाही अघि बढाउने, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिसहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति पनि भएको छ ।

घटनामा ज्यान गुमाएकाका परिवार तथा गृह मन्त्रालयबीच गएराति सहमति भएको हो ।

release-1785461522.jpg

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Department_of_Foreign_Employment_jKHwJS9Ltl

मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा २५ म्यानपावरमा छानबिन गरिने

काठमाण्डौ – सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रिकृत व्यवस्थापन प्रणाली (एफडब्लुसीएमएस) मा आबद्ध नेपाली इजाजतपत्रप्राप्त वैदेशिक रोजगार...
Sasmit-pokhre-1789262267

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य नरोकिने शिक्षामन्त्री पोखरेलको प्रतिक्रिया

काठमाण्डौ – सिराहामा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी भएको कार्यक्रममा विवाद भएको छ ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०